काठमाडौं-एमालेले आन्तरिक तयारी नपुगेको भन्दै नवौं महाधिवेशनको मिति फेरि सार्ने भएको छ। पार्टीका नेताहरुबीच आन्तरिक तयारी नपुगेको भन्दै महाधिवेशन एक महिना सारेर असार अन्तिम साता तोक्ने गृहकार्य भइरहेको छ।यसअघि एमालेले तीनपटक मिति परिवर्तन गरिसकेको छ। सुरुमा नवौं महाधिवेशन वैशाख ९–१३ तोकिएको थियो। पछि जेठ ३–९ गते हुँदै जेठ २४–३० गते सारिएको थियो।
नवौं महाधिवेशनका लागि मिति तोकिए पनि एकपछि अर्को गर्दै सारिँदै आएको छ। अब फेरि पनि महाधिवेशन सार्ने घोषणा गरिए चौथोपटक हुनेछ।
बिहीबार स्थायी कमिटी बैठकमा अध्यक्ष झलनाथ खनालले महाधिवेशन एक महिना पछि सार्नुपर्ने प्रस्ताव गरेपछि नयाँ मिति तोक्ने गृहकार्य सुरु भएको हो। सोमबारको केन्द्रीय कमिटी बैठकमा यस सम्बन्धी ठोस प्रस्ताव आउन लागेको उनीनिकट नेताहरूले बताएका छन्।
‘अहिलेको अवस्थामा कोही पनि ढुक्क छैनन्। त्यसैले तत्काल महाधिवेशन गराएर जाने पक्षमा छैनन्,' एक केन्द्रीय नेताले भने, ‘पब्लिक कन्जम्सनका लागि निर्धारित समयमै महाधिवेशन हुनुपर्छ भन्नेबाहेक कसैले पनि गम्भीर रुपमा यो विषयलाई पार्टीभित्र लगेका छैनन्।'
ती नेताका अनुसार अहिलेको अवस्थामा कुनै पक्षले पनि समयमै महाधिवेशन गर्नका लागि आन्तरिक रुपमा दबाब दिएका छैनन्।
राजनीतिक र संगठनात्मक प्रतिवेदन लेखनको ढिलाइ, संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, सदस्यता प्रमाणीकरमा हुँदै आएको ढिलाइलाई प्रमुख कारक देखाइएको छ। अध्यक्ष खनालले राजनीतिक प्रतिवेदनका मतान्तर रहेका प्रमुख विषयमा सहमति जुटिसक्दा पनि महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन तयार भएको छैन।
‘मस्यौदा समितिमा पटक–पटक संगठनात्मक प्रतिवेदन ल्याउने बताए पनि महासचिव पोखरेलले ल्याउनुभएको छैन,' मस्यौदा समितिका एक सदस्यले भने, ‘अध्यक्षको प्रतिवेदनमा सहमति जुटेको एक दिनपछि नै सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो तर अझै ल्याउने सुरसार गर्नुभएको छैन।'
चैत मसान्तभित्र तयार गर्ने भनिएको राजनीतिक प्रतिवेदन वैशाख दोस्रो साता मात्रै आएको थियो। तर, संगठनात्मक प्रतिवेदनको भने अझै अत्तोपत्तो छैन।
पछिल्लो समयमा तल्लो कमिटी मात्रै होइन, राजनीतिक प्रतिवेदन मस्यौदामाथि केन्द्रीय कमिटीमा समेत छलफल सुरु भएको छैन। बिहीबार बसेको स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय कमिटी बैठक डाकेको छ। तर, अध्यक्ष खनाल त्यसको भोलिपल्टै १० दिन लामो चीन भ्रमण जाँदैछन्।
यस हिसाबले पनि तयारी नपुगेको भन्दै तत्कालका लागि मध्यवर्षामा महाधिवेशन गर्ने गरी मिति तोकिए पनि त्यतिखेर समेत महाधिवेशन नहुने नेताहरूले जनाएका छन्। पार्टीभित्र अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली तीनवटै गुट आ–आफ्नै दाउमा लागेका कारण पनि महाधिवेशन अलि लामै समय सार्न सबै पक्ष सहमत हुन सक्ने सम्भावना छ।
‘तीनवटै समूहको अहिलेको अवस्थामा महाधिवेशन सार्ने स्वार्थ मिलेको छ। ओली समूहले महाधिवेशन सार्दा संसदीय दलका नेता ओली उपचारपछि स्वस्थ भएर आउने अपेक्षा गरेको छ,' एक नेताले भने, ‘वरिष्ठ नेता नेपाललाई देशभर अभियान सञ्चालन गरेर माहोल सिर्जना गर्न सकिने आशा छ।' यता खनालका लागि भने कार्यकाल लम्बिने भएकाले तत्कालै महाधिवेशन गर्ने हतारो छैन। ओली र नेपालबीच तिक्तता बढेको अवस्थामा आफू सर्वसम्मत दोहोरिन सक्ने आशा पनि खनालमा छ।
डेढ महिना भारतमा उपचार गराएर वैशाख ३ गते स्वदेश फर्केका ओलीको बढी दौडधुपका कारण स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारका लागि बुधबार एयर एम्बुलेन्सबाट बैंकक लगिएको छ। मेनेन्जाइटिसको भएको ओलीलाई पूर्ण रुपमा स्वस्थ हुन कम्तीका दुई साता लाग्ने चिकित्सकले बताएका छन्।
एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले निर्धारित समयमा जिम्मेवारी पूरा गर्न नसक्ने नेताले केन्द्रीय कमिटी बैठकमा आत्मालोचना गर्नुपर्ने माग गरेका छन्।
केही नेताले मध्यवर्षा र खेतीपातीको समयमा महाधिवेशन हुने सम्भावना कम भएको ठानेका छन्। ‘जेठबाट वर्षा र खेतिपातीको समयमा महाधिवेशन हुन सम्भव छैन। मिति सारे चाँडोमा भदौ अन्तिम साता वा मंसिरमा मात्रै हुन्छ,' ती नेताले भने, ‘असोज र कात्तिकमा दसैं र तिहारजस्ता महत्वपूर्ण पर्व पर्ने भएकाले मंसिर अघि सम्भव छैन।'
जिल्ला कमिटीहरुले वैशाख ५ गतेभित्र नवीकरण गरिएको सदस्यको अभिलेख संगठन विभागमा बुझाएको भए पनि अहिलेसम्म दुई दर्जन जिल्लाको मात्रै सदस्यता नवीकरण भएको छ। जेठ ५ गतेभित्र नवीकरण गरिएका संगठित सदस्यता रुजु र प्रमाणीकरण गरी तल्लो कमिटीमा नाम पठाउने कार्यतालिका छ।
‘अहिले संगठन विभागले गरेका काम निकै सुस्त गतिमा अघि बढेको छ। जिल्लाबाट राजधानी आएका अध्यक्षहरु टोकन लिएर प्रमाणीकरणका लागि कुरेर बसेका छन्,' एक नेताले भने, ‘दिनमा एउटा मात्रै जिल्लाको प्रमाणीकरण हुने गरेको छ। अहिलेको गतिमा जाने हो भने प्रमाणीकरणमै दुई महिना लाग्छ।'
एमालेका युवा नेता राजन भट्टराईले अध्यक्ष खनालले मस्यौदा कमिटीमा भएको सहमतिका आधारमा दस्तावेज केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने र कार्यबाहक अध्यक्षले बैठकमा सञ्चालन गरेर पनि निर्धारित मितिमा काम सक्नुपर्ने बताए। ‘विशेष महाधिवेशन नभई यो नियमित महाधिवेशन हो। यसलाई पटकपटक सार्दा यसले पार्टीलाई अस्तव्यस्त बनाउँछ, दीर्घकालीन रुपमा पनि हित गर्दैन,' भट्टराईले नागरिकसँग भने, ‘महाधिवेशन घोषणा भइसकेको समयमा विदेश भ्रमण गर्नु राम्रो मानिँदैन। चीन भ्रमणमा जानैपर्ने भए कार्यबाहक अध्यक्षको अध्यक्षतामा बैठक जारी गरेर मस्यौदामाथि छलफल गरिनुपर्छ।'
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष खनालको २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वैशाख २३ गते चीनतर्फ लाग्दैछन्। खनाल जेठ २ गते स्वदेश फर्किने कार्यक्रम छ। कार्यतालिकामा चैतभित्र दस्तावेज मस्यौदा तयार पार्ने, वैशाख ५–१० गतेसम्म केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने र १५ गतेसम्म तल्लो कमिटीमा पठाउने कार्यतालिका सार्वजनिक गरिएको थियो।