विराटनगर- एकीकृत नेकपा माओवादीको आगामी नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामार्फत जाने कि सहमति गरेर अघि बढ्ने भन्नेबारे निक्र्योल हुन सकेको छैन । धर्मशिला चापागाईं नेतृत्वको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको जानकारी गराए पनि केन्द्रीय कार्यालयले भने अझै ठोस निर्णय दिन नसक्दा नेतृत्व चयन प्रक्रिया अलमलमा परेको छ ।
केन्द्रीय कार्यालयले यसबारे आइतबार साँझ केन्द्रीय आयोजक समितिको बैठक बोलाएर धारणा मागेको छ । ‘साँझको बैठकमा निर्वाचनमा जाने कि सहमति प्रक्रियाबाट जाने भन्ने विषयमा कुनै निर्णय हुन सकेन,’ विश्वभक्त दुलालले नागरिकसँग भने, ‘कुन पद्धतिबाट नेतृत्व चयनलाई टुंगोमा पु¥याउने भनेर थप छलफल आवश्यक देखिएको भन्दै भोलि पुनः बस्दैछौं ।’ उनका अनुसार बन्दसत्र सुरु हुनुअघि आयोजक समितिको बैठक पुनः बस्नेछ ।
निर्वाचन समिति भने तयार
निर्वाचन समितिले ७५ जना केन्द्रीय सदस्य चयनका लागि मतदानको अधिकार भएका सम्मेलन प्रतिनिधिको नाम सार्वजनिक गरेको छ । बन्दसत्र स्थल वीरेन्द्र सभागृहमा मतदान प्रयोजनका लागि नाम सार्वजनिक गरिएको समिति अध्यक्ष चापागाईंले बताइन् ।
‘नयाँ नेतृत्व चयनका लागि मताधिकार भएका मतदाता (सम्मेलन प्रतिनिधि) को नामावली सार्वजनिक गरेका छौं,’ समिति अध्यक्ष चापागाईंले पत्रकार सम्मेलनमा भनिन्, ‘१ हजार ७ जना प्रतिनिधिले मतदानको अधिकार पाउने भएका छन् ।’
बन्दसत्र समापन हुनेबित्तिकै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने चापागाईंले जानकारी दिएकी थिइन् ।
उनका अनुसार ७५ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने र सोही निर्वाचित समितिले पदाधिकारी र अन्य २४ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछ । शनिबार साँझ पनि पत्रकार सम्मेलन गरेर चापागाईंले निर्वाचन समिति निर्वाचन प्रक्रियामा जुटेको जानकारी गराएकी थिइन् ।
बन्दसत्रमा निर्वाचनको माग
बन्दसत्र हलमा अधिकांश समूह नेताले प्रत्यक्ष निर्वाचनमार्फत नयाँ नेतृत्व चयनमा जोड गरेको सहभागी नेता रामनारायण बिडारीले बताए । ‘अब पनि टिका लगाएर नेतृत्व चयन गर्ने होइन, प्रत्यक्ष निर्वाचित भएर केन्द्रीय सदस्य हुनुपर्छ भन्ने सबैजसो समूह नेताको धारणा छ,’ बिडारीले नागरिकसँग भने, ‘मुख्यतः युवाहरूले प्रत्यक्ष निर्वाचनको पक्षमा जोड गरिरहेका छन् ।’
उनका अनुसार नेतृत्व प्रत्यक्ष निर्वाचनवाट चयन गरिए आगामी दिनमा विवाद नहुने, तर सहमतिको नाममा नाम पढेर सुनाए पार्टीमा थप असन्तुष्टि बढ्ने भन्दै निर्वाचन माग गरिएको हो ।
भट्टराईबिना नै बन्दसत्र सञ्चालन
बन्दसत्रको तेस्रो दिन पूर्वउपाध्यक्ष बाबुराम भट्टराई अस्वस्थ भएको भन्दै बैठक छाडेर हिँडे पनि बन्दसत्र भने सञ्चालन भएको थियो । निमोनिया र भाइरल ज्वरोले थलिएको र बन्दसत्रमा चक्कर लागेको भन्दै भट्टराई बैठकमा अनुपस्थित भएका थिए ।
भट्टराई बैठक छाडेर हिँडेपछि सहभागीले ‘भट्टराई कहाँ गए र बैठकमा किन बसेनन्’ भनेर प्रश्न राखेपछि कार्यक्रम सञ्चालक दुलालले ‘ज्वरो आएको र बिरामी भएको’ जानकारी गराएपछि बन्दसत्र शान्त भएको थियो ।
भट्टराईको उपस्थितिबिनै १७ समूह नेताले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र संशोधित विधानबारे धारणा राखेका थिए । चन्द्रबहादुर थापालगायत नेताले भने भट्टराईको ७ बुँदे टिप्पणी पद्धतिविपरीत आएको र यसअघिको ‘नयाँ शक्ति’को बहसको चर्को आलोचना गरेका थिए ।