बिराटनगर- एमाओवादीको केन्द्रीय कार्यलयले पुनः बस्ने आयोजक समितिको बैठकमा ९९ सदस्य केन्द्रीय समितिको नामावली प्रस्ताव गर्ने भएको छ। त्यसका लागि केन्द्रीय कार्यालयले तयारी गरिरहेको छ। आज दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकमा सो नामावली प्रस्ताव गरिनेछ।
‘केन्द्रीय कार्यालयले पेस गरेको नाम आयोजक समितिमा छलफल हुनेछ, त्यसलाई अनुमोदन गरे बन्द सत्रमा लगेर पेस गरिनेछ,’ आयोजक समिति सदस्य युवाराज चौलागाइँले भने, ‘नामावली अनुमोदन हुन सकेन भने निर्वाच प्रकृयामा जानेछ।’
पहिलो चरणको बैठक सकिएको छ। बिहान ८ बजे हुने भनिएको बन्द सत्र नामावली टुंगो नलगेका कारण अझै सुरु हुन सकेको छैन। निर्वाचनमा जाने कि सहमतिबाट नेतृत्व चयन गर्ने भन्नेबारेमा यसअघि केन्द्रीय कार्यालयले धारणा माग गरेको थियो।