विराटनगर– एकीकृत माओवादीको विराटनगरमा जारी सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्तावप्रति बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी लगायतले असन्तुष्टि जनाएका छन्।
नेतृत्व चयनका लागि आयोजक समितिको बैठकमा अध्यक्षले ९९ सदस्यीय केन्द्रीय समिति बनाउने भन्दै नामावली पेस गरेका थिए। अध्यक्ष दाहालले एकलौटी ढंगले टिम बनाएको भट्टराईको आरोप छ। 'अध्यक्षले हाम्रो मन्जुरीबिना टिम ल्याउनुभयो, मलाई चित्त बुझेन,' भट्टराईले बैठकमा भने, 'म पदमा बस्दिनँ। बरु मलाई अनुसन्धानको जिम्मा दिनुस्।'
उनले 'विश्वमा कम्युनिस्ट पार्टीहरु किन कमजोर भए? किन विघटन हुँदैछन् र कम्युनिस्ट पार्टीले लिनुपर्ने कार्यदिशा के हो?' आदि विषयमा अनुसन्धान गर्ने इच्छा देखाएका छन्।
अध्यक्ष दाहालको प्रस्तावप्रति अन्य नेता नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले पनि असन्तुष्टि जनाएका छन्। बैठक चलिरहेको छ।