एमाओवादी नेतृत्व चयनमा झन् किचलो
२२ वैशाख २०७१
•
१० मिनेट पाठ
एमाओवादी नेतृत्व चयनमा झन् किचलो
विराटनगर-एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तावित ९९ सदस्यीय केन्द्रीय समितिको नामावलीमा बाबुराम भट्टराईलगायत शीर्ष नेताले असहमति जनाएका छन्।केन्द्रीय सदस्यमा दाहालले ‘एकलौटी' नाम चयन गरेको भन्दै पूर्व उपाध्यक्षद्वय भट्टराई र नारायणकाजी श्रेष्ठ तथा पूर्व सचिव पोष्टबहादुर बोगटीलगायत नेताले अस्वीकार गरेका हुन्। 
नयाँ कार्यसमिति चयन किचलोले एमाओवादीभित्र संगठनको मुद्दा थप पेचिलो बनेको छ। प्रमुख शीर्ष नेताको असहमतिले कार्यसमिति चयन निर्वाचन प्रक्रियामार्फत हुने सम्भावना बढाएको छ। त्यसको संकेत अध्यक्ष दाहालले साँझ सम्मेलन आयोजक समितिको बैठकबाटै दिएका छन्। 
‘अझै पनि सहमतिको प्रयास गर्छौं, रातभरिमा सहमति नभए प्रक्रिया (निर्वाचन) मा गएर टुंगोमा पुर्‍याउँछौं,' दाहालले बैठकमा धारणा राख्दै भने, ‘नेतृत्व चयन प्रक्रियालाई अब धेरै लम्ब्याउनु जरुरी छैन, यसलाई चाँडो टुंग्याउनैपर्छ।' 
उनका अनुसार सोमबार रातभर शीर्ष नेताबीच सहमति प्रयास जारी रहनेछ। शीर्षलगायत अधिकांश नेताले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि दाहालले प्रक्रियामा जानका लागि तयारी अवस्थामा बस्न निर्देशनसमेत दिएका छन्। 
दाहालले अपराह्न ९९ सदस्यीय केन्द्रीय सदस्यको नामावली पेस गर्नेबित्तिकै भट्टराईले आक्रमक रूपमा तथा श्रेष्ठले नरम भाषामा प्रस्तावप्रति असहमति प्रकट गरे।
प्रस्ताव आफ्नो ‘समूहलाई सिध्याउने' योजनाअन्तर्गत आएको भन्दै भट्टराईले ठाडै अस्वीकार गरेका हुन्। ‘रुसमा लेनिनले विपक्षीहरूलाई सम्बोधन गर्न खोज्नुभयो, पार्टी बन्यो तर स्टालिनले विपक्षीलाई सिध्याउन खोज्नुभयो, पार्टीसहित क्रान्ति नै धरापमा पर्‍यो, यो इतिहासबाट अध्यक्षले केही सिक्न खोज्नुभएन,' बैठकमा भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँले हाम्रो मञ्जुरीबिना नै नामावली ल्याउनुभएको छ, मलाई चित्त बुझेन।' 
भट्टराईले आफू कुनै पदीय जिम्मेवारीमा नबस्ने भन्दै पार्टीले आफ्ना लागि अनुसन्धान विभाग गठन गरिदिनुपर्ने माग गरे। ‘म पार्टीको कुनै पनि पदीय जिम्मेवारीमा बस्दिनँ, अनुसन्धानतिर मेरो आकर्षण छ,' भट्टराईले बैठकमा भने, ‘पार्टीले अनुसन्धान विभाग गठन गरे त्यसको जिम्मेवारी लिएर बस्छु।'
विश्वमा कम्युनिस्ट शक्ति किन असफल भए? विघटनको दिशामा किन गए? कम्युनिस्ट पार्टीमा किन सधैं मारामार हुन्छ? अब कम्युनिस्ट पार्टीहरूले कस्तो कार्यदिशा अंगाल्नुपर्छजस्ता विषयमा अनुसन्धान गर्न चाहेको भट्टराईले बैठकमार्फत इच्छा प्रकट गरे। 
अध्यक्ष दाहालले पेस गरेको नामावली ‘एकमनावादी' सोच र ‘पेल्ने उद्देश्य' ले आएको भन्दै श्रेष्ठले पनि दाहालको प्रस्ताव अस्वीकार गरेका छन्। ‘पार्ट–पार्ट (केस्राकेस्रा) मा नयाँ नेतृत्वबारे छलफल गर्‍यौं तर त्यसमा सहमति हुन सकेन,' श्रेष्ठले भने, ‘तर, अध्यक्षले ल्याएको नामावलीले पार्टी बनाउने भन्दा कमजोर बनाउने देखियो।'
सबैलाई मिलाएर जाने भन्दा पनि ‘पेलेरै जाने उद्देश्य' सहित नामावली आएको श्रेष्ठको आरोप थियो। सबै पक्षलाई सम्बोधन गर्ने नामावली नआएसम्म अस्वीकार गर्ने उनले चेतावनी दिए।
भट्टराई र श्रेष्ठले दाहालको प्रस्ताव अस्वीकार गरेलगत्तै बोगटीले पनि ‘मेरो पनि कुरा उहाँ (भट्टराई–श्रेष्ठ) हरूको जस्तै हो' भन्दै घुमाउरो भाषामा असहमति प्रकट गरेको सहभागी स्रोतले नागरिकलाई बतायो।
दाहालको प्रस्तावमा असहमति जनाउँदै मुख्यतः भट्टराई निकट नेता टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह, खिमलाल देवकोटा, गंगानारायण श्रेष्ठ, कुमार पौडेल, उमेश यादवलगायतले आफू कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने घोषणा गरेको एक नेताले जानकारी दिए। ‘पार्टीभित्रका विपक्षी' लाई कमजोर बनाउन ‘अपमानपूर्ण ढंग' ले दाहालको प्रस्ताव आएको उनीहरूको भनाइ छ। 
वीरेन्द्र सभागृहमा जारी बन्दसत्र स्थगित गरी सहमति खोज्ने भन्दै दाहालसहित शीर्ष नेतृत्व बस्दै आएको स्वागतम होटलमा आयोजक समिति बैठक ४ चरणसम्म बसेको थियो। आइतबार साँझ र सोमबार बिहान आयोजक समितिका सदस्यले धारणा राखेपछि केन्द्रीय कार्यालयसहित पूर्व स्थायी समितिसम्मको बैठक बसेको थियो। तर, सुझाव दिने क्रममा दाहाल निकट नेताहरूले ‘सकेसम्म सहमति, नभए निर्वाचन' भन्दै निर्वाचनमा जोड गरेका थिए। 
अग्नि सापकोटा, ओनसरी घर्ती, लोकेन्द्र विष्ट, अशोक जयसवाललगायत दाहाल निकट एक दर्जन नेताले निर्वाचन प्रक्रियामा गएर नयाँ नेतृत्व टुंग्याउन माग गरेका थिए। यद्यपि बहुसंख्यक आयोजक समिति सदस्यले सहमतिमै जोड गरेपछि शीर्ष नेताको छुट्टै बैठक बसेको थियो तर त्यहाँ पनि सहमति जुट्न सकेन।
शीर्ष तहमा सहमति नहुँदा–नहुँदै अध्यक्ष दाहालले पुनः बोलाएको आयोजक समितिको बैठकमा ९९ सदस्यीय नयाँ नेतृत्वको प्रस्ताव गरेलगत्तै मुख्यतः भट्टराई र श्रेष्ठ निकट नेताहरूले आपत्ति जनाएका थिए। बैठकमा बोल्ने अधिकांश सदस्यले ‘पार्टी बनाउनेभन्दा भत्काउने' दिशातर्फ अध्यक्षको नामावली आएको टिप्पणी गरेका थिए।
‘यो पार्टी विधि र संस्थागत हिसाबले नचल्ने देखियो,' असन्तुष्ट पूर्व केन्द्रीय सदस्य लीलबहादुर थापाले नागरिकसँग भने, ‘त्यो नामावली लिएर हलमा आए भने कार्यकर्ताले सिधै अस्वीकार गर्छन्।' रूपान्तरण हुने भनेर नेतृत्वले प्रतिबद्धता जनाए पनि ‘चाकरी र चाप्लुसी' मा रम्ने नेतालाई काखी च्याप्ने र इमानदार कार्यकर्ताको अपमान गर्ने कार्य भएको उनको आरोप छ। दाहालले नाम पेस गर्नेबित्तिकै मोरङ अध्यक्ष शिवकुमार मण्डल, सभासद उमेश यादवलगायत नेता बैठक छाडेर हिँडेका थिए। 
यता, सहमतिका आधारमा नयाँ केन्द्रीय सदस्यको नामावलीसहित बन्दसत्रमा बिहान ८ बजे नै उपस्थित हुने जानकारीका आधारमा बन्दसत्र हलमा पुगेका प्रतिनिधि दिनभर अलमलमा परे। नामावलीसहित हलमा आउने भनिएका नेता नआएपछि सोमबार बन्दसत्र नै सुरु हुन सकेन। दिउँसो ३ बजे मात्रै बन्दसत्र नहुने र मंगलबार बिहान ८ बजे सुचारु हुने जानकारी गराइएको थियो।
‘सहमतिका आधारमा नयाँ नेतृत्व चयनका लागि अध्यक्षबाट नामावली प्रस्ताव भएको छ, त्यसमा धारणा राख्ने क्रम जारी नै भएकाले आज नेतृत्वको टुंगो लगाउन सकेनौं,' प्रवक्ता दीनानाथ शर्माले भने, ‘भोलि (मंगलबार) बिहान ८ बजेसम्म टुंग्याउने प्रयासमा छौं।' उनका अनुसार सहमतिमै बढी जोड भए पनि निर्वाचन प्रक्रियाको विकल्प पनि खुला नै छ।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस