विवाद चुल्याउँदै दाहाल फेरि नेता
२३ वैशाख २०७१
•
१७ मिनेट पाठ
विवाद चुल्याउँदै दाहाल फेरि नेता
विराटनगर-एकीकृत नेकपा माओवादीमा पार्टी विवाद चुल्याउँदै अध्यक्ष पुष्पकमल दाहाल फेरि नेतृत्वमा चुनिएका छन्।
हेटौंडा महाधिवेशनदेखि चर्किएको सांगठनिक तथा सैद्धान्तिक विवाद मिलाउन आयोजित राष्ट्रिय सम्मेलनले मंगलबार दाहाललाई फेरि अध्यक्ष चयन गरेको हो।दाहालले पेस गरेको ९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव पनि विवाद र असन्तुष्टिबीच सम्मेलनले पारित गरेको छ। अध्यक्षले भिन्न मतको अपमान गरेको भन्दै पूर्वकेन्द्रीय सदस्य बाबुराम भट्टराईलगायत उनी निकट डेढ दर्जन नेताले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन्।
विराटनगरमा छ दिन चलेको राष्ट्रिय सम्मेलन विवाद बढाएर टुंगिएको छ। सम्मेलनको अन्तिम दिन मंगलबार अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको ९९ सदस्यीय केन्द्रीय समिति अस्वीकार गर्दै भट्टराई पक्षधर पदीय जिम्मेवारी बहिष्कार गर्दै सम्मेलनस्थलबाट बाहिरिएका थिए। भट्टराईसहित उनी पक्षधर नेता तथा कार्यकर्ता समापन समारोहमै बसेनन्।
भट्टराईसहित उनी पक्षधर १७ नेताले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेर बन्दसत्र हलबाहिर निस्केलगत्तै सम्मेलनबाट घोषणा गरिएको केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा दाहाललाई नै सर्वसम्मत चयन गरेको थियो। 
दाहालले सहमतिविपरीत विधि र पद्धति नाघेर केन्द्रीय सदस्यको नामावली पेस गरेको भन्दै भट्टराईले बन्दसत्रमा पार्टीको कुनै पनि पदीय जिम्मेवारी नलिने घोषणा गरेका थिए। 
‘हाम्रो असहमतिका बाबजुद अध्यक्षले एकमनावादी सोचअनुसार प्यानल घोषणा गर्नुभएको छ, त्यसमा मेरो समर्थन छैन,' भट्टराईले बन्दसत्रलाई सम्बोधन गर्दै भनेका थिए, ‘आफ्नो अनुकूलताको ‘टिम' बनाउने उहाँको चाहनालाई सम्बोधन गर्दै म पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गर्दछु, अरू साथी पनि बस्नुहुन्न।' 
केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका भट्टराईले ‘अन्वेषण विभाग' गठन गरिदिए विश्व कम्युनिस्ट आन्दोलनबारे अनुसन्धान गर्ने इच्छा प्रकट गरेका थिए। दाहाल एकमनावादी सोचअनुसार अघि बढ्न खोजेको, विपक्षीको मतलाई सम्बोधन नगरेको, निषेधको राजनीति गरेको लगायत आरोप लगाउँदै भट्टराईले आफूले नाम नराख्नू भन्दाभन्दै प्रस्ताव गरेकोमा दाहाललाई धन्यवाद दिएका थिए।
‘एकतालाई आत्मसात गर्दै पार्टी पुनर्निर्माण, रूपान्तरण र शुद्धीकरणमा जानुपर्ने मूल मान्यताविपरीत अध्यक्ष चलेपछि हामी केन्द्रीय समितिमा नबसेका हौं,' केन्द्रीय सदस्य अस्वीकार गरेका अर्का नेता देवेन्द्र पौडेलले नागरिकसँग भने, ‘सहिष्णुता, सम्मानजनक र भिन्न मतको सम्मान गर्नुको सट्टा पेलेरै जाने पक्षमा अध्यक्ष प्रकट हुनुभयो।' 
त्यसो त राष्ट्रिय सम्मेलनबाट बलियो हुन खोजेका भट्टराई पार्टीमा झनै कमजोर भएका छन् भने दाहाल विवादका बीच नै भए पनि शक्तिशाली देखिएका छन्। विगतमा आफूसँगै रहेकाले नै साथ छाडेकाले पनि पार्टीमा भट्टराई कमजोर भएका हुन्। भट्टराईनिकट रहँदै आएका राम कार्कीलगायत नेताले अहिले दाहाललाई साथ दिएका छन्। 
‘विधि र प्रक्रियाविपरीत उहाँ (भट्टराई) ले केन्द्रीय समिति छाड्नुभयो, त्यसमा मेरो विमति रह्यो,' शपथ ग्रहणपछि कार्कीले नागरिकसँग भने, ‘आफ्नो फरक मतलाई सम्मान गर्नुपर्ने भन्ने, तर अरूको फरक मतलाई भने अस्वीकार गर्ने उहाँको बानी मन परेन, त्यसैले यसपटक म उहाँसँग गइनँ।' प्रधानमन्त्री हुँदा भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट कार्कीले उनको पछिल्लो कदमले पार्टीलाई थप कमजोर बनाएको टिप्पणी गरे। 
भट्टराईलाई यसअघि साथ दिँदै आएका डोरप्रसाद उपाध्याय, भरत साह, अजयदास नायक, घनश्याम यादवलगायत नेताले पनि यसपटक दाहाललाई साथ दिएका छन्। केन्द्रीय सदस्यमा चयन भएका भट्टराईनिकट यी नेताले शपथग्रहण गरी केन्द्रीय समिति बैठकमा भाग लिए। हेटौंडा महाधिवेशनले पारित गरेजस्तै यसपटक पनि १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति थियो, तर अहिले ९९ जनाको मात्रै नाम घोषणा गरिएको छ।
केन्द्रीय सदस्य अस्वीकार गर्नेमा टोपबहादुर रायमाझी, हिसिला यमी, देवेन्द्र पौडेल, नवराज सुवेदी, प्रभु साह, वामदेव क्षेत्री, रामरिझन यादव, ध्रुव पराजुली, गंगानारायण श्रेष्ठ, कुमार पौडेल, हेमराज भण्डारी, देवी खड्का, बलावती शर्मा, खगराज भट्ट, कल्पना धमलालगायत छन्। यी नाम बन्दसत्रमा रायमाझीले पढेर सुनाएका थिए। आगामी महाधिवेशनसम्म केन्द्रीय समितिमा नबस्ने घोषणा गरे पनि पार्टी भने तत्काल छाड्ने पक्षमा नभएको पौडेलको प्रस्टीकरण छ। 
भट्टराई पक्षधरले केन्द्रीय सदस्य अस्वीकार गरेपछि अध्यक्ष दाहालले नयाँ केन्द्रीय समितिसामु नयाँ चुनौती थपिएको बताएका छन्। ‘यो ऐतिहासिक र अविस्मरणीय सम्मेलनका रूपमा स्थापित हुन पुग्यो, यो नयाँ प्रयोग पनि हो,' दाहालले समापन समारोहमा भने, ‘यो केन्द्रीय समितिसामु सामान्य जिम्मेवारी छैन, त्यसैले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दछु।' 
भट्टराईले सहमतिविपरीत केन्द्रीय समितिमा नबस्ने घोषणा गरेको दाहालले आरोप लगाए। ‘मेरो प्रस्तावमा बाबुरामजी, प्रकाश (श्रेष्ठ) जी र दिवाकर (बोगटी) जी ‘असहमति जनाउँदै' केन्द्रीय समितिमा भने बस्ने सोमबार साँझ समझदारी भएको थियो, तर आज त्यसलाई तोडेर बाबुरामजी केन्द्रीय समितिमै नबस्ने घोषणा गरेर हिँड्नुभयो, यो दुःखद कुरा हो,' दाहालले समापन समारोहमा भने, ‘उहाँ यसरी हिँड्नुहुन्छ होला भन्ने लागेकै थिएन।'
भट्टराई सहमति प्रक्रियामा आउन पनि नखोजेको र निर्वाचन प्रक्रियामा जान पनि नचाहेको आरोप दाहालले लगाए । ‘सहमति नभएपछि अन्तिम विकल्प भनेको निर्वाचन हो, अब सहमति भएन निर्वाचनमा जाउँ भनेँ,' दाहालले भने, ‘तर, उहाँहरूले निर्वाचनको कुरा नगरौं भन्नुभयो।' भट्टराई पक्ष सहमतिमा नआउने र निर्वाचनमा पनि नजाने भएपछि केन्द्रीय सदस्यको नामावली बोकेर बन्दसत्रमा आएको दाहालको भनाइ छ।
दाहालले पार्टीभित्र र बाहिरका प्रतिक्रियावादीले सम्मेलन भाँड्न खोजे पनि सफल नभएको बताए। ‘पार्टीभित्र र बाहिरका प्रतिक्रियावादीले यो सम्मेलन भाँड्न खोजेका थिए, तर त्यसलाई हामीले चिर्‍यौं,' दाहालले समापन समारोहमा भने, ‘अब एमाओवादीका अगाडि यो नयाँ प्रक्रियामा विशिष्ट चुनौती थपिएको छ, अब राष्ट्रियता, जनजीविका र जनतन्त्रका मुद्दा लिएर आन्दोलनमा जान्छौं।' पार्टीमा एक्लै बढ्दा असहज भए पनि त्यसलाई चुनौतीका रूपमा लिने दाहालले बताएका छन्। 
जो केन्द्रीय समितिमा दोहोरिएनन्
दाहालले प्रस्ताव गरेको नयाँ केन्द्रीय समितिमा अमिक शेरचनलगायतका चर्चित अनुहार पर्न सकेनन्। त्यसमा पनि एकता केन्द्रबाट आएका धेरैजसो नेतालाई दाहालले नयाँ केन्द्रीय समितिको नामावलीमा ठाउँ दिएनन्। पूर्वपोलिटब्युरो सदस्य स्वनाम साथी, निनु चापागार्इं, भीमप्रसाद गौतम तथा केन्द्रीय सदस्यहरू रामकुमार यादव, घनश्याम शर्मा पौडेल, कृष्ण केसी, सविना अर्याल, देवेन्द्र पराजुलीलगायत केन्द्रीय नेता दाहालको सूचीमा परेनन्।
विवाादका मुख्य पात्र जयसवाल र न्यौपाने
दाहालले प्रस्ताव गरेका केन्द्रीय सदस्यमध्ये रौतहटका अशोक जयसवाल र रुपन्देहीका दयानन्द न्यौपानेप्रति भट्टराईले चर्को आपत्ति जनाएका थिए। दुवै नेतालाई केन्द्रीय समितिमा राख्न नहुने माग भट्टराईले राखे पनि त्यसलाई दाहालले सम्बोधन नगरेपछि विवाद थप चर्किएको थियो।
कुनै समय भट्टराईनिकट भएर काम गरेका जयसवाल र न्यौपाने पछिल्लो समय दाहालनिकट छन्। ‘बाबुरामजीले अशोक र एमबी थापा (न्यौपाने) लाई कुनै पनि हालतमा नराख्न माग गर्नुभयो, तर अध्यक्षले त्यसलाई ठाडै अस्वीकार गर्नुभयो,' शीर्ष नेताको बैठकमा सहभागी एक नेताले नागरिकसँग भने, ‘भट्टराईजी दुवैलाई निकाल्नुपर्ने भन्ने, तर अध्यक्ष नमान्ने भएपछि विवाद झनै चर्कियो।' उनका अनुसार न्यौपानेको ठाउँमा भट्टराईले आफ्ना स्वकीय सचिव विश्वदीप पाण्डेका पिता भक्तिलाई राख्न जोड गरेका थिए।
आफूनिकट प्रभु साहसँग रौतहटमा ‘टक्कर लिइरहेका' जयसवाललाई केन्द्रीय समितिमा नल्याउन जोड गरेका भट्टराई अन्ततः असफल भए। दाहालले भट्टराईको विरोधका बाबजुद पनि जयसवाल केन्द्रीय सदस्य बनाइछाडे। अन्य जिल्लाका समानान्तर समितिलाई मान्यता नदिएका दाहालले भने रौतहटमा जयसवालको पहलमा गठन भएको समानान्तर समितिलाई मान्यता दिए र उनलाई बन्दसत्रमा प्रवेश गराए।
प्रत्यक्ष जितेको जिल्लालाई समानुपातिक सभासद नबनाउने केन्द्रीय समितिको निर्णयविपरीत जयसवाललाई सभासद बनाइएको थियो। आफूलाई असहयोग गर्ने साहलाई ‘साइज'मा ल्याउन दाहालले जयसवाललाई अघि सारेको माओवादी नेताहरू बताउँछन्। भट्टराईले शीर्ष बैठकमा टोपबहादुर रायमाझीलाई पदाधिकारीमा लैजान जोडसमेत गरेको स्रोतले बतायो। 
भट्टराईले नयाँ केन्द्रीय समितिमा लीलाबहादुर थापा, बालकृष्ण ढुंगेल, लीला भण्डारी, सविना अर्याललाई पनि समेट्न अध्यक्षसँग माग गरेका थिए। तर, दाहालले त्यसलाई स्वीकार नगरेपछि भट्टराई थप आक्रोशित भए।
रामकुमारीलाई हटाएर मण्डल 
अध्यक्ष दाहालले सोमबार ९९ सदस्यीय केन्द्रीय समितिको नामावली पेस गर्दै सप्तरीकी आयोजक समिति सदस्य रामकुमारी चौधरीलाई पनि समावेश गरेका थिए। तर, दाहालले मंगलबार उनको नाम हटाएर अर्का नेता शिवकुमार मण्डललाई अघि सारेका छन्। 
सम्मेलन आयोजनास्थल मोरङका अध्यक्षसमेत रहेका मण्डलले आफूलाई केन्द्रीय सदस्यमा नपारे पार्टी परित्याग गर्ने घोषणा गरेपछि चौधरीको नाम काटेर उनको नाम राखिएको हो। ‘उहाँले पत्रकार सम्मेलन नै गरेर पार्टी परित्याग गर्ने तयारी गरेपछि अन्तिममा रामकुमारीलाई हटाएर मण्डलजीलाई राखिएको हो,' दाहालनिकट स्रोतले भन्यो। गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका गयानन्द मण्डललाई ८ मतले पराजित गरी मोरङ ४ बाट विजयी मण्डल एमाओवादी मोरङका जिल्ला अध्यक्ष पनि हुन्।
यसैगरी, सोमबार प्रस्तावित मुक्यामुहाङ मेन्याङ्बो ‘मुकेश' लाई हटाएर नेपाल क्रिकेट संघका अध्यक्षसमेत रहेका टंक आङबुहाङलाई ल्याइएको छ भने दीपबहादुर योञ्जनलाई बाहिर राखेर धावा तामाङलाई ल्याइएको छ। घनश्याम यादव र लीलबहादुर क्षेत्री दुवैलाई प्रस्ताव गरेका दाहालले अन्तिममा क्षेत्रीलाई हटाएर यादवलाई राखेका छन्।




तीन सदस्यीय केन्द्रीय कार्यालय
नयाँ केन्द्रीय समितिको पहिलो बैठकले दाहाल, पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्वसचिव पोष्टबहादुर बोगटी रहेको तीन सदस्यीय केन्द्रीय कार्यालय चयन गरेको छ। समापन समारोहमा केन्द्रीय कार्यालय सदस्य बोगटीले अध्यक्षमा दाहाल चयन भएको घोषणा गरेका थिए। ‘नयाँ चयन भएको केन्द्रीय समितिले प्रचण्ड (दाहाल) जीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ,' समापन समारोहमा बोगटीले घोषणा गरेका थिए, ‘नारायणकाजीजी प्रस्तावक र मेरो (बोगटी) समर्थनमा उहाँ केन्द्रीय अध्यक्षमा चयन हुनुभएको हो।'
केन्द्रीय समिति सदस्यलाई ज्येष्ठताका आधारमा दीनानाथ शर्माले सम्मेलनस्थल वीरेन्द्र सभागृहमा नै शपथ गराएका थिए। त्यसपछि समितिको पहिलो बैठक बसेको थियो। बैठकले पार्टी मुख्यालयको मुख्यसचिवमा हितराज पाण्डे तथा सचिवद्वयमा डोरप्रसाद उपाध्याय र प्रह्लाद लामिछानेलाई जिम्मेवारी तोकेको बोगटीले जानकारी गराए। उनका अनुसार केन्द्रीय समितिको आगामी बैठक काठमाडौंमा जेठ १ गते बस्नेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस