भट्टराईको पद अस्वीकार-आकस्मिक कि योजनाबद्ध?
२४ वैशाख २०७१
•
१० मिनेट पाठ
भट्टराईको पद अस्वीकार-आकस्मिक कि योजनाबद्ध?
विराटनगर-एकीकृत नेकपा माओवादीभित्र पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय सदस्य पद अस्वीकार ‘आकस्मिक' वा ‘योजनाबद्ध' रूपमै गरेका हुन् भन्नेबारेमा बहस सुरु भएको छ।अध्यक्ष दाहालनिकटहरू भट्टराईले केन्द्रीय सदस्य अस्वीकार आकस्मिक रूपमा नभई ‘योजनाबद्ध' रूपमै गरेको दाबी गर्छन्। जसका कारण दाहालसहित उनी पक्षधर धेरै नेता भट्टराईको पद अस्वीकारमा कुनै ‘आश्चर्यजनक घटना'का रूपमा लिइरहेका छैनन्। तर, भट्टराई पक्षधर भने दाहालले ‘एकलौटी' गर्न खोजेपछि पद अस्वीकार गरेको बताउँछन्।
अध्यक्ष दाहालले सहमति र निर्वाचनका दुवै विकल्प खुला राख्दाराख्दै पनि भट्टराई र उनी पक्षधर नेताले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेको समापन समारोहमा उपस्थित सयौं प्रतिनिधि र पत्रकारका सामु खुलासा गरे। ‘प्रस्तावित नामवलीमा सहमतिको प्रयास धेरैपटक गरियो, तर हुनै सकेन, त्यसपछि मैलै निर्वाचनमा जाउँ भनेर प्रस्ताव गरेँ, तर उहाँले निर्वाचनमा नजाऔं भन्नुभयो,' दाहालले भट्टराई अनुपस्थित रहेको समापन कार्यक्रममा भने। 
शीर्ष नेता बसेको स्वागतम होटलमा सोमबार साँझ भएको सहमतिअनुसार प्रस्तावित केन्द्रीय सदस्यको नामावलीमा असहमतिका बाबजुद पनि केन्द्रीय समितिमा बस्ने प्रतिबद्धता जनाएका भट्टराईले उक्त प्रतिबद्धता भोलिपल्टै तोडेको आरोप दाहालको छ। हेटौंडा महाधिवेशनको निर्णयअनुसार नै १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने आफूहरूबीच ‘भद्र सहमति' भएको दाबी गरे। 
नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले भने दाहालको प्रस्तावलाई सहमति जनाएर केन्द्रीय समितिमा बसेका छन्। जबकि, भट्टराईसहित तीनै नेताले आइतबार दाहालको नामावलीलाई अस्वीकार गरेका थिए। 




सम्मेलनमा प्रस्तावित विधानले दुई अंक अर्थात बढीमा ९९ सदस्यीय केन्द्रीय समितिको मात्र परिकल्पना गरेको थियो, तर सहमति जुटाउने नाममा प्रस्तावित विधानलाई उल्टाएर एमाओवादीले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ। यद्यपि, बन्द सत्रमा बोल्ने अधिकांश समूह नेताले निर्वाचनको माग गर्दै ९९ सदस्यीयभन्दा ठूलो केन्द्रीय समिति बनाउन नहुनेमा जोड गरेका थिए। 

निर्वाचनमा जाने कि सहमति खोज्ने भन्नेमा केन्द्रीय कार्यालयले आइतबार साँझ र सोमबार बिहान आयोजक समिति सदस्यसँग धारणा मागेको थियो। दाहालनिकट केही नेताबाहेक अरुले सहमतिमै जोड गर्दै नामावली प्रस्ताव गर्न केन्द्रीय कार्यालयलाई आग्रह गरे। सोहीअनुसार केन्द्रीय कार्यालयमा छलफल भयो, तर सहमति हुन सकेन। अन्ततः दाहालले आफ्नो अधिकार प्रयोग गर्दै नामावली प्रस्ताव गरे, तर सुरुमै ‘यो प्रस्ताव अध्यक्षको मात्रै हो हाम्रो सहमति छैन' भन्दै भट्टराईले अस्वीकार गरे। 
त्यसमा श्रेष्ठ र बोगटी पनि थपिए र भट्टराईनिकट टोपबहादुर रायमाझी, देवेन्द्र पौडेलले केन्द्रीय समितिमा नबस्ने घोषणा गरे। पुनः केन्द्रीय कार्यालयको बैठक बस्यो, त्यहाँ कुनै सहमति हुन सकेन। मुख्यतः भट्टराईले रौतहटका अशोक जयसवाल र रुपेन्देहीका दयानन्द न्यौपानेलाई सूचीमा नराख्न आग्रह गरे, तर दाहाल भने मान्दै मानेनन। अन्ततः केन्द्रीय कार्यालयको बैठक नै अवरुद्ध हुन पुग्यो र आयोजक समितिको बैठक रोकियो। 
‘दुईजनालाई नहटाएसम्म सहमतिमा नआउने उहाँको अडान रह्यो, तर पार्टीमा लामो लगानी गरेकाले हटाउन नसक्ने भनेर अध्यक्ष मान्नुभएन, बाबुरामजी भड्किनुभयो,' बैठकमा सहभागी एक नेताले भने। उनका अनुसार भट्टराईले भक्ति पाण्डे, बालकृष्ण ढुंगेल, लीलबहादुर थापा, कृष्ण केसीलगायतलाई केन्द्रीय समितिमा राख्न जोड गरेका थिए। 
दाहालले ९९ सदस्यीय समिति मात्र प्रस्ताव गरेका थिए। १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएकाले भट्टराईले चाहेका व्यक्तिलाई पछि समेट्ने ठाउँ छँदैथ्यो। तर, भट्टराईले आफू नै पदमा बस्न अस्वीकार गरे। 
यता, सम्मेलनमा जानुअघि नै भट्टराईलाई आफू र आफ्नो पक्षधर संगठनात्मक रूपमा कमजोर हुन्छ भन्ने पूर्वज्ञान प्राप्त भइसकेको थियो। जिल्ला सम्मेलनबाट चुनिएका जिल्ला प्रतिनिधि र जिल्ला समितिमा भट्टराई पक्ष कमजोर भइरहेको थियो। ‘धेरै जिल्लामा भट्टराई पक्षधर कमजोर भइसकेको थियो, गृहजिल्लामै उहाँको पक्षका चारजना मात्रै प्रतिनिधि चयन हुन सके,' भट्टराई छाडेका एक केन्द्रीय सदस्यले भने, ‘संगठन बनाउन जोड गर्नेभन्दा सधैं विवाद मात्रै गरिरहने बाबुराम (भट्टराई)जीको पछाडि कति दिन लाग्ने?' 
उनका अनुसार भट्टराईले आफ्नो समूहलाई बलियो बनाउन जिल्ला सम्मेलनमा कुनै पहलकदमी गरेनन्। बरु, उनले राष्ट्रिय सम्मेलन रोकेर सीधै महाधिवेशनमा जान जोड गरिरहे, तर दाहालले भने घोषणा भइसकेको सम्मेलन रोक्ने अवस्था नरहेको जनाउँदै अस्वीकार गर्दै आएका थिए। 
त्यसो त ‘नयाँ शक्ति' का बारेमा वैचारिक र राजनीतिक बहस गराइरहेका भट्टराईले भनेजस्तो पुँजीवाद र नवउदारवादलाई ‘फ्युजन' गर्ने प्रस्तावलाई दाहालले राजनीतिक प्रतिवेदनमार्फत अस्वीकार गरे। दाहालले पनि हेटांैडा महाधिवेशनले तय गरेको कार्यदिशाबाहेक अन्य विषयमा छलफल गर्न विराटनगर सम्मेलन आयोजना नगरिएको उद्घाटनस्थलबाट उदघोष गरे। जबकि, भट्टराई आफ्नो ‘नयाँ शक्ति' को बहसलाई पार्टीभित्र प्रवेश गराउन चाहन्थे।

सांगठनिक रूपमा पार्टीभित्र क्रमशः कमजोर हुँदै गएको र आफ्नो नयाँ शक्तिको बहसलाई पार्टीभित्र छलफलमै प्रवेश नगराइएको सन्दर्भमा भट्टराईले विराटनगर जानुअघि नै निराशा व्यक्त गरिसकेका थिए। ‘आजदेखि ४/५ दिन उधुम गर्मी खान विराटनगर जाने भइयो,' सम्मेलनप्रति कुनै भरोसा नगरेका भट्टराईले सम्मेलन सुरु हुने अघिल्लो दिन टि्वट गरेका थिए, ‘गर्मीमा पञ्चांगनी तापेर रूपान्तरण हुने भए त राम्रै हुन्थ्यो।' 
उक्त टि्वटले नै भट्टराई सम्मेलनप्रति आशावादी नरहेको देखाएको थियो। त्यसैले पनि होला, सम्मेलन समापन हुने टुंगो नहँुदानहुदै पनि भट्टराईले आफ्ना सुरक्षाकर्मीलाई सोमबारै काठमाडौं फिर्ता गरिसकेका थिए। र, केन्द्रीय समितिमा नबसेका भट्टराई र उनी पक्षधर नेता समापन नभई सम्मेलनस्थल छाडेर हिँडेका थिए। 
दाहालले ‘आफ्नो कमजोरी सच्याएर उहाँ (भट्टराई) पुनः केन्द्रीय समितिमा आउनुहुन्छ' भन्दै समापन समारोहमा विश्वास व्यक्त गरेका छन्। त्यसैले नयाँ केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन नगरिएको दाहालको स्पष्टोक्ति थियो। तर, भट्टराईले भने पार्टीको पदीय जिम्मेवारीभन्दा पनि अनुसन्धान र अन्वेषणमा आफ्नो रुचि बढेको भन्दै आयोजक समिति बैठक र बन्दसत्रमा त्यतातर्फको जिम्मेवारी दिन आग्रह गरेका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस