राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले २०४६ साल पछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पत्ति विवरणको अनुसन्धान गर्नुपर्ने बताएका छन्।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले देशमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई निर्मूल गर्न नसके हालसम्म भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकिने भन्दै २०४६ साल पछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पत्ति विवरणको अध्ययन, अनुसन्धान गर्नुपर्ने बताएका हुन्।
देशमा भ्रष्टाचार बढेको भन्दै उनले अनियमिततालाई शून्य सहनशीलतामा झार्नुपर्नेमा जोड दिए।
‘देशबाट जबसम्म भ्रष्टाचार निर्मूल गर्न सक्दैनौँ। अनियमितता निर्मूल गर्न सक्दैनौँ। ढिलासुस्तीलाई निर्मूल गर्न सक्दैनौँ। हाम्रो देशमा प्राप्त परिवर्तनलाई हामीले संस्थागत गर्न सक्दैनौँ, उनले भने,'यसमा विशेष गरेर हिजोदेखि कम्तिमा ०४६ देखि यतातिरको सबै सरकारको मन्त्री, प्रधानमन्त्री, सांसद सबैको हिसाब लेखाजोखा गर्यौँ भने कहाँ छ भन्नेकुरा स्पष्ट हुन्छ होला जस्तो लाग्छ।'
उनले अगाडि भने, 'हाम्रो पुर्ख्यौली सम्पत्ति, हामीले प्राप्त गरेको अहिलेका विभिन्न प्रकारका साधन, स्रोतहरु, त्यसका उत्पादनका साधन स्रोतहरु त्यसपछि हाम्रा छोराछोरीहरुले पढ्ने गरेका स्कुलहरु, हाम्रा बसाइ, उठाइहरुलाई हेर्यौँ भने हामी देशका लागि, समाजका लागि, परिवर्तनका लागि कि आफ्ना लागि भन्नेकुरा एकपटक जनताले खोजिराखेका छन्। यसमा अहिले सरकारले गम्भीर ढंगले अध्ययन अनुसन्धान गर्नुपर्छ। हामी शून्य सहनशीलतामा कसरी अनियमिततालाई झार्न सक्छौँ, त्यतातिर पहल गर्नुपर्छ।’
उनले भूमिसम्बन्धी समस्या समाधान आयोगमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केवल आफ्नो मानिसहरुको मात्रै भर्तिकेन्द्र बनाएकोले विघटन गर्नु परेको बताए। उनले वर्तमान सरकारले सर्वस्वीकार्य आयोग बनाएर भूमिहीनहरुको समस्या गर्नेमा विश्वास व्यक्त गरे।