काठमाडौं, कात्तिक १२ (नागरिक)- सभासदहरूले नयाँ बन्ने संविधानमा संकटकाललाई अदालतबाट न्यायिक पुनरावलोकन हुनसक्ने बनाइनुपर्ने धारणा राखेका छन्।
संविधानसभाको संवैधानिक समितिमा भएको संकटकालिन प्रावधानमाथि बुधबार भएको छलफलमा सभासदहरूले नयाँ बन्ने संविधानमा संकटकालको प्रावधान परम्परागत रूपमा राख्दा दुरूपयोग हुन सक्ने भएकाले यसलाई न्यायिक पुनरावलोकनको विषय बनाइनुपर्ने धारणा व्यक्त गरेका हुन।
उनीहरूले संविधानमा राखेर मात्र नपुग्ने भएकाले संकटकाल सम्बन्धी छुट्टै कानुन नै बनाउनुपर्ने धारणा राखेका छन। पूर्वप्रधान्त्री एवं राप्रपाका सभासद लोकन्द्रबहादुर चन्दले भने -'संकटकालको दुरूपयोग हुनसक्ने भएकाले पीडितलाई क्षतीपूर्ती दिने र दुरूपयोग गर्नेलाई सजायको व्यवस्था हुनुपर्छ।'
संकटकालका लागि निश्चित अवस्था र शर्तहरू तय गरी कानुन बनाउनुपर्ने उनीहरूले बताएका छन। नेकपा मालेका सभासद् सीपी मैनालीले भने संकटकालको दुरूपयोग नहोस भनी छुट्टै कानुन चाहिन्छ र यसलाई न्यायिक पुनरावलोकन गर्न पाइने बनाउनुपर्छ।'
राष्ट्रिय जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनीले सरकार र राज्यलाई संकट पर्दा संकटकाल लगाउने भएकाले दुरूपयोग हुने सम्भावना धेरै हुने बताए। उनले राष्ट्राध्यक्षबाट विभिन्न अपराधमा सजाय पाएकालाई माफी मिनाहा दिने व्यवस्थालाई पनि होशियारीसाथ राखिनुपर्ने धारणा राखे। एउटा निश्चित संयन्त्र बनाएर मात्र माफी मिनाहा दिने गरिनुपर्छ नभए यसको पनि दुरूपयोग हुने सम्भावना बढ्छ।
नेपाल सद्भावना पार्टीकी सभासद् सरिता गिरीले संविधानसभाले नयाँ संविधान बनाइसकेपछि पनि आन्तरिम विद्रोह हुनसक्छ की सक्दैन भनी गम्भीर विचार गरिनुपर्ने सुझाव दिइन। उनले प्रश्न गरिन -'प्राकृतिक विपत्ति पर्दा संकटकाल लगाउँदा कस्ता मौलिक हक निलम्वन गर्ने?' गिरीले पनि संकटकालको अवस्था बारे न्यायिक पुनरावलोकन गर्न पाउनुपर्ने जिकीर गरिन्।
उनले संकटकाललाई १५ दिनभित्र संसद्ले अनुमोदन गर्नुपर्ने प्रावधान राखिनुपर्ने जनाउँदै संक्रमणकालमा मात्र बाधा अड्काउ फुकाउ धारा राखिनुपर्ने अन्यथा आवश्यक नभएको बताइन।
एकीकृत नेकपा माओवादीका सभासद् देव गुरूङले कुनै प्रान्तमा संकट पैदा भए त्यहाँको सरकारप्रमुखको सहमति लिई केन्द्रीय सरकार प्रमुखको सहमतिमा मात्र संकटकाल लगाउने व्यवस्था हुनुपर्ने सुझाव दिए। उनले नयाँ संविधानमा सशस्त्र सैन्य विद्रोह शब्द राखिनुपर्ने बताउँदै जनताको विद्रोह गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने जिकीर गरे।