हामी कसैको सामु शिर निहुर्‍याउँदैनौं: नेता नेपाल
२६ साउन २०७८
•
१ मिनेट पाठ
हामी कसैको सामु शिर निहुर्‍याउँदैनौं: नेता नेपाल
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता गरेका छन्।




मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै नेता नेपालले आफूहरु कसैको सामु शिर न निहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे। 

आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ। उनले भने, ‘हामी अगाडी बढ्छौँ दृढताका साथ। शिर निहुराउने छैनौँ। कसैको टाङमुनि छिर्ने छैनौँ। अध्यारो सुरुङमा जानेवाला छैनौँ। दम्भि, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडी बढ्नेछौँ।’ उनले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर आफुहरु अगाडी बढ्ने बताए।

नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए।  उनले कर्णालीका नेताहरुको साथमा आफु रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गरे। उनले भने, ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनुभयो की, उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो। उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ। र मैले भनिसकेको छु तपाईहरुको सदस्यता धरापमा छ भने यदी तपाइहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ। त्यसो हुनाले तपाइहरु दृढताका साथ अगाडी बढ्नुस्। हामी साथमा छौँ।’
अर्को समाचार
पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने
०८ भदौ २०७८
•
५ मिनेट पाठ
पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने
पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग राखेपछि ओली सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्।




विभाजन रोक्ने अन्तिम प्रयास असफल भए पनि एकता पक्षधर नेताहरूले एमालेलाई थप क्षति हुनबाट रोक्न असार २७ को सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए। सोमबार बिहान ओलीसहित मध्यमार्गी नेताहरूबीच भएको संवादपछि विवाद सुल्झाउन २०७५ जेठ २ अघिका सबै कमिटी ब्युँताइने भएको हो। 

सुरुमा सबै कमिटी ब्युँताउने र त्यसपछि सबैको जिम्मेवारी बाँडफाँड गरी अघि बढ्ने सहमति भएको छ। त्यसका लागि १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ। पार्टीका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सदस्य रहने गरी कमिटी गठन भएको हो। यो कमिटीले मंगलबारको स्थायी समिति बैठकअघि प्रस्ताव तयार गर्ने भएको छ।

एमाले अध्यक्ष ओलीले पार्टीभित्र कुनै पनि स्थान नदिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवदेन दिए पनि दोस्रो पुस्ताका नेताहरू भने पार्टी एकताकै पहलमा लागिरहेका थिए। नेपाल नयाँ दल दर्ता गर्न जाँदा असहमत रहेका नेताहरूले गत बिहीबार सामूहिक छलफल गरेर पार्टी विभाजन गर्न नहुने भन्दै ओलीलाई १० बुँदे कार्यान्वयनको ग्यारेन्टी गर्न र नेपाललाई निर्णय सच्याउन आग्रह गरेका थिए। तर नेपाल दल दर्ताबाट फिर्ता नहुनेगरी केन्द्रीय सदस्यहरूको भेलामा लागेका छन्। उनले दुई दिनसम्म चन्द्रागिरिमा आफू निकट केन्द्रीय सदस्य र सांसदलाई राखेर प्रशिक्षण दिइरहेका छन्।

मध्यमार्गी धारमा रहेका नेताहरूले भने असार २७ गते गरिएको १० बुँदे कार्यान्वयन भएमा पार्टी विभाजन गर्नुको औचित्य नभएकाले नेपाललाई दल दर्ताबाट पछि हट्न आग्रह गरेको बताएका छन्। भीम रावल, युवराज ज्ञवाली, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त तथा योगेश भट्टराईले १० बुँदे सहमति अक्षरशः पालना र कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका थिए। गत बुधबार नेपाल समूहका स्थायी कमिटी सदस्यमध्ये मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै दल दर्तामा सहमति जनाएका थिए।अन्य सदस्य पार्टी विभाजन गलत भएको जनाउँदै सो निर्णय प्रकृयामा सहभागी भएका थिएनन्। 

गत शुक्रबार स्थायी कमिटी सदस्यहरूले केन्द्रीय सदस्यहरूको भेला बोलाएर ओलीलाई १० बुँदे कार्यान्वयन गर्न थप दबाब दिएका थिए। बालकोटमा ओलीसँगको छलफलपछि पार्टीका सचिव योगेश भट्टराईले अलग्गै दल निर्माण गर्दा नेपाललाई आफूहरूले साथ नदिने भनेर धेरै अघि नै जानकारी गराएको बताएका थिए। उनले १० बुँदे कार्यान्वयन भए सबैलाई न्याय हुने समेत बताएका थिए। ‘अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ। पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ। कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ भन्नुभएको छ। अब सबै साथीलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु’, सचिव भट्टराईले भने।

माधव नेपाललाई ३८ जना केन्द्रीय सदस्यले पार्टी विभाजनका लागि साथ दिएका थिएनन्। नेपाल समूहमा रहेर ओलीलाई चर्को गाली गर्नेहरूले नै अन्तिम समयमा दल विभाजन हँुदा साथ दिएनन्। भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, परशुराम मेघी गुरुङ, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, हरि राई, सोमप्रसाद पाण्डे, माधव अर्याल, झपट रावल, टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, ममता गिरी, जिवन घिमिरे, निरज आचार्य, माधव अर्याल, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, केदार न्यौपाने, धर्मराज निरौला, रचना खड्का, नरेश खरेल, श्रीप्रसाद साहलगायतका केन्द्रीय सदस्यले नेता नेपाललाई पार्टी मिलाउन दबाब दिए पनि नेपालले नयाँ दल गठनको प्रकृया अघि बढेकाले पछाडि नहट्ने जवाफ दिएका थिए। 

उनले सहज लागे एमालेमै रहन सुझावसमेत दिएका थिए। यति बेला आएर ओलीले असार २७ गते गरिएको १० बुँदे कार्यान्वयन नगरी पार्टी विभाजन भएपछि मात्रै कार्यान्वयन गर्न अग्रसर हुनुलाई माधव नेपाल समूहले नेपाललाई पार्टीबाट निकाल्न गरिएको हर्कतका रूपमा लिएको छ। त्यसकारण पनि अहिले नेपाल अघि बढेपछि पछाडि फर्कने सम्भावना नभएको नेपाल निकट रहेका नेताहरू बताउँछन्। नेपालसँग काम गरिरहेका राजेन्द्र राईले १०बुँदेमा आफूहरूको सहमति नभएको बताइसकेका छन्। उनले बालकोटमा ओलीसँग भएको छलफलको अर्थ नभएको समेत बताएका छन्।

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने भएपछि नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता नेपालले आफूसँग भएका केन्द्रीय सदस्यलाई कसैले पनि भड्काउन नसकून् भनेर सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा प्रशिक्षण छ भन्दै लगेका थिए। रिसोर्टमा विधान, राजनीतिक प्रतिवेदन र नेताहरूको सनाखत गर्ने प्रकृया सकेर फर्कने योजना बनेको छ। सोमबार साँझ नेपालले रिसोर्टमा भेला भएका केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै भोलिका दिनमा एमालेसँगको सहकार्य कायमै रहनसक्ने तर अहिले दल दर्ताको प्रकृयाबाट पछि नहट्ने बताएका थिए। 

ओलीले १० बुँदे सहमति कार्यान्वयन मात्र होइन, नेपाल पनि पार्टीमा रहने भए १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिने आश्वासन पनि दिएका छन्। ‘ओलीले पार्टीभित्रको विवाद मिलाउने कोसिस गरेको देखाउन कारबाही फुकुवा गरिदिन पनि सक्छन्’, एक नेताले भने, ‘सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र माधव नेपालबीचको भेटघाट पनि यसैका लागि हो।’

यति बेला आएर ओली एकतामा सामेल हुने सन्दर्भमा विगतका कमीकमजोरी सच्याउन पनि तयार भएका छन्। ‘उहाँले एमाले राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सबै साथीलाई जिम्मेवारी दिने भन्नुभएको छ’, छलफलमा सहभागी एमाले सचिव भट्टराईले भने। आफूहरूले ओलीलाई एमाले एकता बचाइराख्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्छ भन्नेमा जोड दिएको भट्टराईको भनाइ थियो। तर निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका नेपाल फर्केर एमालेमा आउने सम्भावना सकिएको छ। निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ।  

आइतबार दुवै पक्षका नेताको छलफलमा १० बुँदे सहमति कार्यान्वयनको जिम्मा विष्णु पौडेल र शंकर पोखरेलले लिएका थिए। पोखरेल, सुवास नेम्वाङ, पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरूको वार्ता भएको थियो। १० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरूसहितको बैठक बस्ने बताइएको छ। १० बुँदे कार्यान्वयनको मोडालिटीबारे बालकोटमा छलफल भएको थियो। १० बुँदे कार्यान्वयनका क्रममा जहाँ समस्या आउँछ त्यसको समाधानका लागि कार्यदल बनाउने बताइएको छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस