काठमाडौं– एकीकृत नेकपा माओवादीले बिराटनगर सम्मेलनबाट केन्द्रीय समिति बस्न अस्विकार गरेका बाबुराम भट्टराईसहित उनी पक्षधरको नाम बाहिर निकालेर केन्द्रीय समिति सदस्यको नाम सार्वजनिक गरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी एमाओवादीले भट्टराई पक्षधर बाहेका ८४ जनाको केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो। जसमा भट्टराई, टोपबहादुर रायमाझी, हिसिला यमी, देवन्द्र पौडेल, नवराज सुबेदी, प्रभु साह, गंगा नारयण श्रेष्ठलगायतको नाम उल्लेख छैन्। ‘बाबुराम भट्टराई र टोपबहादुर रायमाझीले आफूहरुको नाम केन्द्रीय समिति सदस्यको रुपमा प्रस्तुत गर्नुभएकोमा अध्यक्ष क. प्रचण्ड प्रति आभार व्यक्त गरेर धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै छलफल गर्ने गरी अहिलेलाई आफूहरुले आ–आफ्नो केन्द्रीय समिति सदस्यमा निर्वाचित हुन प्रस्तावित नाम फिर्ता लिन चाहेको जानकारी हललाई गराउनुभयो’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘टोप बहादुर रायमाझीले १५ जनाको प्रस्तावित नाम फिर्ता लिन आग्रह गरे पछि हलले त्यसलाई स्वीकारदै निम्न लिखित ८४ जना केन्द्रीय सदस्यहरुलाई सर्वसम्मत रुपमा केन्द्रीय समिति सदस्य पदमा निर्वाचित गर्योे।’ सोहीअनुरुप केन्द्रीय कार्यालयले ८४ जनाको मात्र केन्द्रीय समिति सार्वजनिक गरेको जनाएको छ।
प्रेस विज्ञप्ति
हाम्रो गौरबशाली पार्टी एकीकृत ने.क.पा. (माओवादी) सातौं केन्द्रीय समितिको आयोजनामा प्रथम राष्ट्रिय सम्मेलन २०७१ बैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवश (मई १) का दिन मोरङको बिराटनगरमा शुरु भई बैशाख २३ गते सफलताका साथ सम्पन्न भएको छ । यस राष्ट्रिय सम्मेलनसंग सम्वन्धित महत्वपूर्ण बिषयहरु एवं निर्णयहरु सार्वजनिक जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम २०७१ बैशाख १८ गते बिराटनगरको सहिद स्मृति रंगशालामा भब्यतापूर्वक सम्पन्न भयो । हाम्रो पार्टीका अध्यक्ष क. प्रचण्डले उद्घाटन गर्नु भएको त्यस कार्यक्रमको सञ्चालन क. बर्षमान पुन (अनन्त)ले गर्नुभएको थियो भने स्वागत मन्तब्य कोचिला राज्य इन्चार्ज एबं व्यवस्थापन समिति संयोजक क. गोपाल किराती (साइँला)ले गर्नु भएको थियो । केन्द्रीय सदस्यहरु क. हिमाल शर्मा, क. शालिकराम जमकट्टेल र क. हिसिला यमीले मन्तब्य राख्नु भएको त्यस उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालयका सदस्य द्वय क. नारायणकाजी श्रेष्ठ र क. बाबुराम भट्टराईले पनि आ–आफ्नो बिचार राखी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।ओजपूर्ण उदघाटन मन्तव्य सहित अध्यक्ष क. प्रचण्डले उद्घाटन कार्यक्रम समापन गर्नु भएको थियो ।
२. राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम, बन्द सत्र र समापन सत्रलाई व्यवस्थित पार्नको लागि राष्ट्रिय सम्मेलन आयोजक समितिको काम गरिरहेको केन्द्रीय समितिको नवौं पूर्ण बैठक २०७१ बैशाख १८ गते बिहान, १९ गते बिहान, २१ गते साँझ, २२ गते बिहान र २२ गते दिउँसो समेत पाँच पटक बसेर केन्द्रीय समिति सदस्य बीच छलफल गरी आवश्यक निर्णय लिंदै अघि बढ्ने काम गरिएको थियो ।
३. यस राष्ट्रिय सम्मेलनमा देश भित्र भूगोलका ७५ वटा जिल्ला, गैरभूगोल र अन्तर्राष्ट्रिय ब्यूरो मातहतका पार्टी साधारण शाखाहरु (जिल्ला समिति सरह)बाट समेत गरी १००७ जना प्रतिनिधिहरु र ४२ जना पर्यवेक्षकहरुले भाग लिनु भएको थियो ।
४. विविध कारणहरुले जिल्ला सम्मेलनहरु विधिवत सम्पन्न हुन नसकेका इलाम, सप्तरी, भक्तपुर, नवलपरासी, रसुवा, दैलेख र बैतडी जिल्लाहरुका प्रतिनिधि वारे ठोस आधार बनाई केन्द्रबाट मनोनित गरेर सम्मेलनमा सहभागी गराइएको थियो ।
५. बन्द सत्रको सुरुवात भएपछि क. पोष्ट बहादुर वोगटी (दिवकर), क. देवेन्द्र पौडेल (सुनील), क. विश्वभक्त दुलाल (आहुती), क. शशि श्रेष्ठ (जेनी) र क. शिव कुमार मण्डल (सुरज) सहितको पाँच सदस्यीय अध्यक्ष मण्डल निर्वाचित गरियो । अध्यक्ष मण्डलले अध्यक्ष मण्डलको अध्यक्षमा क. पोष्ट बहादुर वोगटीलाई निर्वाचित गरी बन्द सत्रको सम्पूर्ण कार्यक्रम अगाडि बढायो ।
६. बन्द सत्रमा अध्यक्ष क. प्रचण्डले “उच्च बैचारिक–राजनैतिक स्पष्टता हासिल गर्दै जनआधारित, नयाँ र सुदृढ संगठन निर्माण गर्न एक जुट होऔं” शीर्षकको राजनैनीतिक तथा संगठनात्मक प्रस्ताव संक्षिप्त ब्याख्या सहित हलमा प्रस्तुत गर्नु भएको थियो भने हेटौडामा सम्पन्न एकताको सातौं राष्ट्रिय महाधिवेशन–२०६९ द्वारा पारित पार्टी बिधानलाई संसोधन गर्नको लागि तयार परिएको संसोधित बिधानको मस्यौदा बिधान मस्यौदा समितिका संयोजक क. लीलामणि पोख्रेललेसंक्षिप्त व्याख्या सहित प्रस्तुत गर्नु भएको थियो । बन्द सत्रमा प्रस्तुत राजनैतिक तथा सांगठनिक प्रस्ताव र बिधानको प्रस्ताव उपर २२ वटा अलग–अलग समूहमा छलफल चलाईयो । सबै समूहमा छलफल चलाई सकेपछि केन्द्रीय कार्यालयका क. बाबुराम भट्टराई र क. नारायणकाजी श्रेष्ठले प्रस्तुत प्रस्तावहरु उपर टिप्पणी सहित आ–आफ्ना बिचार हल समक्ष राख्नु भयो र प्रस्तावको मूल स्प्रिट प्रति सहमति जनाउनु भयो । सबै समूहका नेताहरुले समूहबाट प्राप्त छलफलका सारसंक्षेप हलमा प्रस्तुत गरी प्रस्तावित राजनैतिक एवं संगठनात्मक प्रस्ताव एवं विधान परिमार्जको लागि सुझावहरु दिनु भएको थियो र कतिपय जिज्ञाशा, टिप्पणी पनि प्रस्तुत गर्नु भएको थियो ।
७. २२ वटै समूहबाट प्राप्त सुझाब सुनिसके पछि केन्द्रीय समितिको बैठक बसेर प्राप्त सुझाव र टिप्पणीहरुबारे छलफल चलाई हलमा उठेका जिज्ञाशाहरुको स्पष्टिकरण सहित अध्यक्ष क. प्रचण्डले प्रस्तुत राजनैतिक एवं संगठनात्मक प्रस्ताब एवं बिधान बारे ब्याख्या गर्नु भएको थियो । आवश्यक परिमार्जन सहित उक्त राजनैतिक एवं संगठनात्मक प्रतिवेदनको प्रस्तावनव निर्वाचित केन्द्रीय समितिले भाषा सहित आवश्यक परिमार्जन गर्ने गरी राष्ट्रिय सम्मेलनले सर्बसम्मत ढंगले पारित गरेको छ । त्यस्तै कुनै अंशको पुनरलेखन सहित आवश्यक परिमार्जन नवनिर्वाचित केन्द्रीय समितिले गर्ने गरी सर्वसम्मत ढंगले संशोेधित विधान पनि राष्ट्रिय सम्मेलनले पारित गरेको छ।
८. सातौं राष्ट्रिय महाधिवेशनको निर्णय अनुुसार नै राष्ट्रिय सम्मेलनले १५१ सदस्यीय केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।
९. यस राष्ट्रिय सम्मेलनले नव निर्वाचित केन्द्रीय समिति, यस राष्ट्रिय सम्मेलन आयोजना गर्ने संपूर्ण केन्द्रीय समिति सदस्यहरु सहित अन्य आवश्यक कमरेडहरु रहने गरी केन्द्रमा एक राष्ट्रिय परिषद रहने नयाँ निर्णय गरेको छ ।
१०. अध्यक्ष क.प्रचण्डले केन्द्रीय कार्यालय र केन्द्रीय समितिको वैठकमा व्यापक छलफल गरी ९९ जना केन्द्रीय सदस्यहरुको नाम हल समक्ष प्रस्तवित गर्नुभयो । क. बाबुराम भट्टराई र क. टोप बहादुर रायमाझीले आफूहरुको नाम केन्द्रीय समिति सदस्यको रुपमा प्रस्तुत गर्नुभएकोमा अध्यक्ष क. प्रचण्ड प्रति आभार व्यक्त गरेर धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै छलफल गर्ने गरी अहिलेलाई आफूहरुले आ–आफ्नो केन्द्रीय समिति सदस्यमा निर्वाचित हुन प्रस्तावित नाम फिर्ता लिन चाहेको जानकारी हललाई गराउनु भयो । उहाँहरुले आ–आफ्नो अनुभूति र विचार पनि हल समक्ष राख्नु भयो । क. टोप बहादुर रायमाझीले १५ जनाको प्रस्तावित नाम फिर्ता लिन आग्रह गरे पछि हलले त्यसलाई स्वीकारदै निम्न लिखित ८४ जना केन्द्रीय सदस्यहरुलाई सर्वसम्मत रुपमा केन्द्रीय समिति सदस्य पदमा निर्वाचित गर्यो।