कर्णाली प्रदेश – बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति
३० साउन २०७८
•
३ मिनेट पाठ

‘लघु संसद्’ भनिने संसदीय समितिको मुख्य काम विधायिकीय र संसदीय निगरानी गर्नु हो। संसदीय समितिले सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न आवश्यक निर्देशन दिन्छन्। ती निर्देशन पालना गर्नु सरकारका लागि बाध्यकारी हुन्छ तर सबै समितिले कार्य क्षेत्रबाहेक बाह्य पहुँच र खुलापन बढाउन त्यति चासो दिँदैनन् । कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले भने नियमित कार्यक्षेत्रअन्तर्गतका कामका अतिरिक्त बाह्य पहुँच र खुलापनतर्फ आफ्नो सक्रियता बढाउँदै आएको छ।

समितिले सामाजिक कुप्रथा र कुरीतिसँग सम्बन्धित समस्या, सरोकारवालाको सुझाव सङ्कलन गरेर सरकारलाई निर्देशन दिँदै आएको छ। ‘छाउपडी, छुवाछूत तथा जातीय विभेद, बालविवाहजस्ता विद्यमान सामाजिक सवालको स्थलगत अध्ययन गरी सरकारलाई नीति निर्माणका लागि सुझाव दिएका छौं’, समिति अध्यक्ष देवी ओलीले भने, ‘बाह्य पहुँच नबढाउने हो भने कुनै पनि सवालको गहिराइमा पुगेर निष्कर्ष निकाल्न सकिँदैन, त्यही भएर हामीले बाह्य पहुँच र खुलापन बढाउनतर्फ जोड दिएका छौं।’ उनले आफ्नो नेतृत्वको समितिले गत आर्थिक वर्ष महिला सांसद, मिडिया र पत्रकारबारेको बुझाइ, सञ्चार एवं मिडिया व्यवस्थापनलगायतका विषयमा भौतिक र भर्चुअल माध्यमबाट गरेको अन्तक्र्रियाले बाह्य पहुँच र खुलापन बढाउन मद्दत पुगेको धारणा व्यक्त गरे।

सामाजिक विकास समितिको कार्यक्षेत्रमा सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम रोजगार, महिला तथा बालबालिका र मानव अधिकारका विषय पर्दछन्। समिति अध्यक्ष ओलीले यी विषयबाहेक प्रत्यक्ष जनतासँग जोडिएका समस्यामाथि सार्वजनिक चासो र प्रदेश सरकारका निकायलाई आवश्यक खबरदारी गर्ने गरेको बताए। वादी समुदायको समस्याका बारेमा सो समुदायको बढी बसोबास भएको दैलेखको दुल्लू नगरपालिकामै पुगेर समितिले २०७७ साल चैतमा अन्तक्र्रिया ग¥यो। समितिकै दबाब र वादी समुदायको आन्दोलनका कारण प्रदेश सरकारले चालु आर्थिक वर्षमा उक्त समुदायसँग भएको लिखित सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। लोपोन्मुख राउटे समुदाय, लैङ्गिक हिंसापीडित व्यक्ति, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारबाट पीडित परिवारको न्याय र मानव अधिकारका लागि समितिले पटक–पटक प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।  

कोभिड १९ रोकथामको अनुगमन

समितिले आफ्नो कार्यक्षेत्रभित्र भने कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकार र मातहतका निकायले सम्पादन गरेका कामको अनुगमन गरी आवश्यक निर्देशनसमेत दियो। जिल्ला–जिल्लामा पुगेर अस्पतालको निरीक्षण गरी समितिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीका समस्या र उपकरणको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको छ।

समितिका सदस्य पद्मा खड्काले आफूहरुको अनुगमनले अधिकांश जिल्लामा अक्सिजन प्लान्टमा हुन लागेको ठूलो अनियमितता रोकिएको दाबी गरे। ‘कोभिड–१९ का कारण मृत्यु भएकाको शव व्यवस्थापनमा भइरहेको ढिलाइ र मृतकका परिवारले निषेधाज्ञाका बेला दाहसंस्कारका लागि आवश्यक सरसामान किन्न समस्या भइरहेका बेला सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालको ध्यानाकर्षण गराएपछि ती समस्या समाधान भएको पाइयो’, उनले भने, ‘हामीले संसदीय निगरानी बढाएपछि स्वास्थ्य कार्यालय र अस्पतालहरुको लापरबाही धेरै हदसम्म कम भयो।’ 

विधायिकी काम

प्रदेशसभामा टेबुल भएका विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने गरिन्छ। सामाजिक समितिले कर्णाली प्रदेश सहकारी विधेयक २०७५, प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा खेलकूदको विकास गर्न बनेको विधेयक २०७५, कर्णाली प्रदेश स्वयंसेवक परिचालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र खाद्य सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक, २०७५ पारित गरिसकेको छ। यी विधेयकहरुमाथि समिति बैठकमा दफावार छलफल हुनुका साथै सरोकारवालाको राय सुझाव सङ्कलनका लागि समुदायस्तरमा पठाउने गरिएको छ। समितिले हालसम्म ९१ वटा बैठक बसेर विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण, खबरदारी गर्नुका साथै आवश्यक निर्देशन दिएको जनाएको छ।
अर्को समाचार
कर्णाली प्रदेश: बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति
३० साउन २०७८
•
३ मिनेट पाठ
कर्णाली प्रदेश: बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति
‘लघु संसद्’ भनिने संसदीय समितिको मुख्य काम विधायिकीय र संसदीय निगरानी गर्नु हो। संसदीय समितिले सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न आवश्यक निर्देशन दिन्छन्। ती निर्देशन पालना गर्नु सरकारका लागि बाध्यकारी हुन्छ तर सबै समितिले कार्य क्षेत्रबाहेक बाह्य पहुँच र खुलापन बढाउन त्यति चासो दिँदैनन्। कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले भने नियमित कार्यक्षेत्रअन्तर्गतका कामका अतिरिक्त बाह्य पहुँच र खुलापनतर्फ आफ्नो सक्रियता बढाउँदै आएको छ।

समितिले सामाजिक कुप्रथा र कुरीतिसँग सम्बन्धित समस्या, सरोकारवालाको सुझाव सङ्कलन गरेर सरकारलाई निर्देशन दिँदै आएको छ। ‘छाउपडी, छुवाछूत तथा जातीय विभेद, बालविवाहजस्ता विद्यमान सामाजिक सवालको स्थलगत अध्ययन गरी सरकारलाई नीति निर्माणका लागि सुझाव दिएका छौं’, समिति अध्यक्ष देवी ओलीले भने, ‘बाह्य पहुँच नबढाउने हो भने कुनै पनि सवालको गहिराइमा पुगेर निष्कर्ष निकाल्न सकिँदैन, त्यही भएर हामीले बाह्य पहुँच र खुलापन बढाउनतर्फ जोड दिएका छौं।’ उनले आफ्नो नेतृत्वको समितिले गत आर्थिक वर्ष महिला सांसद, मिडिया र पत्रकारबारेको बुझाइ, सञ्चार एवं मिडिया व्यवस्थापनलगायतका विषयमा भौतिक र भर्चुअल माध्यमबाट गरेको अन्तक्र्रियाले बाह्य पहुँच र खुलापन बढाउन मद्दत पुगेको धारणा व्यक्त गरे।

सामाजिक विकास समितिको कार्यक्षेत्रमा सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम रोजगार, महिला तथा बालबालिका र मानव अधिकारका विषय पर्दछन्। समिति अध्यक्ष ओलीले यी विषयबाहेक प्रत्यक्ष जनतासँग जोडिएका समस्यामाथि सार्वजनिक चासो र प्रदेश सरकारका निकायलाई आवश्यक खबरदारी गर्ने गरेको बताए। वादी समुदायको समस्याका बारेमा सो समुदायको बढी बसोबास भएको दैलेखको दुल्लू नगरपालिकामै पुगेर समितिले २०७७ साल चैतमा अन्तक्र्रिया ग¥यो। समितिकै दबाब र वादी समुदायको आन्दोलनका कारण प्रदेश सरकारले चालु आर्थिक वर्षमा उक्त समुदायसँग भएको लिखित सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। लोपोन्मुख राउटे समुदाय, लैङ्गिक हिंसापीडित व्यक्ति, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारबाट पीडित परिवारको न्याय र मानव अधिकारका लागि समितिले पटक–पटक प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।  

कोभिड १९ रोकथामको अनुगमन

समितिले आफ्नो कार्यक्षेत्रभित्र भने कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकार र मातहतका निकायले सम्पादन गरेका कामको अनुगमन गरी आवश्यक निर्देशनसमेत दियो। जिल्ला–जिल्लामा पुगेर अस्पतालको निरीक्षण गरी समितिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीका समस्या र उपकरणको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको छ।

समितिका सदस्य पद्मा खड्काले आफूहरुको अनुगमनले अधिकांश जिल्लामा अक्सिजन प्लान्टमा हुन लागेको ठूलो अनियमितता रोकिएको दाबी गरे। ‘कोभिड–१९ का कारण मृत्यु भएकाको शव व्यवस्थापनमा भइरहेको ढिलाइ र मृतकका परिवारले निषेधाज्ञाका बेला दाहसंस्कारका लागि आवश्यक सरसामान किन्न समस्या भइरहेका बेला सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालको ध्यानाकर्षण गराएपछि ती समस्या समाधान भएको पाइयो’, उनले भने, ‘हामीले संसदीय निगरानी बढाएपछि स्वास्थ्य कार्यालय र अस्पतालहरुको लापरबाही धेरै हदसम्म कम भयो।’ 

विधायिकी काम

प्रदेशसभामा टेबुल भएका विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने गरिन्छ। सामाजिक समितिले कर्णाली प्रदेश सहकारी विधेयक २०७५, प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा खेलकूदको विकास गर्न बनेको विधेयक २०७५, कर्णाली प्रदेश स्वयंसेवक परिचालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र खाद्य सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक, २०७५ पारित गरिसकेको छ। यी विधेयकहरुमाथि समिति बैठकमा दफावार छलफल हुनुका साथै सरोकारवालाको राय सुझाव सङ्कलनका लागि समुदायस्तरमा पठाउने गरिएको छ। समितिले हालसम्म ९१ वटा बैठक बसेर विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण, खबरदारी गर्नुका साथै आवश्यक निर्देशन दिएको जनाएको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस