काठमाडौं – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच अझै सहमति हुन सकेको छैन्। सहमतिको प्रयासका लागि दाहाल सानेपास्थित भट्टराई निवास पुगेका दाहाल समक्ष भट्टराईले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तर गर्न दाहालले संसदीय दलको नेता छाड्नुपर्ने र महरालाई संसदीय दलको नेता बनाउन पनि प्रस्ताव गरेका छन्।
राजनीतिक र सांगठानिक रुपान्तरणको ठोस आधार तय नभएसम्म आफू केन्द्रीय समितिमा नफर्कने पनि भट्टराईले स्पष्ट पारे।
'सांगठानिक राजनीतिक पुर्नसंरचना र रुपान्तरणको ठोस आधार तयार पार्ने बिषयमा छलफल केन्द्रित भएको थियो' दाहाल निकट स्रोतले भन्यो, 'तर, उहाँले केन्द्रीय समितिमा तत्काल नफर्कने बताएपछि थप छलफल गरेर टुंगोमा पुग्ने कुरा भएको छ।' उनका अनुसार तेस्रो चरणमा पुनः दाहाल–भट्टराई छलफल हुनेछ।
सांगठानिक विवाद समाधान गर्न आयोजना गरिएको बिराटनगर सम्मेलनबाट अध्यक्ष दाहालले 'मनोमानी गरेको' आरोप लगाउँदै भट्टराईले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि एमाओवादीभित्र सांगठानिक किचलो थप बढेको छ। भट्टराईलाई मनाएर मात्रै केन्द्रीय समितिमा बैठक बसाउने योजनामा रहेका दाहालले त्यसका लागि अन्तिम प्रयास गरिरहेका छन्। जसका कारण १ गते हुने भनिएको केन्द्रीय समिति बैठक २ गते सारिएको थियो तर आज पनि दाहाल–भट्टराईबीच सहमति हुन नसकेपछि केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ।
केन्द्रीय समिति बैठकका लागि भन्दै सदस्यहरु काठमाडौं आइसकेका छन् ।