काठमाडौं- संविधानसभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको ६९ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ। पहिलो महाधिवेशन गर्ने तयारीमा रहेको राप्रपा नेपालको जेठ ५ गतेभित्र जिल्ला अधिवेशन गर्नु पर्ने कार्यतालिका रहेको छ।सो पार्टीका प्रेस संयोजक मोहन श्रेष्ठले काठमाडौ भक्तपुर नुवाकोट मनाङ हुम्ला र कालीकोट मात्रै जिल्ला अधिकार हुन बाँकी जानकारी दिए।
'भक्तपुरमा आज काठमाडौमा भोली र नुवाकोट मनाङमा पर्सी अधिवेशन हुने मिति तोकिएको छ.' श्रेष्ठले नागरिकन्युजसँग भने, 'बाँकी दुई जिल्लालाई पनि निर्धारित मितिभित्रै अधिवेशन सक्न निर्देशन दिइसकेकिएको छ।' श्रेष्ठका अनुसार धेरै जिल्लाका अध्यक्ष नयाँ व्यक्ति चुनिएका छन्।
जेठ १० गते खुल्लामा मञ्चमा उद्घाटन हुने सम्मेलनमा २२ सय प्रतिनिधि र तीन सय पर्यवेक्षकको सहभागी रहने छन्। श्रेष्ठले अध्यक्ष कमल थापाको शुक्रबार राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए।