काठमाडौं-विराटनगर सम्मेलनबाट टाढिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई पार्टीमा आफ्नो ‘पल्लाभारी' बनाउन नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई आफूतिर तान्ने कसरतमा जुटेका छन्।दुई वर्षअघि पार्टी तोडेर नेकपा–माओवादी गठन गरेका वैद्य संविधानसभा बाहिरका बलियो शक्ति मानिन्छन्। नेता वैद्यलाई आफ्नो पक्षमा पार्नसके पार्टीमा पकड जम्ने आँकलन गर्दै दुवै नेता उनलाई आफूतिर खिच्ने कसरतमा छन्।
दाहालले बिहीबारै वैद्यसँग पार्टी एकता प्रस्ताव गर्दै उनका लागि अध्यक्ष पदसमेत त्याग्न तयार रहेको जनाउ दिएका छन् भने भट्टराईले पनि वैद्यलाई भेटेर गोलमेच सभालगायत उनका मागमा छलफल सुरु गरेका छन्।
अर्कातिर भट्टराईलाई थप बिच्किन नदिन पनि दाहाल चनाखो छन्। बुधबारको वार्ता निरन्तरता दिँदै उनले बिहीबार भट्टराईसँग पटकपटक वार्ता गरेका छन्। पूरै नकारात्मक नरहे पनि दुवै नेताले दाहाललाई शुभसंकेत भने दिएका छैनन्।
वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीद्वारा बिहीबार राजधानीमा आयोजित विचार–विमर्श कार्यक्रममा अतिथि बनेका दाहालले सार्वजनिक मञ्चबाटै पार्टी एकीकरण प्रस्ताव राखेका थिए। एकीकरणका लागि आफू वैद्यलाई नै नेतृत्व हस्तान्तरण गर्न तयार रहेको दाहालले बताएका थिए। वैद्यले भने ‘भावनामा बगेर एकता नहुने' जवाफ फर्काए।
एकीकरण प्रस्ताव अस्वीकार गर्दै उनले दुई पार्टीबीच राजनीतिक, सैद्धान्तिक र रणनीतिक विषयमा अझै दुरी रहेकाले ‘तत्काललाई कार्यगत एकतामात्र हुन सक्ने' जवाफ दिए। पार्टी एकताका लागि आफ्नो दलले अघि सारेका ६ बुँदे आधारमा छलफल गरेर मात्र अघि बढ्न सकिने वैद्यको भनाइ थियो।
दाहालले कार्यक्रममा वैद्यको उच्च प्रशंसासमेत गरेका थिए। ‘२०४६ सालको ऐतिहासिक आन्दोलनअघि कमरेड किरण (वैद्य) ले मलाई पार्टीको महामन्त्री तपाईं हुनुपर्छ भनेर प्रस्तावित गर्नुभयो, म चाहिँ सबै विचारधारात्मक र राजनीतिक कार्यदिशाका आधारमा पार्टी पुनर्निर्माण होस् भन्ने चाहन्छु,' वैद्यलाई अध्यक्ष स्विकार्ने जनाउ दिँदै दाहालले भने, ‘अब नेतृत्व अर्को कमरेड (वैद्य) लाई दिएर भए पनि यो पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउन चाहन्छु।'
आफूलाई सधैं नेतृत्वमा टाँसिरहने नेताका रूपमा मात्र नबुझिदिन दाहालको आग्रह थियो। ‘इतिहासमा जसले (वैद्य) मलाई अगाडि ल्याउन भूमिका खेल्नुभयो, म ती कमरेडलाई नै अगाडि राखेर फेरि कम्युनिस्ट आन्दोलनको सामान्य कार्यकर्ता भएर जान तयार छु,' दाहालले वैद्यलाई फकाउने भावमा भनेका थिए।
‘पार्टी एकता भावनामा बगेर हुँदैन, व्यापक छलफल र तयारी चाहिन्छ। अहिले नै ठ्याक्कै पार्टी एकता भनेर जान सकिँदैन, पार्टी एकताको लक्ष्य लिएर साझा बिन्दु र कार्यक्रम बनाउँदै कार्यगत एकतामा जाऔं,' दाहाललाई वैद्यको जवाफ थियो। आफू ‘प्रायोजित र भावनात्मक एकता' को विपक्षमा रहेको पनि उनले प्रस्ट पारे।
दुवै नेताले एकीकरणका लागि सुरुआत भने भइसकेको बताए। ‘क्रान्तिकारी (माओवादी) ले समयमा बुद्धि नपुर्याउने, आफ्ना गल्ती र कमजोरी पहिल्याएर नयाँ धु्रवीकरणतर्फ जान पहलकदमी नलिने हो भने हेर्दाहेर्दै नेपालको कम्युनिस्ट आन्दोलन नराम्रोसँग धक्का खाने अवस्था छ,' दाहालले एकीकरणको औचित्य प्रस्ट्याउँदै भने।
वैद्यले पनि गोरखाको फुजेल प्रकरण, दैलेखका पत्रकार डेकेन्द्र थापा प्रकरण र बालकृष्ण ढुंगेलजस्ता प्रकरण ब्युँतिने क्रम जारी रहेकाले माओवादी शक्तिमाथि खतरा बढेको औंल्याउँदै दाहालसँग चोचोमोचो मिलाए।
‘यी विषयमा हामीले गम्भीर भएर सोचेनौं भने धेरै कुरा प्राप्त हुँदैन, हामी चोक्टा–चोक्टा भएर सकिन्छौं,' वैद्यले भने, ‘हामीले छाडे पनि हामीलाई वर्गदुश्मनले छाड्नेवाला छैनन्।' सत्यनिरुपण तथा मेलमिलाप आयोगको सट्टा सर्वपक्षीय सभा गरेर द्वन्द्वकालीन मुद्दा समाधान गर्नुपर्ने वैद्यको प्रस्ताव थियो।
भट्टराईले पनि बिहीबार साँझै नेकपा–माओवादी अध्यक्ष वैद्यसँग भेटेरै कार्यगत एकता प्रस्ताव गरेका छन्। दुई नेताबीच कार्यगत एकता गरेर अघि बढ्ने सहमति भएको वैद्यनिकट स्रोतले जनाएको छ।
‘शान्ति प्रक्रिया र जनसरोकारका विषयमा कार्यगत एकता गरेर जान सकिने सहमति दुई नेताबीच भएको छ,' वैद्यनिकट स्रोतले बिहीबारको भेटबारे नागरिकसँग भन्यो।
बुद्धनगरको एक निजी निवासमा भएको द्विपक्षीय भेटमा वैद्यले सर्वपक्षीय गोलमेचसभालगायत आफ्ना मागबारे भट्टराईसँग छलफल गरेका थिए।
दुवै नेताबीच गोलमेच सम्मेलनबारे प्रारम्भिक छलफल भएको र भेटवार्ता जारी राख्ने सहमति भएको स्रोतको दाबी छ।
विराटनगर सम्मेलनबाट दाहालसँग रिसाएर चीन भ्रमणमा गएका भट्टराईले फर्कने क्रममा विमानस्थलमै वैद्यको प्रशंसा गरेका थिए। उनले ‘धोविघाट समीकरण' को औचित्य नसकिएको भन्दै आफू दाहालसँग टाढिनुको अर्थ वैद्यसँग नजिकिनु रहेको संकेत गरेका थिए। धोविघाट समीकरणलाई ‘कम्युनिस्ट आन्दोलनकै पवित्र गठबन्धन' भन्दै भट्टराईले आवश्यकताअनुसार त्यसलाई निरन्तरता दिन सकिने बताएका थिए।
धोविघाट समीकरणलाई एमाओवादीमा ‘भट्टराई–वैद्य गठबन्धनको सूत्रपात गर्ने घटना' का रूपमा लिइन्छ जसले भट्टराई नेतृत्वको एमाओवादी सरकार गठनको आधार तयार पारेको थियो। पार्टीमा दाहालको एकमना चिन्तनलाई त्यसले एकहदमा चिरेको भट्टराई पक्षीय नेताहरूको विश्वास छ। नेकपा–माओवादी गठनको स्रोतसमेत यही घटनालाई मान्ने गरि