सिक्किममा चाम्लिङ पाँचौंपटक मुख्यमन्त्री
०३ जेष्ठ २०७१
•
७ मिनेट पाठ
सिक्किममा चाम्लिङ पाँचौंपटक मुख्यमन्त्री
इलाम- ‘भाग्यले मात्रै हुँदैन कर्म गर्नुपर्छ’ धार्मिकभावका पवन चाम्लिङले एकपल्ट सिक्किममा भनेका थिए, ‘नेताको कर्म जनतामा समर्पित भए दुबैलाई धोका हुँदैन ।’ सर्वधर्म केन्द्र उद्‍घाटन गर्दा ८ वर्षअघि बोलेको कुरा चाम्लिङले व्यवहारमा चरितार्थ गरेका छन्। लोकसभासँगै सम्पन्न ९औं विधानसभा चुनावबाट सिक्किम डेमोक्रेटिक फ्रण्टले बहुमत हासिल गरेपछि त्यसका अध्यक्ष चाम्लिङ सिक्किममा पाँचौंपल्ट मुख्यमन्त्री हुँदैछन्। मुख्यमन्त्रीका रुपमा लगातार २५ वर्ष शासन गर्ने उनी पहिलो नेता हुन्।

चार जिल्लामा फैलिएको सानो हिमाली राज्य सिक्किममा विधानसभाका ३२ सिटमध्ये फ्रण्टले २२ वटामा विजय हासिल गरेको छ। १० सिट पिएस गोले अध्यक्ष रहेको उदाउँदो शक्ति सिक्किम क्रान्तिकारी मोर्चाको पोल्टामा गएको छ। उम्मेदवारी दिएका दुईटै क्षेत्रबाट चाम्लिङले जितेका हुन्। उनलाई जिताउन मरिमेट्ने नाम्ची–सिङ्गीथाङ र याङ्गाङ–राङगाङ क्षेत्रका मतदाता हर्षले रमाएका छन्। दुईटै क्षेत्रबाट उठेका गोलेले भने अप्पर–बुर्तुक क्षेत्रबाट मात्रै जितेका छन्। त्यहाँ उनको पनि चर्चा छ। 
‘सिक्किमका ३ लाख ६९ हजार मतदातामध्ये ८१ प्रतिशतले भोट खसालेको यो चुनावमा चाम्लिङको क्रेज घटेको रहेनछ भन्ने पुष्टि भएको छ,’ गान्तोकको एक दैनिक पत्रिका लेख्छ, ‘विपक्षी शक्ति जागेका बेला फ्रण्टले यत्तिका सिट जित्नुछ र चाम्लिङ पाँचौंपल्ट मुख्यमन्त्री हुनु चानचुने होइन।’ चुनावअघि नै चाम्लिङले ‘भारतमा रेकर्ड राख्छु’ भन्दै मतदाताको घरदैलो चहारेका थिए। त्यसबेला मोर्चाले अवरोध गर्न नखोजेको होइन। तर, चाम्लिङको योगदान बुझेर योपल्ट सघाउने नघटेका हुन्। 
कुनै बेलाको स्वतन्त्र हिमाली मुलुक सिक्किम २६ अप्रिल १९७५ मा भारतमा गाभिएको हो। विलयपछिका चुनावबाट सिक्किम संग्राम परिषदका नरबहादुर भण्डारी तीनपल्ट मुख्यमन्त्री भए। ‘भण्डारीका कर्तुत’को फेहरिस्त नै निकाल्दै सन् १९९४ को चुनावदेखि चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रण्ट सत्तामा आएको हो। भण्डारीलाई हराएर मुख्यमन्त्री बनेका चाम्लिङले त्यसयता कहिल्यै पछि फर्कनु परेन। यसपल्ट गोलेले राम्रै टक्कर दिन खोजे पनि जनमतले त्यो सिद्ध हुन सकेन। 
३२ मध्ये १९ सिट जितेर चाम्लिङले सिक्किमको शासन आफ्नो हातमा लिएका थिए। अघिल्लोपल्ट ३२ मा ३२ नै जितेर रेकर्ड बनाएका उनी यसपल्ट भने २२ मा खुम्चिनुपर्योअ। ‘जनताहरु लामो समय सत्तामा बस्ने एउटै व्यक्तिलाई रुचाउँदैनन्,’ चाम्लिङले चुनावताका भनेका थिए, ‘तर, मैले सत्ताको स्वाद मात्रै चाखेका छैन, काम पनि गरेकाले फेरि रुचाइनेमा विश्वस्त छु।’ २० वर्षे शासनकालमा सिक्किम बदल्न चाम्लिङले निकै योगदान पुर्यााएकै छन्, त्यसैले विश्वास डगमगाएन। 
चाम्लिङमाथि लाग्ने विपक्षीको आरोप भने चानचुने थिएन। कुनै बेला हितैषी रहे पनि फ्रण्टबाट अलग्गिएर मोर्चा खोलेका गोलेले भनेका थिए, ‘सिक्किममा चाम्लिङ सरकार अधिनायकवादी बनेको निकै भयो। डर, धाक र धम्कीका भरमा भोट जितेका नेता जति नातावादमा लिप्त भए। भ्रष्टाचारले जरा गाड्यो। सिक्किमको नाम बेचेर कालो धन आर्जन गर्ने बढे। दर्जनौं मठ मन्दिर, गुम्बा र चर्च बनाउँदैमा जनताको दुःख मासिँदैन। दुई छाक खान नसक्ने परिवार हजारौं छन्। आत्महत्या बढ्दो छ।’ 
‘किरण’ टाइटल राखेर नेपालीभाषामै थुप्रै साहित्यिक कृतिसमेत निकालेका चाम्लिङलाई ‘भ्रष्टाचारी, एकाधिकारवादी र अधिनायकवादी’ आरोप लाग्दै आएको छ। बेलाबेला ‘नेपाली नागरिक’ भनेर पनि आलोचित हुन्छन्। तर, सिक्किमलाई भारतकै ‘नमूना राज्य’ बनाउने उद्घोकषसहित विकासमा जुट्दै आएका चाम्लिङ विपक्षीका आरोपको डटेर सामना गर्दै सिक्किमको शासन सम्हाल्न फेरि तयार भएका हुन्। विपक्षीको आरोप झुठो सावित गर्न चाम्लिङले योपल्ट गर्नुपर्ने कामको सूची लामो छ। 
विकासका नाममा चाम्लिङले पुँजीपति काखी च्याप्दा चुनावताका सिक्किमको सत्ता विद्युत माफिया, दुई नम्बरी व्यापारी र शक्ति केन्द्रका पुजारीको हातमा गएको आरोप थियो। कडा मिजासका चाम्लिङसँग सिक्किमेहरु थुरथुर भइरहँदा विद्रोही स्वभावका गोले उनीविरुद्ध यसरी सडकमा निस्किनुलाई सुरुमा दुस्साहस मानिन्थ्यो। विगतभन्दा चाम्लिङको क्रेज घटे पनि गोलेको पार्टी नयाँ हुँदा फ्रण्टले बहुमत ल्याएको हो। अहिलेका दरिलो प्रतिपक्षी गोलेले चाम्लिङलाई बधाई दिइसकेका छन्। 
‘सिक्किममा परिवर्तन चाहनेहरुले यसपल्ट हामीलाई सघाएका छन्,’ गोलेले बधाई दिँदै भनेका छन्, ‘१० ठाउँमात्रै जित्यौं, हामी प्रतिपक्ष बस्छौं।’ झण्डै साढे ५ लाख जनसंख्या रहेको सिक्किममा पाँचौपल्ट मुख्यमन्त्रीको सपथग्रहण गर्न लागेका चाम्लिङ ६४ वर्षमा हिँड्दैछन्। दार्जिलिङ पारिपट्टिको नाम्ची घर भएका उनी सिक्किमको विकासमा थुप्रैपल्ट केन्द्र सरकारबाट सम्मानित भइसकेका छन्। चाम्लिङले अबको राजनीतिक भविष्य लम्ब्याउने या छोट्याउने, आफ्नै कर्मले छिनोपानो गर्नेछन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस