काठमाडौं- सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदले गरेको सिफारिस कार्यान्वयन रोक्ने पहल लिन एमालेका २८ केन्द्रीय सदस्यले पार्टी अध्यक्ष झलनाथ खनालसँग ज्ञापन गरेका गरेका छन्।पार्टी मुख्यालय बल्खुमा शनिबार बिहान अध्यक्ष खनाललाई भेटेर उनीहरुले लिखित रुपमै सिफारिस कार्यान्वयन रोक्न भूमिकाका लागि आग्रह गरेका हुन्। सिफारिस व्यक्तिमाथि संसदीय छानबिन र आवश्यक अनुसन्धान गरेर मात्रै अनुमोदन गर्न समेत ज्ञापनपत्रमा माग गरिएको छ।
परिषदको सिफारिस संसदीय सुनुवाइ विशेष समितिमा छलफलका क्रममा छ।
परिषदले अयोग्य र विवादितलाई सिफारिस गरेको भन्दै समितिले सिफारिसमा सुनुवाइ गर्नुअघि सिफारिसकर्तालाई नै बोलाएर बु‰न चाहेको थियो। सर्वाेच्चले यससम्बन्धी रिटमा शुक्रबारै अन्तरिम आदेश दिँदै परिषद सदस्यलाई न्यायपरिषद नजान भनिसकेको छ।
संसदीय समितिले सुनुवाइका लागि पठाइएको ३५ दिनभित्र नाम अनुमोदन नगरे स्वतः नियुक्ति प्रक्रिया अघि बढ्ने संवैधानिक प्रावधान छ।
न्यायाधीश नियुक्ति प्रकरणलाई ‘गम्भीरपूर्वक' लिन माग गर्दै एमाले केन्द्रीय सदस्यहरुले छानबिनमा दोषी देखिएका न्यायपरिषद सदस्यमाथि समेत कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।
‘काठमाडौंमा उपलब्ध २८ केन्द्रीय सदस्यको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छौं,' केन्द्रीय सदस्य विजय पौडेलले नागरिकसँग भने, ‘उपत्यकाबाहिर रहेका ८० बढी केन्द्रीय सदस्यले यसमा समर्थन जनाउनुभएको छ।'
उनका अनुसार अन्य विषयमा तीन गुटमा बाँडिने एमाले नेताहरुले यस मुद्दामा मतैक्य देखाएका छन्। हस्ताक्षर गर्नेमा अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली तीनै नेता निकट केन्द्रीय सदस्य छन्।
अध्यक्ष खनाललाई रघुजी पन्त, प्रदीप ज्ञवाली र विजय पौडेलसहितका नेताले शनिबार बिहान केन्द्रीय कार्यालयमा भेटेर ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्र दिने केन्द्रीय नेतामा कृष्णगोपाल श्रेष्ठ, सानुकुमार श्रेष्ठ, विजयकुमार पौडेल, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, जगन्नाथ खतिवडा, योगेश भट्टराई, घनश्याम भुसाल र तुलबहादुर गुरुङ छन्।
श्रीमाया थकाली, चुडामणि जंगली, सुशीला नेपाल, अच्यूत मैनाली, ठाकुर गैरे, भानुभक्त जैसी, ममता गिरी, वैजनाथ चौधरी, श्रीप्रसाद साह, प्रकाश ज्वाला, कल्पना चापागार्इं, वेदुराम भुसाल, दलबहादुर सुनार, कमला सुवेदी, टुकराज सिग्देल, जितु गौतम, रघुजी पन्त, भीम रावल पनि परिषद सिफारिस कार्यान्यवन गर्न नहुने पक्षमा छन्।
अध्यक्ष खनालले विवादास्पद व्यक्तिलाई सर्वोच्च अदालत पुग्न नदिने पार्टीको धारणा परिवर्तन नभएको जनाउ दिँदै माग पूरा गर्ने आश्वासन दिएका छन्।
‘विवादास्पद व्यक्तिलाई सर्वोच्च अदालतमा न्यायाधीश बनाउन नहुने एमालेको पहिल्यै निर्णय हो, त्यसैले यसलाई रोक्ने अधिकतम प्रयास हुन्छ,' खनाललाई उद्धृत गर्दै नेता पौडेलले भने, ‘यस विषयमा आगामी स्थायी कमिटी बैठकमा पनि छलफल हुन्छ।' स्थायी कमिटी बैठक आइतबार डाकिएको छ।
यसअघि स्थायी कमिटीमा उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेलले न्यायपरिषदबाट सिफारिस व्यक्तिलाई स्वीकृत गर्नुपर्ने धारणा राखेका थिए। अध्यक्ष खनाल चीन भ्रमणमा रहेको समयमा भएको उक्त बैठकको अध्यक्षता गौतमले गरेका थिए। अध्यक्ष खनालले भने न्यायाधीश सिफारिस स्वीकृत गर्ने धारणा पार्टीको आधारिक नभई व्यक्तिगत भएको जानकारी गराएका थिए।
सत्तारुढ नेपाली कांग्रेस भने न्यायपरिषदको सिफारिसलाई अनुमोदन गर्ने पक्षमा छ। प्रधानमन्त्री सुशील कोइरालाले यसबारे साना दलसँग छलफल सुरु गरेका छन्। एमाले सभासदले संसदीय सुनुवाइका क्रममा न्यायपरिषद सिफारिसको विरोध गर्दै आएका छन्।
खनाललाई बुझाइएको ज्ञापनपत्रमा हस्ताक्षर गर्ने नेताहरुले संसदीय सुनवाइमा एमालेका सभासदहरुको भूमिका अझै प्रभावकारी निर्देशन दिन अध्यक्षसँग माग गरेका छन्।
‘संसदीय सुनुवाइअन्तर्गत यस प्रकरणमा संलग्न दोषीमाथि कारबाही र न्यायपरिषदको गलत निर्णय सच्याई स्वतन्त्र न्यायपालिका रक्षा गर्न संसदीय सुनुवाइ समितिमा रहेका पार्टीका माननीय सदस्यहरुलाई प्रभावकारी भूमिका खेल्नका लागि निर्देशन दिइयोस्,' ज्ञापनपत्रमा भनिएको छ।
हस्ताक्षरकर्ताहरुले हाल प्रक्रियामा रहेको न्यायाधीश नियुक्ति सिफारिसउपर संसदीय सुनुवाइलाई थप प्रभावकारी बनाई अन्य दलका सभासदलाई समेत यस प्रक्रियामा सहमत गराउनु जरुरी रहेकामा जोड दिएका छन्।
‘संविधान र कानुनले न्यायाधीशका लागि निर्धारण गरेको योग्यता र क्षमताको अभाव भएका, सर्वोच्च अदालतले नै कारबाहीका लागि निर्देशन दिएका, न्यायिक तथा सार्वजनिक क्षेत्रमा न्यायिक शुद्धता र सक्षमता कायम गर्न नसकेका व्यक्तिहरुको नामसमेत समावेश भएको भन्ने चौतर्फी आलोचना, उजुरी र प्रतिक्रिया आइरहेका छन्,' ज्ञापनपत्रमा भनिएको छ।
न्यायपरिषदले सर्वोच्चको स्थायी न्यायाधीशका लागि वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिससहित संसदीय समितिमा सुनुवाइका लागि पठाएको थियो।
यसैबीच, एमालेका जनवर्गीय संगठन, पेसागत महासंघका तर्फबाट पनि विवादास्पद व्यक्तिलाई न्यायाधीश बनाउनबाट रोक्न माग गर्दै पहलका लागि आग्रह गर्दै अध्यक्ष खनाललाई ज्ञापनपत्र बुझाइएको छ। पेसागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल नेतृत्वको टोलीले शनिबार पार्टी कार्यालय पुगेर अध्यक्ष खनाललाई ज्ञापनपत्र बुझाएको हो।
यहीबीच, संसदीय सुनुवाइ समितिमा रहेका एमाले सभासदहरुको शुक्रबार भएको भेलाले समितिमा एकमत भएर प्रस्तुत हुने निर्णय गरेको छ। समितिमा एमाले सभासदहरु भानुभक्त aढकाल, मञ्जु चौधरी, विद्या भण्डारी, राजेन्द्र पाण्डे, गणेशमान गुरुङ, रविन्द्र अधिकारी, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामकुमार भट्टराईलगायत छन्।