लुम्बिनी प्रदेश : नयाँ सरकारका लागि पेचिलो मुद्दा 'स्थायी राजधानी'
३२ साउन २०७८
•
६ मिनेट पाठ
लुम्बिनी प्रदेश : नयाँ सरकारका लागि पेचिलो मुद्दा 'स्थायी राजधानी'
गत असोज २० मा बसेको तत्कालीन ५ नम्बर प्रदेशको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगायो। देउखुरी भालुबाङ क्षेत्रलाई स्थायी राजधानी र प्रदेशको नाम लुम्बिनी तय गरेको प्रदेश सभाको बहुमतको त्यो निर्णयको ‘जस’ तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले एकलौटी लिन खोजे।  




त्यो बेला उनकै एकल ‘रिस्क’ मा स्थायी राधजानी दाङ आएको प्रचार भयो। त्यसोत, पोख्रेल स्वयंले पनि अहिले उक्त निर्णयको जस उकलौटी आफूलेनै लिन खोजिरहेकै छन्। मुख्यमन्त्रीबाट बहिर्गमन भैसकेपछि पहिलो पटक गत शनिबार दाङ आएका निवर्तमान मुख्यमन्त्री पोख्रेलले स्थायी राजधानी निर्णयको ‘हर्ताकर्ता’ आफू एक्लो रहेको भनेर सार्वजनिक रुपमै बोले।  

‘प्राबिधिक कारणले मुख्यमन्त्री पद गुम्यो,’ शनिबार घोराहीमा सहिद नेत्रलाल अभागीको शालिक अनावरण गर्दै उनले भने, ‘तर संस्थापक मुख्यमन्त्रीको हिसाबमा मैले गरेको स्थायी राजधानीको फाउण्डेशन कसैले खोसेर खोस्न सक्नेवाला छैन।’  

त्यासोत, पोख्रेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बुटवलमै सञ्चारकर्मीहरुसंग पनि प्रदेशको नमुना स्थायी राजधानी निर्माणको सपना पूरा नभएको भनेर प्रतिक्रिया दिएका थिए। स्थायी राजधानी घोषणा गरेपनि स्थायी थलोमा नमुना राजधानी बनाउन नपाएको भन्दै दुखेसो पोखेका पोख्रेलले स्थायी राजधानी घोषणा र कार्यान्वयनको कामलाई आफ्नो एकल उपलब्धी देखाउन खोजेका हुन् भन्नेमा शंका गर्ने ठाउँ छैन।  

स्थायी राजधानी घोषणाको एकल जस लिन खोजिरहेका शंकर र उनको दल एमाले अहिले प्रतिपक्षको हैसियतमा छन्। फलतः राजधानी घोषणालाई नै आफ्नो ठूलो एकल उपलब्धि देखाउन खोजिरहेको एमालेले स्थायी थलोमा राजधानी स्थानान्तरणको बिषयलाई प्रतिपक्षीको नजरबाट हेरिरहेको छ।  

फलतः केही दिन अघि मात्रै सत्तामा पुगेको चार दलीय गठबन्धनलाई स्थायी राजधानी कार्यान्वयनको बिषय सबैभन्दा पेचिलो बनेको छ। वर्तमान सत्ता गठबन्धन अँझ त्यो पनि गठबन्धनका दुई ठूला दल माओवादी र कांग्रेसका लागि स्थायी राजधानी कार्यान्वयनको बिषय अधिक चुनौती बनेर खडा भएको छ। स्थायी राजधानी स्थानान्तरण हुन नसके स्वाभाविकै रुपमा स्थायी राजधानी घोषणाको हकदार एमाले एकल रुपमै रहने छ। अनि सत्तामा रहेका कांग्रेस एमाले भने स्थायी राजधानी कार्यान्वयन गर्न नसकेका दलहरु भनेर मतदाता समक्ष असफल सावित हुने छन्।  

‘स्वाभाविकै रुपमा स्थायी राजधानी घोषणा कुनै एक ब्यक्ति वा कुनै एक दलको बलबुताले घोषणा भएको हैन, तथापी एमाले र तत्कालीन मुख्यमन्त्रीले यसको जस एकलौटी रुपमा लिन खोजिरहनु भएको छ,’ माओवादी केन्द्रका प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने, ‘तर अहिलेको सरकारलाई स्थायी राजधानी कार्यान्वयको  मुद्दा निकै चुनौती बनेर उभिएको छ, यसलाई कार्यान्वयन गर्न नसकेको खण्डमा सत्तापक्षीय दलहरु मतदाताको नजरमा असफल हुनेछन् भने राजधानीका सवालमा एमाले र शंकर जिको एकल योगदान भनेर आम नागरिकमा अर्को प्रभाव पर्न जान्छ नै।’

स्थायी थलोमा राजधानी ब्यवस्थापनका लागि प्रदेश सरकारले गठन गरेको प्रदेश पूर्वाधार बिकास प्राधिकरणले काम गरिरहेको छ। राजधानीको डिपिआर निर्माणसंगै अहिले प्रदेशसभाको भवन निर्माणको काम भैरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँका अनुसार आगमी दशैँ अगावै प्रदेशसभा सभा भवन सम्पन्न गर्ने गरि निर्माणको काम भैरहेको छ। ‘आगमी दशैँ अगाडी नै प्रदेशसभाको भवन निर्माणको काम पूरा हुने गरि काम भैरहेको छ,’ उनले भने, ‘तर बर्षाले काममा सोचे अनुसारको प्रगति हुन सकिरहेको छैन।’

स्थायी राजधानी निर्माणका लागि संघीय सरकारको बजेटले प्रभाव पार्छ नै। फलतः संघीय सरकारले बजेट विनियोजनमा चासो नदेखाए स्थायी राजधानी स्थानान्तरणको काम स्वतः प्रभावित हुने माओवादी केन्द्रका सांसद चौधरी बताउँछन्। ‘संघीय सरकारले बजेट दिएन भने स्थायी राजधानी कार्यान्वयनको बिषयलाई धेरै ठूलो प्रभाव पार्छ’, सांसद चौधरीले भने, ‘फलतः प्रदेशको स्थायी राजधानी निर्माणको बिषय संघीय सरकारको ईच्छा शक्तिमा पनि निर्भर रहन्छ।’ तर संघीय सरकार पनि कांग्रेस माओबादी लगाएत गठबन्धनकै रहेकाले संघीय सरकारबाट बजेट पास गराउन समस्या नहुनेमा प्रदेश सत्तापक्षीय दलहरु ढुक्क जस्तै छन्।  

वर्तमान प्रदेश सरकारलाई स्थायी राजधानी कार्यान्वयनका लागि कर्मचारी तन्त्र अर्को चुनौती बन्न सक्ने खतरा देखिन्छ। प्रदेशका हरेक निकायमा अघिल्लो सरकार अर्थात एमाले नेतृत्वको सरकारले नियुक्त गरेका कर्मचारीहरु मात्रै छन्। फलतः एमालेको सत्ता बहिर्गमनसंगै ति कर्मचारीहरुले वर्तमान सरकारलाई कसरी सघाउलान्? भन्ने बिषय राजधानी कार्यान्वयन संग जोडिन्छ । ‘हरेक निकायमा अघिल्लो सरकारले नियुक्त गरेका कर्मचारीहरु मात्रै छन्, एमाले सत्ता बहिर्गमन पछि उनिहरु राजधानी कार्यान्वयनको काममा वर्तमान सरकारलाई कसरी सघाउँछन् भन्नेमा राजधानी कार्यान्वयनको बिषय जोडिन्छ,’ अर्का एक प्रदेशसभा सदस्यले भने, ‘फलतः कर्मचारीहरुको असहयोग भएको खण्डमा राजधानी स्थान्तरणको काम चुनौती बन्न सक्छ।’

स्थायी राजधानी घोषणाका क्रममा देखिएको भेगीय मतान्तर राजधानी कार्यान्वयनको अर्को चुनौतीको बिषय हो। स्थायी राजधानी घोषाणा भैसकेको अवस्थामा सबै मन्त्रीहरु बिद्यमान भेगीय मतान्तरका कारण स्थायी राजधानीमै आएर कार्यसम्पादन गर्ने वातावरण बन्नेमा आशंका उब्जिएकै छ। भलै अहिले गरिबी निवारण तथा शहरी बिकास मन्त्रालय भने स्थायी राजधानीमा आईसकेको छ। गरिबी निवारण तथा शहरी बिकास मन्त्री अहिले दाङकै डिल्ली चौधरी छन्। ‘तर दाङ बाहेक ‘रुपन्देही पायक देख्ने’ अन्य मन्त्रीहरु स्थायी राजधानीमा आउन ईच्छुक नभए स्थायी राजधानी कार्यान्वयनको बिषयमा अप्ठेरो पर्ने छ,’ एक सांसदले भने ‘यसो भए यसको फाईदा एमालेलाई पुग्ने छ।’

यससंगै प्रदेश राजधानीका लागि उपभोग गर्ने भनिएको राप्ती प्राबिधिक शिक्षालयको स्थान्तरण समस्या पनि अर्को चुनौती बनेको छ। संघीय सरकार मातहतको उक्त शिक्षालयको भौतिक संरचना उपभोगका लागि प्रदेश सरकारलाई संघीय सरकारले दिएको भएपनि प्राविधिक शिक्षालयको उचित स्थानान्तरणको बिषय पेचिलो छ। शिक्षलयलाई राप्ती पारीको सरस्वती माविमा स्थानान्तरण गर्ने सरकारको तयारी हो।  

तर उक्त विद्यालयको स्वामित्व प्राविधिक शिक्षालयमा नआए सम्म शिक्षालयको स्थानान्तरणको काम असम्भव छ। शिक्षालयका प्रमुख मोतिलाल चौधरीका अनुसार सिटिईभिटिले उक्त विद्यालयको भौतिक सम्पत्तिको स्वामित्व शिक्षालयमा नआए स्थानान्तरण नगर्ने भनेको छ।  

‘राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गरेर शिक्षालयको भौतिक संरचना राजधानीका लागि प्रयोग गर्ने भन्ने निर्णय हो, तर प्राविधिक शिक्षालयलाई कहाँ स्थानान्तरण गर्ने?’ चौधरीले भने, ‘स्थानान्तरण गर्ने भनिएको सरस्वती माविको सम्पत्ति शिक्षालयको स्वामित्वमा आउनु पर्यो, नत्र के का आधारमा प्राविधिक शिक्षालयलाई स्थानान्तरण गर्ने?, सिटिईभिटिले मान्ने  कुरा पनि हुँदैन।’ उनका अनुसार उत्त विद्यालयको सम्पत्तिको स्वामित्व प्रदान गर्ने अधिकार संघीय सरकारसंगै छ। ‘प्रदेश र स्थानीय सरकारले चाहेर उक्त बिद्यालयको समपत्ति शिक्षालयको स्वामित्वमा आउने कुरा भएन,’ चौधरीले भने, ‘यसको निर्णय गर्ने भनेको संघीय सरकारले हो, संघीय सरकारले यो बिषयमा के गरिरहेको छ, हामीहरुलाई एकिन जानकारी हुने कुरा पनि भएन।’

हाल स्थायी राजधानीमा आएको गरिबी निवारण तथा शहरी बिकास मन्त्रालय शिक्षलयकै हाताभित्र शिक्षालयकै भवनमा छ। यसैगरि राजधानी ब्यवस्थापन कार्यालय पनि शिक्षालय भित्रै छ। तर शिक्षालयमा पठनपाठन पनि भैरहेको छ। थप कक्षामा विद्यार्थी भर्नाको प्रकृया पनि शिक्षालयले थालेको छ।  

‘स्थानान्तरण नहुँदा हामीहरुले एक हजार बढी विद्यार्थीहरुलाई कहाँ लगेर पढाउने? शिक्षालयमै पढाउनुको अर्को बिकल्पै छैन,’ चौधरीले भने, ‘तर यहिँ शिक्षलयको हाताभित्रै मन्त्रालय पनि छ, केही डिष्टर्व पठनपाठनमा भएकै छ, फलतः हामीहरुले चाँडो शिक्षालयको स्थानान्तरणको प्रकृया टुंग्याईयोस् भन्नेमा छौँ।’ उनले स्थानान्तरण हुने भनिएको सरस्वती माविमा चाहिने आवश्यक संरचनाबारे प्रदेश सरकारलाई जानकारी गराएको छ। ति संरचना निर्माणका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको सुन्नमा आएको पनि चौधरीले बताए। 
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
४० मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस