झापा- संविधानसभाको दोस्रो चुनावलगत्तै एकता प्रयासमा जुटेका लिम्बुवानजन्य दलहरूबीचको एकता प्रयास कसलाई नेता मान्ने भन्ने विवादले अलपत्र परेको छ । पटक–पटकको फुटले सांगठनिक जीवनमा ठूलो क्षति बेहोरेका उनीहरूलाई कमजोर चुनावी परिणामले पनि एकताका लागि घच्घच्याएको थियो । तर, विभिन्न चरणमा भएका छलफलमा मुख्य रूपमा नेतृत्व विवाद चुलिएपछि एकता प्रयास अलपत्र परेको छ । अरुण पूर्वका नौ जिल्लामा बाक्लै गतिविधि सञ्चालन गरेर स्थापित भएका लिम्बुवान पक्षधर विभिन्न दलको चहलपहल धेरै पटकको विभाजनकै कारण संविधानसभाको दोस्रो चुनावलगत्तै सुस्ताएको छ ।
संविधानसभा चुनावपछि एकताका लागि सबैभन्दा गम्भीर छलफल कुमार लिङ्देनको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र सञ्जुहाङ पालुङ्वा अध्यक्ष रहेको संघीय लिम्बुवान राज्य परिषदबीच भएको थियो । तर, सैद्धान्तिक मतभेद नभएका उनीहरू नेतृत्व विवादकै कारण एकाकार हुन भने सकेनन् । ‘एकतामा प्राविधिक (नेतृत्व) को कुरा पनि मुख्य नै हुन्छ,’ लिङ्देनले घुमाउरो रूपमा स्वीकार गरे, ‘यसलाई अन्यथा मान्नु हुँदैन । तर, हाम्रो प्रयास जारी छ ।’
ऐतिहासिक पृष्ठभूमिका आधारमा ‘लिम्बुवान राज्य’ माग गर्ने क्रममा पछिल्लो आधा दशकमा ठूलै हलचल मच्चाएका उनीहरूको यो लामो मौनतालाई लिम्बूवानइतरका सबैले उनीहरू कमजोर बनेको टिप्पणी गरिरहेका छन् । संविधानसभाको चुनावी परिणामले पनि उनीहरू हतोत्साही बनेको दलिल उनीहरुको छ । ‘लिम्बुवानमात्रै होइन चुनावमा जातीय मुद्दाको एकल कुरालाई जनताले मत मार्फत अस्वीकार गरिदिए,’ कांग्रेस झापाका सभापति उद्धव थापा भन्छन्, ‘यसले त्यस्ता संगठन र व्यक्तिहरूको शक्ति कमजोर पारिदिएको छ ।’
राजनीतिक मुद्दाका आधारभन्दा व्यक्तिगत टकरावका कारण आधा दर्जनभन्दा बढी टुक्रामा विभक्त बनेका उनीहरूको एकता प्रयास नाम मात्रैको भइरहेको छ । ‘कुरा सबैसित चलिरहेको छ, तर कुनै प्रगति भएको छैन,’ लिङ्देनको यही अभिव्यक्तिले पनि एकता प्रयास ज्यादै सुस्त र उत्साहजनक नभएको देखाउँछ ।
कुनैबेला एकीकृत आन्दोलनका सहयात्री रहेका लिम्बुवानका नेताहरूको अहिले लगभग व्यक्तिपिच्छेजसो पार्टी छ । यसले उनीहरूलाई विभाजित त पारेको छ नै, एउटै मुद्दा बोकेर हिँडेकाहरू चारतिर फर्केको सन्देश प्रवाहित हुँदा ती दलले सबैभन्दा बढी भर गर्ने नागरिक पंक्तिकै विश्वास आर्जन गर्न पनि उनीहरूलाई हम्मे परिरहेको छ । ‘लिम्बुवानवादी दलहरूमा राजनीतिक परिपक्वता पटक्कै देखिएन,’ मेची बहुमुखी क्याम्पस भद्रपुरका राजनीतिशास्त्रका सहप्राध्यापक भीम सुब्बा भन्छन्, ‘कुनै पनि दल कति प्रभावी हुन्छ भन्ने कुरा उनीहरूको क्षमता र शक्तिमा भर पर्छ । उनीहरूले त्यो दुवै कुरा प्रदर्शन गर्न सकेनन् ।’
लिम्बुवान आन्दोलनलाई नजिकैबाट नियालिरहेका सुब्बाका अनुसार विभिन्न कारणले विभाजित बनेका ती दलले ‘आफूसँग छ भनेको शक्ति र क्षमता’ एकीकृत रूपमा अभिव्यक्त गर्न सकेनन् ।
पालुङ्वाले नेतृत्व गरेको परिषद, वीर नेम्वाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा र उनकै दलबाट फुटेर बनेको रामभक्त कुरुम्बाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा लोकतान्त्रिक यसपालिको संविधानसभा चुनावमा सहभागी भए । कुमार लिङ्देन, मिसेकहाङ थाम्सुहाङ, कमल छाराहाङलगायतले अगुवाइ गरेका दलहरू बहिष्कारको कित्तामा उभिए ।
यसरी चारतिर छरिँदा ‘लिम्बुवान प्राीप्त’ को आन्दोलनलाई क्षति पुगेको सबै दलहरूको पछिल्लो दस्तावेजमा उल्लेख छ । त्यही कमजोरी सच्याउने प्रयास भन्दै चिनिएका आधा दर्जन दलले एकताका लागि आ–आफ्नो वार्ता टोली पनि बनाएका छन् । तर, विगतमा व्यक्तिगत टकरावले अलग बनेकाहरूबीचको एकता प्रयास फलामको चिउरासरह बन्न पुगेको छ । एकता प्रयासका लागि मञ्चसम्बद्ध परिषदले खगेन्द्र माखिमको नेतृत्वमा वार्ता टोली बनाएको थियो । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन ।
पञ्चायतकालमै वीर नेम्वाङले उठाएको अलग्गै लिम्बुवान राज्यको माग २०६२–६३ को आन्दोलनपछि मात्रै मुक्खर भयो । जातीय तथा ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य हुनुपर्ने भन्दै उठेको पछिल्लो आन्दोलनको नेतृत्वमा नेम्वाङ थिएनन्, सञ्जुहाङ पालुङ्वा, कुमार लिङ्देनलगायतका ‘नयाँ नेता’ यसको मुख्य अभियन्ता थिए । केही समय सँगै बसेर संगठन विस्तार गरेका उनीहरू जब विभाजित भए, त्यसपछि अरु संगठन पनि थपिँदै गए ।