काठमाडौं- पूर्व प्रधानमन्त्री तथा एमाओवादीका नेता बाबुराम भट्टराईले भारतीय नेता नरेन्द्र मोदीलाई विजयीका लागि बधाइ दिएका छन् । आइतबार राति फोन गरी पूर्व प्रधामन्त्री भट्टराईले भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार रहेका मोदीलाई शुभकामना दिएका हुन्।‘तपाईँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु, तपाईँको नेतृत्वमा नेपाल भारतको सम्बन्ध अझ समृद्ध हुँदै जाओस् भन्ने चाहन्छु’ भट्टराईले शुभकामना दिँदै मोदीलाई भने, ‘तपाईँको विकासको एजेन्डाबाट छिमेकी र नेपाल पनि लाभान्वित हुन सकोस भन्ने चाहान्छु।’ भारतीय लोकसभा चुनावमा भाजपाले स्पष्ट बहुमत ल्याएको छ।
भट्टराईको शुभकामना ग्रहण गर्दै मोदीले सहयोग र सदभावका लागि भट्टराईसहित नेपालीलाई धन्यवाद र आभार प्रकट गरेका छन्। ‘दुई देशको सम्बन्धलाई अझै समुधुर बनाउन मेरो जोड रहनेछ’ मोदीलाई उद्यृत गर्दै भट्टराईको मुख्य सहयोगी विश्वदिप पाण्डेले नागरिकन्युजसँग भने, ‘आर्थिक विकासको विषयमा हामी दुई देश पारस्पिरिक सम्बन्ध अरु विकसित गर्न विशेष ध्यान दिनेछु।’
मोदीले आइतबार राति समाजिक सञ्जाल ट्विटरमा पनि नेपालको सम्बन्धबारे बताएका छन्। उनले नेपालसँग पुरानो र गहिरो सम्बन्ध रहेको बताउँदै नपालसँगको सम्बन्ध सधैं सुदृढ रहने प्रतिबद्धता जनाएका छन्।
उनले नेपालका राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र पूर्व प्रधामन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराईलाई बधाई दिएकोमा धन्यवाद प्रकट गरेका छन्।
मे २१ मा प्रधानमन्त्रीको रुपमा मोदीले सपथ लिने तयारीछ ।