विद्यार्थी विरोधले स्ववियु चुनाव अन्योलमा
०५ जेष्ठ २०७१
•
१३ मिनेट पाठ
विद्यार्थी विरोधले स्ववियु चुनाव अन्योलमा
काठमाडौं-चुनावी हारजितलाई एजेन्डा बनाएर अघि बढेका विद्यार्थी संगठनहरुको विरोधले घोषणा भइसकेको स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालय प्रशासनलाई हम्मेहम्मे परेको छ।चुनाव चाहने पक्ष आन्तरिक प्रचारप्रसार र उम्मेदवार छनोट समिति गठनमा जुटेको छ भने नचाहने पक्ष त्रिविको निर्वाचन तालिका जलाइरहेको छ र निर्वाचन समितिमा बस्ने व्यक्तिलाई भौतिक कारबाही गर्ने चेतावनी दिइरहेको छ। 
त्रिवि प्रशासन भने सबै संगठनहरुस“ग छलफल गरेर चुनाव मिति र कार्यतालिका घोषणा गरेको बताउ“छ। राज्य शक्ति प्रयोग गरेर भए पनि चुनाव गराउने पक्षमा प्रशासन छ। कांग्रेस र एमाले निकट विद्यार्थी संगठनबाहेकका १९ संगठनले जेठ १८ गतेका लागि घोषणा गरिएको स्ववियु चुनाव सार्न दबाब दिएपछि प्रशासन अन्योलमा छ। 
चुनावमा आफूहरुको हार हुने डरले क्रान्तिकारी विद्यार्थी संगठनहरु चुनाव सार्ने दाउमा लागेको आरोप सत्ताधारी दल निकट नेपाल विद्यार्थी संघ(नेविसंघ) र अनेरास्ववियुको छ। विरोधमा उत्रेका संगठनले विद्यार्थी भर्ना खुलाएपछि चुनाव गर्ने रणनीतिमा लागेको उनीहरुको तर्क छ। 
विगत ६ वर्षदेखि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्ववियुको चुनाव नभएका कारण कुनै पनि शैक्षिक गतिविधि अघि नबढेको सत्तानिकट संगठनहरुको भनाइ छ। अनेरास्ववियु र नेविसंघ जसरी पनि चुनाव गराउने पक्षमा छन् भने क्रान्तिकारी लगायतका १९ संगठन विद्यार्थी भर्ना खुला गरेपछि चुनावमा जाने रणनीतिमा छन्। 
‘विद्यार्थीका हकहित र त्रिवि क्याम्पसहरुमा शैक्षिक गुणस्तर कायम गर्न स्ववियु निर्वाचन अपरिहार्य छ। यसपटक जसरी पनि चुनाव हुन्छ,' अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले भने। चुनावी तयारीका लागि सोमबार त्रिविका सबै आंगिक तथा सम्बन्धन प्राप्त कलेजका विद्यार्थीलाई जुट्न निर्देशन दिइएको उनले जानकारी दिए। त्रिविले शुक्रबार नै चुनाव कार्यतालिका र निर्वाचन निर्देशिका २०७१ जारी गरिसकेको छ। 
मल्लका अनुसार अनेरास्ववियुले मंगलबारदेखि उम्मेदवार छनोट समिति गठनको तयारी गरेको छ। उसले क्याम्पसहरुमा आन्तरिक प्रचार अभियानसमेत तीव्र पारिसकेको छ। 
‘दुवै क्रान्तिकारी विद्यार्थी संगठनलाई शैक्षिक संस्थाबाट स्थान गुम्ने अवस्था रहेकाले उनीहरु चुनावबाट भाग्न खोजेका हुन्,' अध्यक्ष मल्लले नागरिकसँग भने, ‘२–२ वर्षमा हुने क्याम्पसहरुको स्ववियु चुनाव ६ वर्षसम्म नहुँदा क्याम्पसहरुमा शैक्षिक गतिविधि नै अघि बढ्न सकेको छैन।'
उनले थपे, ‘६ वर्षदेखि स्ववियु पदाधिकारी पढाइ सकेर खाली छन्। भने कोही सोही कलेजमा विद्यार्थी बनेर बसिरहेका छन्।' अनेरास्ववियुले क्याम्पस पढिरहेका विद्यार्थीलाई उम्मेदवारी दिने निति लिएको मल्लले जानकारी दिए। 
कांग्रेस निकट नेविसंघ अध्यक्ष रन्जित कर्णले जेठ १८ मै सबै विद्यार्थीलाई सहमतिमा ल्याएर चुनाव गराउने दाबी गरे। नेविसंघ पनि आन्तरिक प्रचारप्रसारमा जुटिसकेको छ। मंगलबार टिकट वितरण समिति गठन गरिने उनले जनाए।
अध्यक्ष कर्णले नागरिकसँग भने, ‘त्रिभुवन विश्वविद्यालले सबै विद्यार्थी संगठनसँग छलफल गरेरै चुनाव मिति घोषणा गरेकाले सबै विद्यार्थी संगठनले सहजतापूर्वक भाग लिनुपर्छ।' उनका अनुसार क्रान्तिकारी विद्यार्थी संगठनको मुख्य समस्या आन्तरिक विभाजित अवस्था हो। साथै कुनै पनि क्याम्पसमा जित्ने सम्भावना नभएकाले क्रान्तिकारी विद्यार्थी संगठनहरु चुनावबाट भाग्ने नाटक गरिरहेका छन्।
६ वर्षसम्म क्याम्पसहरुमा स्ववियु चुनाव नहुँदा शैक्षिक आन्दोलन कमजोर भएर कलेजहरुमा शैक्षिक गुणस्तर कायम गर्न समेत नसकेको उनको ठहर छ। स्ववियुले शैक्षिक आन्दोलनलाई थप ऊर्जा प्रदान गर्ने भएकाले निर्वाचन अनिवार्य भएको कर्ण बताउँछन्। 
उता, आन्दोलनकारी विद्यार्थी संगठनहरुले त्रिवि, नेविसंघ र अनेरास्ववियु तीन पक्षको मिलेमतोमा एकलौटि ढंगले घोषित गरिएको स्ववियु चुनाव आफूहरुलाई स्विकार्न नहुने धारणा राखेका छन्।
एकीकृत माओवादी निकट क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष हिमाल शर्माले त्रिविले प्रकाशित गरेको कार्यतालिका सोमबार क्याम्पसहरुमा जलाएको बताउ“छन्। उनले निर्वाचन समितिमा बस्ने व्यक्तिलाई भौतिक कारबाही गर्ने चेतावनी पनि दिए। ‘क्रान्तिकारी विद्यार्थी संगठन चुनाव विरोधी होइन। तर त्रिविले एकलौटि ढंगले निर्णय गरेकोले हाम्रो आक्रोश बढेको हो,' उनले भने। 




‘त्रिविले जेठ १४ र १८ गते दुवै चुनावी मिति हामीसँग छलफलनै नगरी तोक्ने र भर्ना पनि बन्द गर्‍यो,' अध्यक्ष शर्माले भने, ‘सत्ताधारी दुई विद्यार्थी संगठनको इसारामा त्रिवि नाचिरहेको छ।' उनका अनुसार त्रिविले क्रान्तिकारी विद्यार्थी संगठनलाई चुनावमा जाने वातावरण तयार नगरेसम्म क्रान्तिकारी विद्यार्थी संगठन यो चुनावमा भाग पनि लिँदैन र चुनाव पनि हुन दिँदैन।' 

वैद्य पक्षधर क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष शरद रसाइलीले आफूहरु चुनाव मितिभन्दा पनि चुनाव प्रणालीमै असहमत रहेको स्पष्ट पारे। सबैको साझा स्ववियु हालको चुनावी प्रक्रियाबाट स्थापना नहुने भएकाले आफूहरु विरोधमा उत्रेको उनले बताए।
रसाइलीले निर्वाचन जित्न साम, दाम दण्डभेद सबै थोक भएर पनि आफूहरु चुनावमा जान तयार रहेको तर त्रिविले सबैलाई समेट्ने चुनाव प्रणाली र मिति तय गर्नुपर्ने उनको माग छ। ‘हाम्रो आपत्ति चुनाव गराउने विधिमै हो,' रसाइलीले भने, ‘त्रिविले प्रणाली नसच्याए हामी निर्वाचनमा भाग लिँदैनौं।'
तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डलले आफूहरु निर्वाचनमा जान तयार भए पनि त्रिविले नेविसंघ, अनेरास्ववियुबाहेक अन्य विद्यार्थी संगठनसँग छलफल नै नगरी एकलौटि ढंगले मिति तय गरेकाले विरोध जनाएको बताए।
त्रिविले एकलौटि रुपले घोषित गरेको मिति खारेज गरी सहमतिमा मिति तय गरे मात्र चुनावमा सहभागी हुने उनको भनाइ छ। ‘त्रिविले जेठ १८ खारेज गरी सहमतिमा नयाँ मिति तोक्नुपर्‍यो,' मण्डलले भने, ‘चुनावमा हारजित सहन हामी तयार छौं।'
त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले त्रिविको काम शान्तिपूर्ण वातावरणमा क्याम्पसहरुमा निर्वाचन सम्पन्न गराउनु रहेकाले सबै विद्यार्थी संगठनकै सहमतिमा चुनाव कार्यतालिका, मिति तथा निर्देशिका जारी गरेको जनाए।
निर्वाचनमा क्रान्तिकारी विद्यार्थी संगठन लगायत अन्यले बखेडा खडा गरी भाँड्ने षड्यन्त्र गरिरहेको उनको ठहर छ। ६ वर्षसम्म निर्वाचन नहुँदा क्याम्पसमा शैक्षिक तथा प्रशासनिक काम प्रभावित बनेको रजिस्ट्रार पौडेलले जनाए। 
उनले क्याम्पसको शैक्षिक गुणस्तर कायम गर्न यस वर्ष निर्वाचन अनिवार्य रहेकाल त्रिविले निर्वाचन गराएरै छाड्ने अडान व्यक्त गरे। ‘त्रिवि राज्यको एक निकाय भएकाले राज्यले प्रहरी परिचालन गराएर भए पनि निर्वाचन गराउँछ,' रजिस्ट्रार पौडेलले नागरिकसँग भने, ‘अब त्रिवि चुप लागेर बस्दैन।' 

त्रिविको चुनाव कार्यतालिका अनुसार जेठ ८ गते स्ववियु निर्वाचन प्रयोजनका लागि संघसंगठन तथा समूह दर्ता गर्ने अन्तिम मिति तोकिएकाले मंगलबारदेखि नै तयारी गर्न क्याम्पसमा अनेरास्ववियुका विद्यार्थी नेतालाई लान आग्रह गरेको उनले जनाए। 
निर्वाचन तालिकाअनुसार जेठ ८ गते मतदाता सूची प्रकाशित गर्ने, जेठ ९ गते दिनको १ बजेसम्म मतदाता सूचीउपर दाबीविरोध गर्ने र सोही दिन दिनको ३ बजेसम्म मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ। 
यसैगरी जेठ ९ गते नै दिनको ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारीका लागि मनोनयनपत्र वितरण (प्रत्यक्ष र समानुपातिक दुवैका लागि) गरिनेछ। उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको दाखिला गर्ने र समानुपातिकतर्फको शिलबन्दी दाखिला गर्ने मिति जेठ ११ गते १० बजेदेखि २ बजेसम्म तय गरिएको छ। 
निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारको नामावली जेठ ११ गते दिनको ५ बजे प्रकाशित हुने छ। उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने समय जेठ १२ गते १२ बजेसम्म तोकिएको छ। दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली सोही दिन ३ बजे प्रकाशित गरिनेछ। 
उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय जेठ १३ गते ४ बजे तय गरिएको छ भने जेठ १८ गते मतदान मिति कार्यतालिकाले तोकेको छ। तोकिएको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय जेठ १३ गते ४ बजे तय गरिएको छ भने जेठ १८ गते मतदान मिति कार्यतालिकाले तोकेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस