काठमाडौं-पार्टीमा सानो कोटरीभित्र सीमित नेताको आरोप झेल्दै आएका कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका रुपमा सयदिने मधुमास कटाएका छन्।एमालेलगायत दलसँगको उनको ‘साझेदारी मधुमास' त्यति सहज देखिएन, सय दिन उनले तनावै तनावमा बिताए।
संविधानसभा निर्वाचनलगत्तै दुई ठूला दल कांग्रेस र एमालेले शान्ति र संविधानका लागि भन्दै कम्तीमा संविधान निर्माणसम्म सहकार्य गर्ने ऐलान गरेका थिए। दुई दलका नेताबीचको व्यवहारमा भने सुरुदेखि नै चिसोपन रह्यो।
कोइराला गठबन्धन सरकार दुई तिहाइ सदस्यको समर्थनमा बने पनि सरकार सुरुदेखि नै निकै सुस्त, अलमलग्रस्त र दैनिकी बुझाउनेजस्तो देखिएको एमालेले राजनीतिक दस्तावेजमार्फत निष्कर्ष निकालिसकेको छ।
मन्त्रालय बाँडफाँटदेखि नै सुरु भएको मतभेद सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिसम्म झन् चर्कंदै आएको छ।
गृह मन्त्रालय कसले लिने भन्ने दुई दलबीचको विवादका कारण प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद पूर्णता दिन लामो समय पर्खनुपर्यो।
एमालेले कांग्रेसबाट ‘विश्वासघात' को अनुभव यहीँबाट गर्न थाल्यो। अहिले त दुई दलबीच सम्बन्ध सत्ता साझेदार नभई सत्तापक्ष र विपक्षीजस्तो देखिन्छ। गठबन्धनको न्यूनतम मान्यतासमेत यी दलले ख्याल गरेका छैनन्।
संविधानसभा निर्वाचनमा दुवै दलबीच २० सिटको अन्तर छ। सरकार गठन हुनुभन्दा अघि र त्यसपछि पनि एमालेका नेताले ठूलो दल कांग्रेसले व्यवहार दुई तिहाइ जितेको जस्तो गरेको भनेर अभिव्यक्ति दिने गरेका छन्।
प्रतिस्पर्धी दलको भावना र निर्वाचन परिणाममा झिनो अन्तरका कारण उत्पन्न मनोविज्ञान मात्रैले नभएर सरकार सञ्चालनका लागि न्यूनतम समझदारी अभाव गठबन्धनमा प्रमुख समस्या देखिन्छ।
एमालेले मन्त्रिपरिषदमा लो–प्रोफाइलका व्यक्ति पठाएको भन्दै कांग्रेसबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ।
२०४६ सालपछि प्रमुख प्रतिस्पर्धी दलका रुपमा रहेका कांग्रेस र एमाले आगामी दिनमा एकअर्काको प्रतिस्पर्धी ठान्छन्।
एमालेले आगामी महाधिवेशनमा प्रस्तुत गर्न पार्टी अध्यक्ष झलनाथ खनालले तयार पारेको मस्यौदा राजनीतिक प्रतिवेदनमा कांग्रेससँगको सम्बन्धबारे ‘नेपाली राजनीतिमा लामो समय सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध रहने' उल्लेख छ।
प्रतिवेदनमा दीर्घकालमा भने प्रतिस्पर्धा प्रमुख हुँदै जाने जनाइएको छ। ‘संविधान निर्माण र संक्रमणकालको टुंगो नलागुन्जेल सहकार्य प्रमुख र प्रतिस्पर्धाको पक्ष गौण हुनेछ। त्यसपछि भने प्रवृत्ति र मुद्दाका आधारमा प्रतिस्पर्धा र सहकार्यको बाटो निर्धारण हुनेछ,' प्रतिवेदनमा भनिएको छ।
न्यूनतम साझा कार्यक्रम ल्याइए पनि दुई दलबीच सरकार सञ्चालनबारे न्यूनतम सहमतिसमेत देखिन्न। राजनीतिक विश्लेषक झलक सुवेदी प्रमुख प्रतिस्पर्धामा रहेका दुई ठूला दलबीच सहकार्यमा गठबन्धन सरकार सञ्चालन गर्ने बिरलै घटनामध्ये यो सरकार बनेको र त्यसैको ‘मनोवैज्ञानिक' असर देखिएको बताउँछन्।
‘एकले गरेको कामलाई अर्कोलाई क्रेडिट नदिनेजस्ता कुरा देखिएको छ,' सुवेदीले भने।
न्यायापरिषदले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको विषयमा दुवै दलबीच देखिएको फरक–फरक धारणाले असझदारीको सीमा दर्साउँछ।
प्राध्यापक लोकराज बराल बाहिरबाट हेर्दा सहज जस्तो देखिए पनि दुई दलबीच व्यवहारमा त्यस्तो नभएको बताउँछन्। ‘बाहिरबाट हेर्दा ठिकै जस्तो देखिन्छ। तर व्यवहारमा त्यस्तो छैन। न्यायाधीश नियुक्तिकै विषयमा समेत दुवैबीच फरक–फरक धारणाले पनि त्यो देखाउँछ,' बरालले नागरिकसँग भने।
सरकार चलाउने दलहरुबीच न्यूनतम विषयमा सहमति हुनुपर्ने तर त्यस्तो नदेखिएको उनले बताए। ‘सबैलाई बोल्ने छुट छ। जसले जे मन लाग्यो, त्यही बोल्दै हिँडेका छन्,' बरालले भने, ‘न्यायाधीश सिफारिस प्रकरण यसैको पछिल्लो उदाहरण हो।'
गठबन्धन दलबीच राम्रो सम्बन्ध कायम हुन नसक्नु प्रधानमन्त्री कोइरालामा ‘एसर्टिभनेस' अभाव रहेको विश्लेषक सुवेदी औंल्याउँछन्। ‘न्यायाधीश प्रकरणसम्म आउँदा एमालेले पनि गठबन्धनका सबै मूल्य–मान्यता भत्काएको छ,' सुवेदीले भने, ‘अर्को दलले न्यायाधीश नियुक्त गर्ने नै हो भने सरकार छाड्छु भन्न सक्नुपर्यो। सरकारमा पनि बस्न र विरोध पनि गर्न सुहाउँदैन।'