काठमाडौं— मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय कार्य समिति बैठक सो पार्टीका बरिष्ठ नेता भरतबिमल यादवलगायत दर्जन नेताले बहिस्कार गरेका छन्। बुधवारदेखी पार्टी मुख्यालय, बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादवले 'बरिष्ठ तथा निर्वाचित नेता'लाई पाखा लगाएर कार्यसमिति पुर्नगठन गरेको भन्दै बिमललगायतले बहिस्कार गरेका हुन्।
गत साता अध्यक्ष यादवले केन्द्रीय कार्य समिति पुर्नगठन गरे लगत्तै फोरम नेपालमा बिबाद बढ्दै गएको हो।
'अध्यक्षज्यूले आफना 'एस म्यान'हरुलाई केन्द्रीय कार्य समिति बैठकमा राख्नु भयो, यसले पार्टीमा बरिष्ठता र निर्वाचित प्रतिनिधिको अपमान हुने काम भएको छ,' बिमलले नागरिकन्युजसँग भने, 'त्यसैले म लगायत दर्जन नेता बैठकमा अनुपस्थित भएका हौ र अध्यक्षलाई आफु अनुसार पार्टी चलाउन छाडि दिएका छौ।'
पार्टीभित्र औपचारिक रुपमा सल्लाह र छलफल नै नगरी आफनै ढंगले अध्यक्ष यादव अघि बढेकोे भन्दै बिमललगायत अभिषेक प्रताप साह, रामचन्द्र राय यादव, अमरेश नारायण झा, अर्जुन थापा, मोहम्मद इस्तियाक राई, बिनिता यादवलगायत केन्द्रीय नेताले बैठक बहिस्कार गरेका हुन्।