काठमाडौं-नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयले आवश्यक बजेट हुँदाहुँदै आफ्ना जहाज तथा हेलिकप्टर नियमित मर्मतसम्भार नगर्दा बर्सेनि उडान प्रभावित हुँदै आएको छ।सरकारले पाँच वर्षयता सेनालाई आफ्ना जहाज तथा हेलिकप्टर मर्मतसम्भार गरी चालु अवस्थामा राख्न करिब डेढ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। तर, ती जहाज तथा हेलिकप्टर ‘ग्राउन्डेड' अवस्थामै छन्।
सेनाले जहाज तथा हेलिकप्टर मर्मतसम्भार खर्च बर्सेनि बढाउँदै सरकारसँग माग्ने गरेको छ भने सरकारले पनि सोहीअनुरूप उपलब्ध गराउँदै आएको देखिन्छ। उडान घन्टा भने बढ्नुको साटो बर्सेनि घट्दै गएको छ।
सैनिक हवाई महानिर्देशनालयको तथ्यांकअनुसार बितेका पाँच वर्षमा सैनिक जहाज तथा हेलिकप्टर मर्मतसम्भार खर्च ३ सय १५ प्रतिशत वृद्धि भएको छ। उडान घन्टा भने ६६ प्रतिशत घटेको छ।
‘बजेट बर्सेनि आउँछ, तर जहाज थन्केका थन्क्यै छन्,' महानिर्देशनालय स्रोतले नागरिकसँग भन्यो, ‘सेनाको जहाज तथा हेलिकप्टर मर्मतसम्भार कसरी भइरहेको छ बु‰न कठिन छ। मर्मतसम्भार हुन्छ कि हुँदैन, बजेट कसरी कहाँ खर्च हुन्छ निगरानी राख्ने कोही छैन।'
सेनासँग रहेका ३० जहाज तथा हेलिकप्टरमध्ये २२ वटाको आवश्यक मर्मतसम्भार हुन सकेको छैन। ८ वटा जहाज तथा हेलिकप्टर मात्र आंशिक रूपमा सञ्चालनमा छन्।
सरकारले मर्मतसम्भारका लागि आर्थिक वर्ष २०६९/७० मा मात्र ५४ करोड ७० लाख ३७ हजार रुपैयाँ उपलब्ध गराएको थियो। जबकि अघिल्लो आर्थिक वर्ष सेनाले मर्मतसम्भारमा २१ करोड ८६ लाख रुपैयाँ मागेको थियो।
महानिर्देशनालयका अनुसार आर्थिक वर्ष २०६५/६६ मा सेनाका जहाज तथा हेलिकप्टरले २ हजार ५ सय ३२ घन्टा उडान भरेका थिए। त्यस वर्ष मर्मतसम्भार खर्च १७ करोड ५० लाख रुपैयाँ मात्र छुट्टयाइएको थियो। गत आर्थिक वर्षसम्म आइपुग्दा उडान ८ सय ३६ घन्टामा सीमित भयो भने मर्मतसम्भार खर्च बढेर करिब ५५ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०६५/६६ बाट सैनिक जहाज मर्मतसम्भार खर्च निरन्तर चुलिँदै गएको छ भने उडान घन्टा त्यही रफ्तारमा घटेको छ। २०६६/६७ मा सैनिक जहाज तथा हेलिकप्टरले १ हजार ५ सय ३२ घन्टा उडान भरे। २०६७/६८ मा उडान घन्टा घटेर १ हजार २ सय ३८ मा झर्यो भने २०६८/६९ मा १ हजार ५६ घन्टा मात्र सैनिक जहाज तथा हेलिकप्टरले उडान भरेको देखिन्छ।
सरकारले २०६६/६७ मा जहाज तथा मर्मतसम्भार गर्न सेनालाई १८ करोड ३७ लाख रुपैयाँ दिएको थियो। त्यसपछि अर्को वर्ष १७ लाख वृद्धि गरी १८ करोड ५४ लाख रुपैयाँ पुर्याइयो। २०६८/६९ मा ३ करोड ३२ लाख थप गरी २१ करोड ८६ लाख रुपैयाँ पुर्याइएको थियो। गत आर्थिक वर्ष २ सय ५० प्रतिशत मर्मतसम्भार बजेट वृद्धि गरी ५४ करोड ७० लाख रुपैयाँ पुर्याइएको छ।
‘सरकारले एकै वर्ष २ सय ५० प्रतिशत वृद्धि गरी रकम उपलब्ध गराएको छ। तर, जहाज तथा हेलिकप्टर सञ्चालनमा आएका छैनन्,' स्रोतले भन्यो।
सेनाको मध्य एयरवेजतर्फको एभ्रो जहाज मर्मतका लागि तीन वर्षमा तीनपटक गरी १३ करोड १९ लाख रुपैयाँ खर्च गरिएको देखाइएको छ। मर्मत भने हुन सकेको छैन।
सैनिक जहाज तथा हेलिकप्टर मर्मत खर्च बढ्दै जाने र उडान समय घट्दै जानुलाई असामान्य रूपमा हेर्न नमिल्ने सैनिक प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेल बताउँछन्। ‘मर्मत खर्च बढ्नु र उडान घन्टा घट्दै जानुमा असाधारण कारण केही छैन। मर्मत कार्य सकिएपछि जहाज सञ्चालनमा आइहाल्छ,' उनले भने।
सेनाले २०२२ सालमा तीनवटा जहाज ल्याएर हवाई सेवा निकाय सुरु गरेको थियो। २०६६ सालमा यो निकाय सैनिक हवाई महानिर्देशनालयमा परिणत भएको हो।