काठमाडौं-विराटनगर सम्मेलनबाट केन्द्रीय समिति अस्वीकार गरेर हिँडेका एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराई अन्ततः केन्द्रीय समिति बैठकमा उपस्थित भएका छन्।अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच दुई साता लामो वार्ता र छलफलपछि ‘नोट अफ डिसेन्ट' जनाउँदै भट्टराई पक्षधर नेता केन्द्रीय समितिमा फर्केका हुन्।
अध्यक्ष दाहालले सांगठनिक संरचना निर्माणमा एकलौटी र मनोमानी गरेको भन्दै भट्टराई र उनी पक्षधर १५ नेताले विराटनगर सम्मेलनमा केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका थिए।
पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले भट्टराईसहित उनी पक्षधर २९ जना केन्द्रीय सदस्यलाई शपथ खुवाएका छन्। बिहीबार उपेन्द्र साह (रौतहट) र नारायणी शर्मा (रुकुम) लाई थप गरिएपछि माओवादी केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनेको छ।
भट्टराईले बैठकमा आफूले विराटनगर सम्मेलनमा पेस गरेको सातबुँदे प्रस्तावलाई तल्लो कमिटीसम्म लैजान सहमत भएपछि फर्किएको बताएका छन्। ‘मेरो सहमतिमा यो केन्द्रीय समिति चयन भएको होइन, सांगठनिक संरचना निमार्णमा मेरो ‘नोट अफ डिसेन्ट' कायमै छ,' भट्टराईले भनेका थिए।
भट्टराईले पार्टीको रूपान्तरण र बदलिँदो समयअनुसार पार्टी अगाडि लैजान सातबुँदे प्रस्ताव केन्द्रीय कार्यालयमा पेस गरेको प्रस्टीकरण दिएका थिए।
अध्यक्ष दाहालले भट्टराईलाई केन्द्रीय समितिमा फर्काउने कार्यलाई ऐतिहासिक सफलताका रूपमा व्याख्या गरेका छन्। ‘पार्टीको योजना एउटै कम्युनिस्ट केन्द्र बनाउने हो, तर आफैं भित्र विभाजन आउनु र फुटका संकेत देखिनु राम्रो कुरा थिएन,' दाहालले बैठकमा भने, ‘बाबुरामजीहरू पुनः बैठकमा आउनुभयो, यो ऐतिहासिक सफलता हो।'
दाहालले भट्टराईको आगमनले एउटै कम्युनिस्ट केन्द्र बनाउने पार्टी योजनामा थप बल दिएको दाबी गरे।
जारी केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, विभाग र ब्युरोलगायतका जिम्मेवारी बाँडफाँट गर्नेलगायत १८ वटा एजेन्डा तय गरिएको छ।