काठमाडौं-एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई खेमाबीचको अन्तर–किचलो थप पेचिलो बनेको छ।लामो प्रयत्नपछि नेता बाबुराम भट्टराईलाई केन्द्रीय कार्यालयमा फर्काउन सफल भए पनि दाहाल विवाद मिलाउन असमर्थ देखिएका छन्। नेतृत्वको कार्यशैलीमा आपत्ति जनाउँदै विराटनगर सम्मेलनबाट दाहालसँग टाढिएका भट्टराई पार्टी केन्द्रीय समितिमा फर्कन तयार भए पनि सहमतिमा पदाधिकारीमा बस्न भने तयार भएनन्। उनले निर्वाचन प्रक्रियामा समेत असहमति जनाउँदै बहिस्कार गर्ने जनाउ दिएका छन्।
पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन प्रक्रियामा सहमति नभएपछि शनिबार निर्वाचन गर्ने तयारी भए पनि विवादका कारण आइतबारलाई सरेको छ।
भट्टराई पक्षधरले ‘हेडक्वार्टर' ले सार्वजनिक गरेको निर्वाचन कार्यविधिप्रति आपत्ति जनाउँदै बहिस्कार गर्ने निर्णय गरेको छ भने दाहाल पक्ष बसेर शनिबारै निर्वाचन कार्यविधि पारित गरेको छ। स्रोतका अनुसार एकपक्षीय रुपमा कार्यविधि पारित गरिएकोमा भट्टराई पक्ष क्रुद्द छ।
विराटनगर सम्मेलनले अध्यक्षमा पुष्पकमल दाहाललाई पुनः चयन गरे पनि अन्य पदको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन। उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयनका लागि शनिबार निर्वाचन गर्ने तयारी थियो।
सहमतिबाटै पदाधिकारीलगायत चयन गर्ने प्रयास असफल भएपछि चुनावी प्रक्रियामा गएको केन्द्रीय सदस्य जनार्दन शर्माले बताए। ‘सहमति प्रयास सम्भव भएन, त्यसैले चुनावी प्रक्रियामा जाने निर्णय भएको हो,' शर्माले नागरिकसँग भने, ‘आउने आउँछन्, नआउने आउँदैनन्, तर चुनाव हुन्छ।' उनका अनुसार केन्द्रीय समितिले निर्वाचन कार्यविधि पास गरिसकेकाले चुनाव कुनै हालतमा रोकिन्न।
पार्टी प्रवक्ता दीनानाथ शर्माले रिक्त पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका लागि चुनाव गर्न लागिएको जानकारी दिए। ‘केन्द्रीय समितिले निर्वाचन कार्यविधि पारित गरेको छ,' प्रवक्ता शर्माले सञ्चारकर्मीसँग भने, ‘पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन निर्वाचन प्रक्रियाअनुसार हुनेछ।' शर्माका अनुसार उक्त पदका लागि १ सय ५१ सदस्य नै उम्मेदवार हुन पाउने कार्यविधि छ।
पूर्वउपाध्यक्ष भट्टराई पक्षले प्रक्रियामा असहमति जनाउँदै आइतबारको निर्वाचनमा भाग नलिने जनाएको छ। शनिबारको बैठकमा भट्टराईले त्यसको जानकारी गराएका हुन्।
‘एकपक्षीय केन्द्रीय समिति घोषणाको प्रक्रियामा हाम्रो विरोध र नोट अफ डिसेन्ट रहेकाले मनोनीत केन्द्रीय समितिको चुनावको औचित्य हुन्न,' भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘भोलि (आइतबार) हुने चुनावी प्रक्रियामा हामी सहभागी हुँदैनौं, उम्मेदवारी पनि दिँदैनौं र मतदान पनि गर्दैनौं।' यद्यपि, अध्यक्ष दाहालको आग्रहमा केन्द्रीय कार्यालयमा बस्न तयार भए पनि उपाध्यक्ष तथा ‘वरिष्ठ नेता' जस्ता पदमा नबस्ने भट्टराईले प्रस्ट पारेका छन्।
भट्टराईनिकट केन्द्रीय सदस्य गंगा श्रेष्ठले पनि चुनावी प्रक्रियाप्रति विमति रहेकाले सहभागी नहुने जनाए। ‘केन्द्रीय समिति गठन प्रक्रियाप्रति नै ‘नोट अफ डिसेन्ट' राखेको अवस्थामा तिनै केन्द्रीय सदस्यले चयन गर्ने पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा हाम्रो पक्षबाट उम्मेदवारी पर्दैन,' श्रेष्ठले नागरिकसँग भने, ‘तल्लो तहबाट आउँदा नै हामीलाई (भट्टराई पक्षधर) लाई ‘डोमिनेट' गरेर आएको अवस्था छ, तल्लो तह र माथिल्लो तहमा कसरी तालमेल हुन सक्छ?'
विद्यमान केन्द्रीय समितिमा भट्टराई पक्षधर मानिने २९ सदस्य छन् भने अर्का पूर्वउपाध्यक्ष श्रेष्ठ पक्षधरका २० जना छन्। केन्द्रीय समितिमा अध्यक्ष दाहाल १ सय १ सदस्यसहित बलियो अवस्थामा रहेको दाहालनिकट नेताहरू बताउँछन्।
उपनिर्वाचनको टिकट बाँडियो
एमाओवादीले संविधानसभा उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाएको छ।
माओवादीले काठमाडौं २ मा लीलामणि पोखरेल, बर्दिया १ मा भुवन चौधरी, कैलाली ६ मा रामसमझ राना र चितवन ४ मा खुसीराम पाखि्रनलाई उम्मेदवार बनाएको छ। यसअघि पनि सोही क्षेत्रका उम्मेदवार रहेका पोखरेल एमाले नेता माधवकुमार नेपालसँग पराजित भएका थिए।