काठमाडौं- एकीकृत नेकपा माओवादीले इतिहासमै पहिलोपटक निर्वाचन प्रक्रियामार्फत केन्द्रीय नेतृत्व चयनको सुरुआत गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार भएको मतदानबाट ५० जना पोलिटब्युरो सदस्य चयन भएका छन्।पूर्वउपाध्यक्ष बाबुराम भट्टराई पक्षधरको बहिस्कारका बाबजुद उनी पक्षधर नेतासमेत पोलिटब्युरोमा चयन भएका छन्। १ सय ५१ जना मतदातामध्ये १ सय १६ जनाले घन्टौं उभिएर मतदान गरेका थिए।
साँझ अबेर आएको मतपरिणामअनुसार सबैभन्दा बढी मत पोष्टबहादुर बोगटी (१००) ले पाए। बाबुराम भट्टराईभन्दा नारायणकाजी श्रेष्ठ मतपरिणाममा लोकप्रिय देखिए। भट्टराईले ९२ मत पाउँदा श्रेष्ठले ९९ मत पाए। अध्यक्ष दाहाल विराटनगर राष्ट्रिय सम्मेलनबाट अध्यक्ष चयन भएकाले आइतबार उनका लागि मतदानै भएन।
केन्द्रीय कार्यालयमा रहेका सबै पूर्वपदाधिकारी पोलिटब्युरोमा चयन हुन सफल भएका छन्। निर्वाचन समितिका सदस्य रामनारायण बिडारीले घोषणा गरेअनुसार भट्टराई निकट सातजना नेता पोलिटब्युरोमा आउन सफल भए।
भट्टराईनिकट टोपबहादुर रायमाझी (८२), देवेन्द्र पौडेल (९९), हिसिला यमी (८४), वामदेव क्षेत्री (४३), गंगानारायण श्रेष्ठ (५६), प्रभु साह (४८) पोलिटब्युरोमा चयन भएका छन्। भट्टराई पक्षले बहिस्कार गरे पनि सबैलाई चुन्न पाउने निर्वाचन कार्यविधि भएकाले उनीहरू पोलिटब्युरोमा निर्वाचित भएका हुन्।
एमाले परित्याग गरी आएका रामचन्द्र झा (९४) र उर्मिला अर्याल (९७) पनि पोलिटब्युरो हुन सफल भएका छन्। दोस्रो पुस्ताबाट पोलिटब्युरोमा कृष्णबहादुर महरा (९७), गिरिराजमणि पोखरेल (९६), वर्षमान पुन (९८), लीलामणि पोखरेल (९५), दीनानाथ शर्मा (९२), हरिबोल गजुरेल (९५), अग्निप्रसाद सापकोटा (९६), शक्तिबहादुर बस्नेत (८९) आएका छन्।
जनार्दन शर्मा (९५), नन्दकुमार पासाङ (९८), चक्रपाणि खनाल (९५), लोकेन्द्र बिष्ट मगर (९७), हेमन्तप्रकाश ओली (९३), गोपाल किराँती (९७), हितराज पाण्डे (९६), सुरेन्द कार्की (९४), लेखराज भट्ट (८५), विश्वभक्त दुलाल (९५), विश्वनाथ साह (८७), डिलाराम आचार्य (८६), रामचन्द्र झा (९४) पनि पोलिटब्युरोमा आएका छन्।
त्यस्तै, नारायण दाहाल (८८), ध्रुव पराजुली (५८), सन्तु दराई (७१), गणेशमान पुन (८८), हितबहादुर तामाङ (८१), जगप्रसाद शर्मा (६३), कालीबहादुर मल्ल (७५), कमला रोक्का (४६), ओनसरी घर्तीमगर (८६), झक्कुप्रसाद सुवेदी (७६), हरि अधिकारी (६९), टंक आङबुहाङ (७६), सुरेशकुमार राई (७८), शशि श्रेष्ठ (८१), प्रह्लाद बुढाथोकी (६६), डिआर पौडेल (६२) र पूर्णकुमारी सुवेदी (६३), रेखा शर्मा (६०) र महेन्द्र पासवान (७५) पोलिटब्युरो चयन भएका छन्।
अघिल्लो पोलिटब्युरोमा रहेका नवराज सुवेदी, गिरिधारीलाल न्यौपानेलगायत भने पराजित भए। समय अभावका कारण स्थायी समितिको चुनाव सोमबार ११ बजेबाट सुरु गरिने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार १६ मत बदर भएको थियो।
पार्टी प्रवक्ता दीनानाथ शर्माका अनुसार भट्टराई पक्षका २७ जनाको बहिस्कार तथा विभिन्न कारणले उपस्थिति जनाउन नसकेका ८ जनाबाहेक १ सय १६ जनाले मतदान प्रक्रियामा भाग लिएका छन्। ‘बाबुराम (भट्टराई) जी पक्षका २७ जना र आफ्नो निजी कामले उपस्थिति जनाउन नसकेका ८ जनाबाहेक अन्य सबैले मतदान गरे,' मतदानलगत्तै प्रवक्ता शर्माले भने, ‘१ सय ५१ सदस्यमध्ये १ सय १६ जनाले मतदान गरेका छन्।'
उनका अनुसार शशि श्रेष्ठ, धनबहादुर मास्की, ईश्वरी भट्टराई, प्रकाश पोखरेल, घनश्याम यादव, चिनक कुर्मी, केशव ढुंगाना र रामचन्द्र शर्मा मतदान प्रक्रियामा आउन नसक्ने जानकारी गराएर उपस्थित जनाउन भ्याएनन।
भट्टराई पक्ष मानिएका केन्द्रीय सदस्यद्वय उपेन्द्र साह र ज्वाला साह भने मतदान प्रक्रियामा सामेल भएका छन्। ‘मेरो वैचारिक लाइन बाबुरामजीसँगै मेल खान्छ,' उपेन्द्रले नागरिकसँग भने, ‘लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने भएकाले पेरिसडाँडामा मतदान गर्न आएको हुँ।'