काठमाडौं—नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्षले अघि सारेको राजनीतिक लाइनमा पार्टी एकीकरण हुन सक्ने बताएका छन्। 'बाबुरामजीको धारमा हैन प्रचण्डको धारमा एकता हुनसक्छ', पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले भने, 'सातौं राष्ट्रिय सम्मेलनमा बाबुरामजीले पेस गर्नु भएका राजनीतिक लाइन हाम्रोभन्दा धेरै फरक छ।'महासचिव थापाले एमाओवादीको दाहाल पक्षसँग एकताको छलफल चलिरहेको जानकारी दिए। 'सस्थापन पक्षसँग एकताको छलफल चलिरहेको छ', उनले भने, 'अहिले हामीले अघि सारेका पार्टी एकताका ६ बुँदामा केन्द्रित रहेर छलफल भइरहेको छ।'
एमाओवादीले एकताको आधार प्रस्तुत नगरेको उल्लेख गर्दै महासचिव थापाले दुवै पक्ष एकताको नजिक पुगेको जानकारी दिए।
एमाओवादीले एकताको आधार प्रस्तुत नगरेको उल्लेख गर्दै महासचिव थापाले दुवै पक्ष एकताको नजिक पुगेको जानकारी दिए।