काठमाडौं— एकीकृत नेकपा माओवादीले विधान संशोधन गरी बाबुराम भट्टराईका लागि 'वरिष्ठ सदस्य' पद सिर्जना गरेको छ। भट्टराईलाई सो पदमा प्रस्ताव गरिएको छ।बिहान बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पदाधिकारी चयन गरेको छ। जसअनुसार नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी उपाध्यक्ष, कृष्णबहादुर महरा महासचिवको जिम्मेवारीमा आउने भएका छन्। त्यसैगरी, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी र वर्षमान पुनसहित तीन सचिव पक्का गरिएको छ भने कोषाध्यक्षमा हरिबोल गजुरेल निश्चित गरिएको छ ।
केन्द्रीय समितिमा अनौपचारिक छलफल भए पनि फरक मत राख्न पाउने अधिकार सुरक्षित गरिदिने भन्दै पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारीका लागि चुनाव भइरहेको छ।
केन्द्रीय समितिमा अनौपचारिक छलफल भए पनि फरक मत राख्न पाउने अधिकार सुरक्षित गरिदिने भन्दै पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारीका लागि चुनाव भइरहेको छ।