काठमाडौं— एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्र नेतृत्व चयनका लागि भइरहेको निर्वाचनलाई नौटंकीको सज्ञा दिएका छन्। मंगलवार बसेको केन्द्रीय समिति बैठकले विधान नै संसोधन गरेर भट्टराईलाई 'बरिष्ठ सदस्य' बनाउने निर्णय गरेको तीन घन्टापछि भट्टराईले ट्विट गर्दै त्यस्तो प्रतिक्रिया दिएका हुन्।
'मनोनित केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एकजना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो' भट्टराईले निर्वाचनलाई ब्यंग्य गर्दै भनेका छन् । भट्टराई पक्षधरको बिरोध र बहिस्कारका बाबजुद पनि अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचन गराइ रहेकाछन्।
निर्वाचनमा नै उम्मेदवारी नदिए पनि भट्टराई पक्षका ७ जना नेता तीनवटा समितिमा निर्वाचित भएको घोषणा गरिसकिएको छ।
मनोनित केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एकजना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो !
— Baburam Bhattarai (@brb_laaldhwoj) May 27, 2014'मनोनित केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एकजना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो' भट्टराईले निर्वाचनलाई ब्यंग्य गर्दै भनेका छन् । भट्टराई पक्षधरको बिरोध र बहिस्कारका बाबजुद पनि अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचन गराइ रहेकाछन्।
निर्वाचनमा नै उम्मेदवारी नदिए पनि भट्टराई पक्षका ७ जना नेता तीनवटा समितिमा निर्वाचित भएको घोषणा गरिसकिएको छ।