काठमाडौं-एकीकृत नेकपा माओवादीमा आइतबारदेखि मंगलबारसम्म भएको पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचनमा बहिष्कार गरेका तथा उम्मेदवारी नदिएका पनि निर्वाचित भएका छन्।पार्टी पदाधिकारी चयन क्रममा मंगलबार त सुरुमै सहमति गरेर निर्वाचन गरिएको थियो, जुन आफैंमा ‘अनौठो' अभ्यास हो। अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपाध्यक्ष बाबुराम भट्टराई पक्षधरको विरोधका बाबजुद ‘एकलौटी' रूपमा केन्द्रीय सदस्यहरू ‘मनोनीत' गरेका थिए। तिनै केन्द्रीय सदस्यमध्येबाट पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचन गरिएको हो। पोलिटब्युरोमा ५०, स्थायी समितिमा १६ र पदाधिकारीमा ९ जना निर्वाचित भएका छन्।
मंगलबार पदाधिकारी चयन क्रममा आइतबार र सोमबारभन्दा अझै रोचक दृश्य देखियो पार्टी कार्यालय पेरिसडाँडामा। मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिवमा कृष्णबहादुर महरालाई बनाउने ‘सर्वसम्मत' निर्णय गर्यो। तीन सचिवमा गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी र वर्षमान पुन तथा कोषाध्यक्षमा हरिबोल गजुरेललाई जिम्मेवारी दिने सहमति गरियो।
केन्द्रीय समितिले पदाधिकारी तय गरे पनि सोही पदका लागि एमाओवादीले अपराह्न पार्टी मुख्यालयमा निर्वाचन गरेको छ। ‘पदाधिकारीमा कस–कसले जिम्मेवारी पाउँदैछन् भन्ने केन्द्रीय समिति बैठकमा सहमति भइसकेको थियो, तर केन्द्रीय समितिमा सर्वसम्मत भएकालाई पुनः मतदान गरी औपचारिक दिने निर्णयअनुसार निर्वाचन गरिएको हो,' केन्द्रीय सदस्य भरत साहले नागरिकसँग भने।
साधारण सदस्य मात्रै रहने, तर कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका भट्टराईलाई केन्द्रीय कार्यालयमा राख्न विधान संशोधन गरिएको छ। भट्टराई अनुपस्थित भएको बैठकले विधान नै संशोधन गरेर केन्द्रीय कार्यालयमा बस्न पाउने गरी भट्टराईलाई ‘वरिष्ठ सदस्य'मा चयन गरेको छ।
यसअघि निर्वाचनका सबै प्रक्रियामा अनुपस्थित भट्टराई पक्षका सातजना पोलिटब्युरोमा विजयी भएको घोषणा निर्वाचन समितिले गरिसकेको छ। गत आइतबार भएको पोलिटब्युरो निर्वाचनमा भट्टराई पक्षका २६ जना निर्वाचन बहिष्कार गर्दै अनुपस्थित थिए। भट्टराई पक्ष अनुपस्थित भए पनि नन्दकुमार प्रसार्इं नेतृत्वको निर्वाचन समितिले भट्टराईसहित उक्त समूहका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, प्रभु साह, गंगानारायण श्रेष्ठ र वामदेव क्षेत्री पोलिटब्युरोमा चयन भएको घोषणा गरेको थियो।
निर्वाचनका सम्पूर्ण प्रक्रिया नै बहिष्कार गरेकाले कसरी निर्वाचित भइयो भन्ने विषय आफ्नो जीवनकै अनौठो घटना भएको साहले बताए। ‘निर्वाचनमा न मैले उम्मेदवारी दिएको थिएँ, न मतदानमा नै सहभागी भएको छु, तर पनि पोलिटब्युरोमा चयन भएको छु,' भट्टराईनिकट नेता श्रेष्ठले नागरिकसँग भने, ‘निर्वाचनका सम्पूर्ण प्रक्रिया बहिष्कार गरेकाले मतपरिणाम अस्वीकार गर्छौं।' कसरी निर्वाचित भइयो भन्नेबारे कुनै जानकारी नभएकाले अनौठो लागिरहेको श्रेष्ठको भनाइ छ।
यसैगरी, सोमबार भएको स्थायी समिति निर्वाचनमा भट्टराई र उनी पक्षका रायमाझी र पौडेल निर्वाचित भएको घोषणा निर्वाचन समितिले गर्यो। उनीहरू तीनै नेताले उम्मेदवारी दिएका थिएनन्, न त निर्वाचन प्रक्रिया नै स्वीकार गरेका थिए।
‘यो परीक्षा नै नदिएको विद्यार्थी पास भयो भनेर घोषणा गरेजस्तो हो,' भट्टराईनिकट अर्का नेताले भने, ‘जबर्जस्ती गरिएको निर्वाचन र त्यसबाट गरिएको घोषणा ‘खाए खा नखाए घिच' भनेजस्तै हो।' अध्यक्ष दाहालले लोकतन्त्रका सुन्दर पक्ष मानिने निर्वाचन प्रक्रियाकै धज्जी उडाएको उनको टिप्पणी छ।
निर्वाचन समितिका सदस्य रामनारायण बिडारीले सबै सदस्य उम्मेदवार, सबै मतदाता भन्ने कार्यविधि भएकाले अनुपस्थित भएका पनि विजयी भएको बताएका छन्।
पदाधिकारी चयन हास्यास्पद : रायमाझी
एमाओवादी नेता टोपबहादुर रायमाझीले पार्टीको पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन प्रक्रिया हास्यास्पद भएको बताएका छन्।
बाबुराम भट्टराईनिकट नेता रायमाझीले मंगलबार प्रेस नोट जारी गर्दै नेतृत्वले पार्टीको विभिन्न निकायमा निर्वाचन गरेको भन्ने भ्रम छरेको उल्लेख गरेका छन्। ‘जनवादी अभ्यासको पक्षमा हामी पनि छौं। तर, विधि र प्रक्रिया मिलाएर तल्लो तहदेखि नै निर्वाचन गरिनुपर्नेमा तल मनोनीत गर्दै माथि निर्वाचन गरेजस्तो देखाएर भ्रम छर्न खोजिएको छ,' प्रेस नोटमा भनिएको छ, ‘यसमा हाम्रो सहमति छैन।'
पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयनका लागि भएको निर्वाचनमा परिणाममा आफ्नो सहभागिता र सहमति नभएको उल्लेख गर्दै रायमाझीले पार्टीमा वैचारिक संघर्ष चलाउने दाबी गरेका छन्। ‘केन्द्रीय समितिमै रहेर महाधिवेशनसम्म वैचारिक संघर्ष गर्दै जान्छौं,' प्रेस नोटमा उल्लेख छ, ‘हामी पदीय भागबन्डामा समय खर्चिन चाहन्नौं।'
निर्वाचन नौटंकीः भट्टराई
एमाओवादीका पूर्वउपाध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्र नेतृत्व चयन गर्न भएको निर्वाचनलाई ‘नौटंकी'को संज्ञा दिएका छन्। मंगलबार बसेको केन्द्रीय समिति बैठकले विधान नै संशोधन गरेर भट्टराईलाई ‘वरिष्ठ सदस्य' बनाउने निर्णय गरेको तीन घन्टापछि भट्टराईले टि्वट गर्दै उक्त प्रतिक्रिया दिएका हुन्।
‘मनोनीत केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एकजना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो,' भट्टराईले निर्वाचनलाई व्यंग्य गर्दै टि्वटमा भनेका छन्।