काठमाडौं— प्रधानमन्त्री सुशील कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी भएर नेपाल फर्किएका छन्। स्वदेश फर्के लगत्तै त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा संवाददातासँग कुरा गर्दै उनले आफ्नो भारत भ्रमण 'अत्यन्त सफल' भएको बताए।भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमणमा आउन विश्वास दिलाएको बताउँदै प्रधानमन्त्री कोइरालाले जलस्रोत र पर्यटन क्षेत्रमा लगानी गर्न भारत सकारात्मक रहेको उल्लेख गरे। भारतीय समकक्षी मोदीले सपथ ग्रहणमा सार्क मुलुकका सबै सरकार प्रमुख डाकेर नयाँ युगको थालनी गरेको उनको भनाइ थियो।
भारत भ्रमणका क्रममा उनले सार्क मुलुकका सरकार प्रमुखहरुलाई पनि भेटेका थिए।
भारत भ्रमणका क्रममा उनले सार्क मुलुकका सरकार प्रमुखहरुलाई पनि भेटेका थिए।