काठमाडौं– एमालेले नवौं महाधिवेशनमा एकल पहिचान दिने जातीय संगठन विघटनको प्रस्ताव लैजाने भएको छ।महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको संगठनात्मक प्रस्तावको मस्यौदामा ‘एमालेको राज्य पुनर्संरचनासम्बन्धी नीतिगत अवधारणासँग मेल नखाने जातीय र क्षेत्रीय संगठन विघटन गर्नुपर्ने' प्रस्ताव गरेका छन्।
‘राज्य पुनर्संरचनासम्बन्धी पार्टीको नीतिगत अवधारणासँग मेल नखाने किसिमका जातीय र क्षेत्रीय संगठन निर्माण र सञ्चालन हुने स्थिति अन्त्य गरिनुपर्छ,' पोखरेलको प्रस्तावमा भनिएको छ।
एमालेमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघअन्तर्गत विभिन्न जातीय संगठन छन्। तामाङ, थारु, नेवार, राई, थामी, गुरुङ, मगर, कुमाल, भुजेल, बराम, बाह्रगाउँले, थकाली, सुनुवार, दनुवार, चेपाङ, जिरेल, दुरा, राजवंशीलगायत २७ जातीय संगठन छन्।
‘विभिन्न जातीय समुदायबीच सामुदायिक संगठन खोल्न विगतमा अवलम्बन गरिएको नीति र निर्णयका बारेमा पनि यतिबेला यथोचित समीक्षा गर्नु जरुरी छ,' पोखरेलको प्रस्तावमा भनिएको छ, ‘यतिबेला सामाजिक क्षेत्रमा कुनै पनि प्रकारको समस्या नभएजस्तो गरी त्यस क्षेत्रको कामलाई उपेक्षा गर्ने गल्ती पनि गर्नु हुँदैन।'
एमालेले राज्य पुनर्संरचना गर्दा बहुजातीय पहिचानको आधारमा सातवटा प्रवेश निर्माण गर्नुपर्ने अवधारणा अघि सारेको छ। जसअनुसार किराँत–लिम्बुवान–कोसी, जनकपुर–मिथिला–भोजपुरा, नेवा–ताम्सालिङ–बागमती, तमुवान–मगरात–गण्डकी, अबध–थारुवान–लुम्बिनी, भेरी–कर्णाली, सेती–महाकाली छन्।
पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ भने त्यस्तो संगठन विघटन गर्दा पार्टी कमजोर हुने धारणा राख्छन। ‘बाख्रा चरुवाले बाघले खायो मात्रै भनेर बाख्रा मास्ने कुरा ठिक होइन,' गुरुङले नागरिकसँग भने, ‘संगठनलाई राम्रोसँग नचलाएर त्यसै छाड्ने तर समस्या आयो भनेर विघटन गर्दा त्यसले पार्टीलाई राम्रो गर्दैन।'
संगठनात्मक प्रस्तावमा पोखरेलले कार्यकारी नेतृत्वमा यसअघि दुई कार्यकालको व्यवस्था भएको भन्दै अब उमेरको हद तोक्नुपर्ने अवधारणा ल्याएका छन्।
‘मुख्य कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था गरेका थियौं। यसलाई थप विकास गर्दैै अब नेतृत्वको उमेरको सीमा पनि निर्धारित गर्नु र नेतृत्व हस्तान्तरणको विधि स्थापित गर्नु अनिवार्य भएको छ,' पोखरेलले भनेका छन्, ‘संसदीय/सार्वजनिक जिम्मेवारीमा पनि कार्यकालको सीमा तोक्नु आवश्यक भएको छ। कमिटीमा प्रौढ, अधबैंसे र युवाको अनुपात मिलाउने कुरालाई पनि हामीले विधानमा संशोधनको व्यवस्था गरिरहँदा ध्यान पुर्याउनु जरुरी छ।'
उनले यस्तो नहुँदा पार्टीभित्र धेरै नेता तथा कार्यकर्ताको क्षमताको परीक्षणबिना नै विदा हुने अवस्था देखिएको प्रस्तावमा औंल्याएका छन्।
त्यसैगरी लोकतान्त्रिक अभ्यास गर्दा पार्टीभित्र देखिएको समस्या समाधान गर्न सहमति, नभए व्यक्तिगत प्रतिस्पर्धा र प्रतिस्पर्धापछि परिणाम स्विकार्ने र पराजित पक्षलाई समट्ने ठोस कार्यविधि आवश्यक भएको उनले औंल्याएका छन्।
उनले पछिल्ला महाधिवेशनमा नीतिगतभन्दा नेतृत्वमा बढी ध्यान जान थालेको भन्दै नीति र नेतृत्वका छुट्टाछुट्टै अधिवेशन गर्नुपर्ने, महाधिवशेनभन्दा पहिल्यै उम्मेदवारी दर्ता गर्ने परिपार्टी विकास गरेर भए पनि निर्वाचनको समयमा हुने धु्रवीकरण कम गर्न सकिने प्रस्ताव अघि सारेका छन्।
भ्रातृ संगठन अनेरास्ववियु र युवा संघ नेपालले संगठनात्मक र विधान गरी फरक–फरक महाधिवेशन गर्दै आएका छन्।
महासचिव पोखरेलले पार्टीको संगठनात्मक सरचना र कार्यशैली आन्दोलनको आवश्यकताअनुसार भएको भन्दै त्यसमा परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
‘सामाजिक आर्थिक रूपान्तरणमा नेतृत्व गर्ने विषय मुख्य अभिभारा बनिरहेको वर्तमान परिप्रेक्ष्यमा अब हाम्रा संगठनहरूको मुख्य चरित्र त्यही कार्यदिशालाई संवाहन गर्न सक्ने दिशामा रूपान्तरित हुनुपर्छ,' प्रस्तावमा भनिएको छ,
‘शिक्षक संगठनको ध्यान गुणस्तरीय शिक्षामा, विद्यार्थी आन्दोलनको मुख्य विषय शिक्षालाई आमनागरिकको मौलिक हकका रूपमा स्थापित गर्ने र विद्यार्थीलाई सबै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने गरी कसरी हुर्काउने, किसान महासंघले भूमिसुधार, कृषिको व्यावसायिक रूपान्तरण र कृषि क्रान्तिमा अगुवाइ र महिला संघको कार्यसूची महिलामाथिको विभेदको अन्त्य तथा महिला सशक्तीकरणमा दृष्टान्त बन्ने हिसाबले पुनर्परिभाषित गर्ने प्रस्ताव गरिएको छ।
‘युवा संघ आमयुवालाई सिर्जनात्मकता, उत्पादनसँग आबद्धता र प्रशिक्षणमार्फत् राष्ट्र निर्माणको मुख्य संवाहक बन्ने कुराको अभियन्ताका रूपमा स्थापित हुनुपर्छ,' प्रस्तावमा भनिएको छ, ‘परिभाषित पूर्णकालीन कार्यकर्ताबाहेक अन्य सबै कार्यकर्ताले आफूलाई श्रम र उत्पादनसँग जोड्नुपर्छ र आफू स्वावलम्बी बन्दै पार्टी र राज्यलाई समेत समृद्ध बनाउन सहयोग पुर्याउनुपर्छ।'