नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। पूर्व माओवादीका नेता र माधवकुमार नेपालका केही नेताहरुको सहभागिता रहेको सो बैठकले विभिन्न निर्णयहरु गरेको छ।
बैठकपछि एकताको सन्देश दिन सामूहिक तस्बिर पनि लिइएको छ। तस्बिरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमशः उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावललाई देख्न सकिन्छ। उनीहरू दुवै माधव नेपालबाट अलग भएका हुन्।
तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन्।
नेता नेपालले हिजोदेखि चन्द्रागिरि रिसोर्टमा छुट्टै भेला गरेको बेला एमालेले उक्त तस्बिर सार्वजनिक गरेको छ।