‘एकतामा ओली बाधक’
०९ भदौ २०७८
•
४ मिनेट पाठ
‘एकतामा ओली बाधक’
एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू केपी ओली प्रवृत्तिविरुद्ध विगतदेखि जुध्दै आएको र अहिले ओली दक्षिणपन्थी शक्तितिर लागेपछि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्। उनले दक्षिणपन्थी शक्तिहरूसँग ओलीको साँठगाँठ भएकाले पार्टी पुनर्गठन गर्नुपरेको प्रष्ट्याए। ओलीले पार्टी एकताका सबै ढोका बन्द गरेको आरोप पनि नेपालले लगाए।




चन्द्रागिरि हिल्समा केन्द्रीय सदस्यहरूसँगको छलफलका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले एमालेभित्र दक्षिणपन्थी र क्रान्तिकारी गरी दुई धार देखिएको बताए। क्रान्तिकारी धार लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर अघि बढ्ने पक्षमा रहेको तर दक्षिणपन्थी धारको नेतृत्व गरेका पार्टी अध्यक्ष ओली बाधक बनेको बताए। 

ओलीले पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पारेको आरोप उनले लगाए। ‘यसक्रममा दक्षिणपन्थी शक्तिहरूसँग उहाँ (ओली)को साँठगाँठ बढ्न थाल्यो। यसैक्रममा विभिन्नखालका दक्षिणपन्थी तत्वहरू, समूहहरूसँग उहाँको गठबन्धन भयो। यसले गर्दा पार्टीभित्र दुईवटा धार देखिए। एउटा दक्षिणपन्थी धार देखियो भने अर्को क्रान्तिकारी धार देखियो। एउटा लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर जाने, अर्को दक्षिणपन्थीसँग सम्झौता गरेर जाने। उहाँ पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पार्ने सोचमा हुनुहुन्थ्यो, हुनुहुन्छ’, नेपालले भने।  

नेपालले सर्वोच्च अदालतको फैसलाले गर्दा मुलुकमा बेग्लै अवस्था उत्पन्न भएको र नेकपा विभाजित भएको बताए। ओलीले एकलौटी पार्टी कब्जा गर्न खोजेका कारण मुलुकमा समस्या आएको नेपालको भनाइ थियो। ओलीकै कारण पार्टी विभाजन हुने अवस्था आएको पनि उनले बताए। पार्टीलाई ओलीले आफ्नो निजी कम्पनीका रूपमा ठानेकाले पनि समस्या भएको उनको टिप्पणी थियो।  

‘फागुन २८ गतेपछि उहाँ (ओली) ले चालेका कदमहरू पार्टी एकतामा बाधक भए। उहाँले उहाँलाई मत नदिएका वा उहाँको प्रशंसा नगर्ने, उहाँलाई ‘बा’ नभन्ने, उहाँको पूजक नहुने सबैलाई शत्रु, विरोधी ठान्न पुग्नुभयो। पार्टीलाई आफ्नो निजी कम्पनी ठान्नुभयो। फलस्वरूप पार्टीमा ठूलो समस्या खडा भयो’, नेपालले भने, ‘जसरी दोस्रो महाधिवेशनमा केशरजङ रायमाझी हुँदाहुँदै त्यो पार्टी रूपान्तरण हुन सक्दैनथ्यो, पुष्पलालले पार्टीबाट विद्रोह गर्नुभयो। पुष्पलालले बेग्लै पार्टी निर्माण गर्नुभएपछि हामी पनि सहभागी भएका थियौं।  

पछि हामीले पनि विद्रोह गर्‍यौं। विद्रोह गरेपछि नेकपा कोअर्डिनेसन, नेकपा माले, एमाले बनाउँदै देशको प्रमुख राजनीतिक शक्तिका रूपमा उभ्याउने काम हामीले नै गर्‍यौं। नयाँ इतिहास कायम गर्‍यौं।’ नेपालले एमालेभित्र अहिले २०७५ जेठ २ गतेलाई आधार बनाएर गरिएको एकता प्राविधिक मात्रै भएको बताए। ‘२०७५ जेठ २ मा फर्कने टेक्निकल कुरामात्र हो। यो एउटा बहाना पाउने र छिर्नेमात्र हो। 

बहाना पाएर छिर्ने होइन, पार्टीको क्रान्तिकारीकरण गर्ने हो, पार्टीको रूपान्तरण गर्ने हो। तर केपी ओलीको नेतृत्वमा त्यो सम्भव छैन भनेर हामीले देख्यौं’, उनले भने। नेता नेपालले फागुनमा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि फरक ढंगले अघि बढ्न सकिन्थ्यो तर सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाएपछि परिस्थिति झन् बिग्रेको बताए। ‘पहिलो पटक २०७७ पुस ५ गतेको विघटनलाई सर्वोच्च अदालतको फागुन ११ को फैसलाले अस्वीकार गरेपछि र संसद् पुनस्र्थापना भैसकेपछि नयाँ ढंगले अघि बढ्ने अवस्था थियो। 

त्यहींबेलामा फेरि फागुन २३ गते नेकपालाई दुईतिर बनाएपछि नयाँ परिस्थिति उत्पन्न भएको थियो’, उनले भने, ‘यो परिस्थितिमा हामीले पार्टी एकताका लागि धेरै समय कुर्दाकुर्दै पनि नभएपछि, दोस्रोपटक विघटन गरिसकेपछि संसद् जोगाउन हामीले पार्टीभित्र पनि विद्रोहको आवाज बुलन्द गर्याैं। संसद्लाई फेरि पुनस्र्थापना गर्ने सन्दर्भमा संसद्भित्रका सबै दल एकताबद्ध बन्यौं।’

जबजको युग सकियो: खनाल  

एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवादको युग सकिएको बताएका छन्। उपचारको क्रममा नयाँ दिल्लीमा रहेका खनालले त्यहाँबाट नेकपा एकीकृत समाजवादीको बैठकलाई भर्चुअल सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्। उनले आफू सोमबार काठमाडौं आउन लागेको जानकारी दिए। खनालले आफूले समाजवादी पार्टीमा रहेको जानकारी निर्वाचन आयोगलाई गराएको पनि बताए। 

एमाले विभाजन क्रान्तिकारी व्रिद्रोह भएको भन्दै उनले विगतमा आफूहरूको पक्षमा रहेका स्थायी कमिटीका केही सदस्यले मध्यपन्थी अवसरवादको बाटो लिएर केपी ओलीलाई साथ दिएको बताए। उनले भने, ‘कमरेडहरू, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन। अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रूपान्तरण हो। 

हामीले युगअनुसारको बोली बोल्नुपर्छ। युगअनुसारको कार्यक्रम बनाउनुपर्छ। नेकपा एकीकृत समाजवादीबारे बुझाउन मुखपत्र छाप्नुपर्छ। केपी ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनुपर्छ।’ नेता खनालले मध्यपन्थ धेरै दिन नटिक्ने दाबीसमेत गरे। दोस्रो पुस्ताका नेताहरूले धोका दिएकोमा आक्रोश व्यक्त गर्दै उनले मध्यपन्थ धेरै दिन नटिक्ने बताएका हुन्।
अर्को समाचार
एमाले एकतामा ओली बाधक
०८ असार २०७८
•
४ मिनेट पाठ
एमाले एकतामा ओली बाधक
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।




सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याकेट हाल्न पुगेको छ।

ओली पक्ष अदालतमा भ्याकेटको निवेदन लिएर गएपछि नेता नेपालले आपत्ति जनाएका छन्। कर्णाली प्रदेशका सांसदमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि भ्याकेटमा जाने निर्णय गरेर पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने टिप्पणी नेपालले गरेका छन्। ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो। पार्टी एकता बचाउन अधिकतम लचिलो भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो’, वरिष्ठ नेता नेपालले भनेका छन्, ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कत जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ, सहजै देख्न सकिन्छ। असल नियतका साथ गरिएका अनौपचारिक संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु।’

भ्याकेट निवेदन दिएपछि ओलीलाई भेटेर नेपाल पक्षका नेताले असन्तुष्टि जनाएका छन्। आइतबार राति नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्यले बालुवाटारमा ओलीलाई भेटेर पार्टी एकता नभए नेपालमा कम्युनिस्टको भविष्य अन्योलमा पर्ने र त्यसको सबै दोष ओलीलाई लाग्ने भन्दै चेतावनी दिएका छन्।

‘विवाद मिलाउने भन्ने, छलफल पनि गर्ने, अलमल्याउने अनि भ्याकेटमा पनि जाने, यसले राम्रो गरेन’, भेटमा उनीहरूले भने। संसद् विघटनपछि नै अहिलको समस्या आएको पनि उनीहरूले बताए। ‘संसद् विघटन नगरेको भए अदालतमा रिट जाँदैनथ्यो। रिट नगएको भए हस्ताक्षरको कुरा आउँदैनथ्यो। त्यसकारण यसमा दुवै पक्षले गल्ती महसुस गर्नुपर्छ तर सबैभन्दा पहिला अध्यक्ष भएका कारण तपाईं (ओली) ले पार्टी मिलाउने काम गर्नुपथ्र्यो। भ्याकेटमा गएर तपाईंले पार्टीलाई विभाजनतर्फ धकेल्नुभयो’, नेपाल पक्षका नेताले ओलीसँग भने। उनीहरूले अहिले जुन शक्तिले बोकेको छ त्यो शक्ति स्थायी होइन भन्दै एमाले एकता नै सबैभन्दा बलियो शक्ति भएको बताएका थिए।

‘हाल तपाईंलाई जुन शक्तिले साथ दिएको छ त्यो स्थायी होइन, पार्टी एकता नै स्थायी शक्ति हो। यसैमा तपाईंको र पार्टीको हित हुनेछ। इतिहासले दोष अर्कोलाई थुपारेर तपाईंलाई माफी दिँदैन’, नेपाल पक्षका नेताहरूले ओलीलाई भनेका थिए। उनीहरूको कुरा सुनेपछि ओलीले सकेसम्म प्रयास गर्ने बताएको स्रोतले जनाएको छ।

आइतबार ओलीलाई भेटेका उनीहरूले सोमबार पाँच घण्टाभन्दा बढी समय नेता नेपालसँग कुराकानी गरेका थिए। ओलीसँगको भेटबारे पनि उनीहरूले जानकारी गराएका थिए। ओली र नेपाल दुवैलाई भेटेर पार्टी एकता कायम गर्न आग्रह गरेको नेपाल पक्षका नेता भीम आचार्यले स्वीकार गरेका छन्। ‘हामीले दुवै नेतालाई भेटेर विवाद मिलाउन आग्रह गरेका छौं। अनौपचारिक छलफलमा भएका विषय पनि जानकारी गराएका छौं तर अदालतको निर्णयविरुद्ध भ्याकेटको निवेदन लिएर जाने कुरा गलत भयो। एकता प्रकृया आत्मसमर्पणको शैलीमा हुँदैन भनेर पनि दुवै नेतालाई भनेका छौं’, आचार्यले भने।

ओली पक्ष भ्याकेटमा गएपछि पार्टी एकता झनै पर धकेलिएको सोही समूहका केही नेताको बुझाइ छ। ‘अदालतले हामीलाई एकताको सन्देश दियो। भ्याकेटमा नजाऔं भनेका थियौं तर उहाँहरूले मान्नुभएन। एमाले एकतामा कठिन समय आएको छ,’ ओली पक्षका एक नेताले भने। भ्याकेटका कारण नेपाल पक्ष सशंकित भएपछि सोमबार दिउँसो ओली पक्षका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा पार्टी एकता प्रायः असफल भएको बताएका थिए। ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू नै थाके कि के हो ? खिचडी पाक्ने त हो–होइन, चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन ? अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने। त्यो नमान्ने भए भो छोड्दिम्, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुंग्रो फुक्ने काम’, नेता बाँस्कोटाले भनेका थिए। 

पछिल्लो पटक दुवै पक्षका नेताहरूले पार्टी एकताका लागि दर्जनौं पटक अनौपचारिक बैठक गरेका छन्। सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र भीम आचार्यले अनौपचारिक बैठकहरू बसेर माथिदेखि तल्लो तहसम्म विवाद मिलाउने विषयमा मस्यौदासमेत बनाएर छलफल गरेका छन्। स्रोतका अनुसार दुवै तर्फका नेताले मंगलबार मस्यौदाको अध्ययन गर्नेछन्। बुधबारदेखि ‘सघन छलफल’ गर्ने सहमति भएको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस