नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पार्टीको सकृय सदस्यता विवाद समाधान उन्मुख बनेका कारण पार्टीको १४ औँ महाधिवेशन निर्धारित समयमै हुने बताएका छन्। सदस्यता छानविन समितिमा रहेर काम गरेका आधारमा चौधरीले सकृय सदस्यता सम्बन्धी बिबाद सहज तरिकाले टुंगिने बताए। महाधिवेशनका लागि पार्टीले गरेको प्राविधिक तयारीले पनि महाधिवेशन निर्धारित मिति भन्दा पर नधकेलिने बतए। पार्टीको बैधानिकता माथिनै प्रश्न उठ्ने भएकाले महाधिवेशन सार्न नहुने उनको भनाई छ।
‘निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नका लागि पार्टी सभापति, बरिष्ठ नेता लगाएत शिर्ष नेताहरु सबै गम्भिर हुनुहुन्छ, सकृय सदस्यता सम्बन्धी बिबाद पनि समाधान उन्मुख भैसकेको छ,’ केन्द्रीय सदस्य चौधरीले घोराहीमा पत्रकारहरुसंग भने ‘पार्टीले महाधिवेशनकै लागि भनेर गरेको प्राविधिक तयारीले पनि अब महाधिवेशन पर धकेलिने सम्भावना देखिन्न।’
पार्टीको महाधिवेशन अन्तर्गत १८ भदौमा वडा अधिवेशन तोकिएको छ। अधिवेशनकै लागि बिहिबार निर्वाचन सामाग्री र निर्वाधन अधिकृत खटाउने तयारी पार्टीले गरिरहेको उनले बताए । ‘निर्वाचन सामाग्री र निर्वाचन अधिकृत खटनपटनको काम बिहिबार सम्म सक्ने गरि काम भैरहेको छ,’ उनले भने ‘यो तयारीले पनि महाधिवेशनको तिथी अब पर सर्ने सम्भावना छैन।’
एक अर्को प्रसंगमा चौधरीले प्रतिपक्षी दल एमालेले भुमि सम्बन्धी आयोग खारेजीको बिषयलाई लिएर कांग्रेसलाई कमजोर पार्ने रणनीति बनाउन खोजेको बताए । तर आयोग खारेजीसंगै भुमिहिनहरुले जग्गा पाउँदैनन् भनेर गरिएको प्रचार झूठो रहेको उनको भनाई छ। ‘भुमिहिनहरुले अब जग्गा पाउँदैनन् भनेर जसरी गलत प्रचार गरिएको छ,त्यसो हैन, सबै भुमिहिनहरुले जग्गा पाउनुहुन्छ,’ चौधरीले भने ‘भुमिहिनहरुलाई जग्गा दिलाउनकै लागि सरकारले शक्तिशाली आयोग गठन गर्छ र काम अघि बढाउँछ।’