काठमाडौंं, जेठ १८ (नागरिक) – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजिव पराजुली र धवल शम्शेर राणालाई उपाध्यक्ष र चन्द्रबहादुर गुरुङलाई महामन्त्री नियुक्त गरेका छन्। पराजुली, राणा र गुरुङ यसअघि पनि सोही पदमा रहेका थिए।
त्यसैगरी टंक ढकाल र निरन्जन थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छ । 'बाकी सदस्यहरु र पदाधिकारीको केही दिन भित्रै मनोनित गरिने छ,' राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए।
पार्टी विधानअनुसार अध्यक्षले ५० प्रतिशत सदस्य र पदाधिकारी मनोनयन गर्न पाउँछन्। राप्रपा नेपालको केन्द्रीय समितिमा १ सय २७ सदस्यीय हुने व्यवस्था छ। जसमध्ये महाधिवेशबाट अध्यक्ष र ६३ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
पहिलो महाधिवेशले कमल थापालाई अत्याधिश मतले पुनः अध्यक्षमा निर्वाचित गरेको थियो।