६ डिआइजीद्वारा बढुवा सिफारिश पुनरावलोकनको माग
१८ जेष्ठ २०७१
•
७ मिनेट पाठ
६ डिआइजीद्वारा बढुवा सिफारिश पुनरावलोकनको माग
काठमाडौं– नेपाल प्रहरीको डिआइजी बढुवा सिफारिस पुनरावलोकन गर्न माग गर्दै सिफारिसमा नपरेका छ डिआइजीले पुनरावलोकन समितिमा उजुरी दिएका छन्। डिआइजी नारायण बस्ताकोटी, गणेश राई, यादव अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराजसिंह शाहीले बढुवा सिफारिस त्रुटिपूर्ण भएको दाबी गर्दै आइतबार उजुरी दिएका हुन्।


गृहमन्त्रीको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले जेठ १३ गते नेपाल प्रहरीको रिक्त एआइजी पदमा सातजनाको नाम सिफारिस गरेको थियो। समितिले राजेन्द्रसिंह भन्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदारप्रसाद साउदको नाम सिफारिस गर्दै सूची सार्वजनिक गरेको हो।

स्रोतका अनुसार असन्तुष्ट छ डिआइजीले समितिसमक्ष छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन्। कार्यालय समय सकिएपछि एकै ठाउँ भेला भएर उनीहरू दिउँसो ४ बजे उजुरी दर्ता गर्न गएका थिए।

उनीहरूले उजुरीमा सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन र वरिष्ठताभन्दा बाहिर गएर पूर्वाग्रही, स्वेच्छाचारी र अपारदर्शी रूपमा निर्णय लिएको दाबी गर्दै निर्णय पुनरावलोकनको माग गरेका छन्।

उजुरीमा बढुवाका लागि चाहिने शैक्षिक योग्यता, पदक, क्षेत्रीय कमान्डलगायत नेतृत्वमा बसेर काम, यसअघि पाएको कार्यसम्पादन मूल्यांकनको नम्बरलगायतका सूचीसमेत समावेश गरिएको स्रोतले जानकारी दियो।

पुरानो नियमावलीमा एआइजी बढुवाको निर्णय सरकारको तजबिजमा छाडिएको थियो। सरकारको निर्णयविरुद्ध अदालतमा रिट हाल्नेबाहेक पुनरावलोकनका लागि अर्को संरचना थिएन।

डिआइजी बढुवाका लागि पुरानो नियमावलीमा रहेको सरकारको तजबिजी अधिकार हटाउँदै नेपाल प्रहरीसम्बन्धी नियमावली, २०७१ ले बढुवा सिफारिसका लागि गृहमन्त्री संयोजक, मन्त्रिपरिषदका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको सिफारिस समिति बनाएको थियो।

समितिको सिफारिस पुनरावलोकनका लागि लोकसेवा आयोगका अध्यक्ष संयोजक तथा मुख्यसचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहेको अर्को समितिसमेत छ।

विवादको प्रारम्भ

बढुवा सिफारिस हुनुअघि नै नेपाल प्रहरीका एसएसपी रमेश खरेलले एआइजी हुन केही डिआइजी ब्रिफकेस लिएर शक्तिकेन्द्रको ढोका धाइरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। लगत्तै गृहसचिव सूर्य सिलवाल संयोजक रहेको समितिले सात डिआइजीको नाम सिफारिस गर्योद।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले डिआइजी बढुवामा आर्थिक चलखेल भएको सामाजिक सञ्जालमार्फत आरोप लगाए। पुष्पकमल दाहालले सदनमै यो विषयमा सरकारको जवाफ मागे।

समितिले वरिष्ठता र कार्यक्षमता दुवै मूल्यांकनका आधारमा आएको नम्बरअनुसार बढुवा सिफारिस गरेको दाबी गरे पनि सिफारिसमा परेका केही डिआइजी वरिष्ठतामा पछाडि हुँदा र कार्यक्षमता कमजोर हुँदा समेत सिफारिसमा अगाडि परेपछि विवाद बढ्यो।

डिआइजी वरीयतामा दोस्रो नम्बरमा रहेका बस्ताकोटी सिफारिसबाटै बाहिरिए। चौथो वरीयताका केदारप्रसाद साउद बढुवा सिफारिसमा सातौं नम्बरमा पुगे।

पाँचौं नम्बरका बज्राचार्य छैठौं नम्बरमा झरे। नौ नम्बरमा रहे पनि यादव अधिकारी सिफारिमा अटाएनन्। डिआइजी वरीयतामा ११ नम्बरमा रहेका प्रतापसिंह थापा र ८ नम्बरमा रहेका वीरेन्द्रबाबु श्रेष्ठको सिफारिस बढी आलोचना भयो। थापा सय पूर्णाङ्कमा ७७ अंक पाएर चौथो नम्बरमा र ७६ अंक पाएर श्रेष्ठ पाँचौं नम्बरमा एआइजी बढुवा सिफारिसमा परे।

सिफारिसमा परेका थापा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका प्रहरी अधिकारी हुन्। प्रबन्ध शाखामा रहँदा अख्तियारले उनलाई छानबिनको दायरामा ल्याएको थियो। थापा अहिले लागुऔषध नियन्त्रण ब्युरो प्रमुख छन्। श्रेष्ठबारे गम्भीर आरोप भने छैन। हाल अख्तियारमा रहेको प्रहरी युनिटमा उनी प्रमुख छन्।

 

पुनरावलोकनलाई १५ दिन म्याद

नयाँ नियमावलीमा बढुवा समितिको सिफारिस चित्त नबुझे निर्णय भएको ७ दिनभित्र पुनरावलोकन समितिमा सिफारिस गर्न सक्ने व्यवस्था छ।

उजुरी आए पुनरावलोकन समितिले बढुवा समितिसँग सिफारिसको प्रक्रियामा आएका सबै कागजपत्र मगाएर १५ दिनभित्र उजुरी छानबिन गर्नुपर्छ।

पुनरावलोकन समितिले बढुवा समितिले दिएको अंकको औचित्य हेरेर त्रुटि फेला परे संशोधन गरी सिफारिस समितिमा पठाउनेछ। सिफारिस समितिले सिफारिस संशोधन गरेर पुनः सिफारिस गर्नुपर्ने कानुनी प्रावधान छ।



अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस