काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टी अध्यक्ष भएको घोषणा गरेका छन्। पार्टी कार्यालय चाबहिलमा आफू निकट केन्द्रीय सदस्य सहित पुगेका चन्दले महाधिवेशनमा भएको सहमतिअनुसार अब आफू अध्यक्ष भएको बताए।
'महाधिवेशनमा भएको सहमति अनुसार वरिष्ठ नेता चन्द पार्टी अध्यक्ष हुनु भएको हो', राप्रपाका महामन्त्री बिक्रम पाण्डेले नागरिकन्युजसँग भने, 'सूर्यबहादुर थापाले यसअघि नै जेठपछि पद त्याग्ने बताइसक्नु भएको छ।'
जेठ १८ मा एक वक्तव्य प्रकाशित गर्दै थापाले आफू अध्यक्ष पदबाट निबृत हुने बताएका थिए। तर उनले नयाँ अध्यक्षको छनौट भने केन्द्रीय समितिको बैठकबाट हुने उल्लेख गरेका थिए। राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकीकरण हुने बेलामा चार नेता थापा, चन्द, पशुपतिसम्शेर जबरा र प्रकाशचन्द्र लोहनीबीच एक एक वर्ष नेतृत्वमा जाने सहमति भएको थियो।