काठमाडौं– पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले महाधिवेशनको जनादेशअनुसार आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा बहाल रहेको दावी गरेका छन्। पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफू राप्रपाको अध्यक्ष भएको भनी केन्द्रीय कार्यालय चावहिलमा पदबहाली गरेपछि थापाले यस्तो दावी गरेका हुन्।थापाले जारी विज्ञप्तीमा चन्दको दावीलाई 'हास्यास्पद, अराजक र आपत्तिजनक' भएको बताएका छन्। थापाले चन्दको यो कार्यलाई दलीय इतिहासमा अनौठो, दुस्साहसपूर्ण र निन्दनीय घटना भएको बताएका छन् ।
चन्दले अध्यक्ष दावी गर्दै केन्द्रीय कार्यालय चावहिलमा पद बहाली गरेपछि थापाको घरमा आफू निकट केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक डाकेका थिए। थापाले चन्दको कमदलाई मध्ययुगीन अभ्यास भएको आरोप लगाएका छन् ।
चन्दले भने महाधिवेशनमा चक्रिय प्रणालीअनुसार नेतृत्व गर्ने सहमति भएअनुसार आफूले अध्यक्ष हुन पाउनु पर्ने धारणा माग गर्दै आएका छन्। यसअघि थापाले जेठ १८ मा अध्यक्षबाट निबृत्त हुने घोषणा गरेका थिए।