काठमाडौं—नेपाल प्रहरीका उच्च अधिकारीले एआइजीमा बढुवा सिफारिश निर्णयलाई संगठनको यसअघि सुडान भ्रष्टाचार प्रकरणभन्दा पनि बढी बद्नाम भएको आरोप लगाएका छन्। प्रहरीको नीति बारे छलफल गर्ने पोलेसी कोर्डिनेसन कमिटीको बैठकमा बोल्दै केही डिआइजीले बढुवा सिफारिशमा भएको बद्मासीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट गराउनुपर्ने माग समेत राखेका थिए।आज दिउसो प्रहरी प्रधान कार्यालयमा बसेको कमिटीको बैठकमा बोल्दै बढुवा सिफारिशमा नपरेका डिआइजी गणेश राईले एआइजीका लागि भएको सिफारिशले सुडान प्रकरणमा भएको भ्रष्टाचारलेभन्दा बढी संगठनलाई बद्नाम गरेको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बढुवाको चलखेलको अनुसन्धान सिआइबीबाट गराउन माग गरेका थिए। अन्य अपराध र बद्मासीको अनुसन्धान गर्ने प्रहरीले आफ्नै संगठनभित्र भएको बद्मासीको पनि अनुसन्धान गर्नुपर्ने तर्क गर्दै राईले सिआइबीद्वारा डिआइजी बढुवा सिफारिश प्रकरणको अनुसन्धान माग गरेका बैठकमा सहभागी एक डिआइजीले बताए।
बैठकमा सिफारिशमा नपरेका अन्य डिआइजीहरु पनि उपस्थित थिए। तर उनीहरुले यस विषयमा केही बोलेनन्। डिआइजी राईको मागपछि बोल्दै आइजीपी अर्यालले डिआइजी बढुवा विषयमा काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश खरेलले बोलेको विषयमा अनुसन्धान भइरहेकाले सो को प्रतिवेदन आएपछि आवश्यक परे सिआइबीबाट पनि अनुसन्धान गराउने आश्वसन दिएको स्रोतले बतायो।
जेठ १३ गते गृह सचिव सूर्य सिलवालको अध्यक्षतामा बढुवा सिफारिश समितिले एआइजीका १३ आकांक्षीमध्ये ७ जनाको नाम सिफारिश गरेपछि विवाद बढेको थियो। राई सहित सिफारिशमा नपरेका ६ डिआइजीले बढुवा सिफारिश त्रुटिपूर्ण र बद्नियतपूर्ण रहेको तर्क गर्दै आइतबार सिफारिश पुनरावलोकन समितिमा उजुरी दिएका थिए।