काठमाडौं- एमाले संसदीय दलका नेता केपी शर्मा ओली एक महिनाको उपचारपछि थाइल्यान्डबाट स्वेदश फर्किँदैछन्। उनी थाइ एरवेजको नियमित उडानबाट आज १२ बजे नेपाल आइपुग्नेछन्। असारको तेस्रो साता हुने नवौं महाधिवेशनको अध्यक्षका आकांक्षी ओलीको स्वागतका लागि भब्य तयारी गरिएको छ। स्वागतमा उनी निकट नेताहरुलाई बोलाइको छ।मेनेन्जाइटिस रोगबाट ग्रसित ओलीलाई वैशाख १७ गते एयर एम्बुलेन्सबाट थाइल्यान्डको बैंकक लगिएको थियो। बैंककस्थित बुमरुमगार्ड अस्पतालमा उनी भर्ना भएका थिए। अस्पतालबाट जेठ ९ गते नै डिस्चार्ज भए पनि चिकित्सकको सल्लाहअनुसार उनी नियमति फ्लोअपका लागि त्यहीँ बसेका थिए।
यसअघि डेढ महिना दिल्लीमा उपचार गरेर उनी वैशाख ३ गते स्वेदश फर्किएका थिए। बीचमा नेताहरुलाई भेट्ने क्रममा उनी पुनः बिरामी परेपछि बैंकक लगिएको थियो।
८ वर्षअगाडि ओलीको भारतमा मृगौला प्रत्यारोपन गरिएको थियो।
ओलीलार्इ बैंकक लैजान प्रयोग भएको एयर एम्बुलेन्सलार्इ सरकारले करिब ४० लाख रुपैयाँ भाडा र सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोरेको थियो।