काठमाडौं - नेकपा एमाले संसदीय दलका नेता केपी ओली एक महिना लामो उपचारपछि स्वदेश फर्केका छन्। आगामी महाधिवेशनमा पार्टी अध्यक्षको प्रत्यासी रहेका ओलीले विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'म काम गर्न सक्ने भएर फर्केको छु।'लामो समयदेखि अस्वस्थ रहँदै आएका ओलीलाई वैशाख १७ गते थाइल्यान्ड लगिएको थियो। असार तेस्रो साता हुने नवौं महाधिवेशनको अध्यक्षका आकांक्षी ओलीको स्वागतका शंकर पोखरेल लगायतका नेता-कार्यकर्ता विमानस्थल पुगेका थिए।
मेनेन्जाइटिस रोगबाट ग्रसित ओलीलाई वैशाख १७ गते एयर एम्बुलेन्सबाट थाइल्यान्डको बैंकक लगिएको थियो। बैंककस्थित बुमरुमगार्ड अस्पतालमा उनी भर्ना भएका थिए। अस्पतालबाट जेठ ९ गते नै डिस्चार्ज भए पनि चिकित्सकको सल्लाहअनुसार उनी नियमति फ्लोअपका लागि त्यहीँ बसेका थिए।
यसअघि डेढ महिना दिल्लीमा उपचार गरेर उनी वैशाख ३ गते स्वेदश फर्किएका थिए। बीचमा नेताहरुलाई भेट्ने क्रममा उनी पुनः बिरामी परेपछि बैंकक लगिएको थियो।
८ वर्षअगाडि ओलीको भारतमा मृगौला प्रत्यारोपन गरिएको थियो।
ओलीलार्इ बैंकक लैजान प्रयोग भएको एयर एम्बुलेन्सलार्इ सरकारले करिब ४० लाख रुपैयाँ भाडा र सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोरेको थियो।