अध्यादेश खारेज गर्न माग
११ भदौ २०७८
•
२ मिनेट पाठ
अध्यादेश खारेज गर्न माग
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक पार्टीहरु विभाजित हुन सक्ने खतरा रहेको बताएका छन्। उनले देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश प्रजातन्त्रविपरीत, लोकतन्त्रविपरीत र निरंकुश भएको बताउँदै अध्यादेश खारेज गर्न माग गरे।




भक्तपुर नगरपालिकाको आयोजनामा भएको पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध कार्यक्रममा सांसद सुवालले भक्तपुर काण्ड भक्तपुरबासीहरुलाई जातीय हिसाबले दमन गर्ने पञ्चायती फासीवादको सिलसिला भएको बताए। उनले राजनीतिक दलले आफ्ना कार्यकर्ताहरुलाई विचार र सिद्धान्तबाट अनुशासित नबनाएसम्म देशमा भ्रष्टाचारको अन्त्य गर्न सम्भव नभएको उल्लेख गर्दै कार्यकर्ताहरुले संकटमा भाग्ने होइन, त्यसको प्रतिरोध गर्ने प्रतिबद्धता लिनु आवश्यक भएकोमा जोड दिए।

उनले २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको योगदान स्मरणीय भएको बताउँदै भक्तपुर काण्डले शत्रु र मित्र चिन्ने अवसर मिलेको बताए। निर्वाचन आयोगलाई स्वायत्त, निष्पक्ष र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिँदै उनले विदेशीको सहयोगमा निर्वाचन आयोगको सफ्टवेयर बनाउनु गलत कदम भएको बताए।  

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीपति वर्ग शासन सत्ता हातमा लिन जस्तोसुकै अनैतिक र कठोर कदम चाल्न पनि पछि नपर्ने बताए। सामान्य कुटपिटबाट घाइते भएका व्यक्तिलाई मृत घोषणा गरेर भक्तपुर काण्ड घटना घटाइएको स्मरण गर्नुहुँदै उनले भक्तपुर काण्डको विरोधमा भएको चर्को प्रतिरोधका कारण देशभरका जनतालाई एउटा नयाँ ऊर्जा दिएको र षड्यन्त्रको सहारामा शासन सत्ता टिकाउन खोज्ने पञ्चहरू आफै समाप्त भएको बताए।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले राज्यस्तरबाट नेमकिपालाई समाप्त गर्न रचिएको षड्यन्त्र अन्ततः असफल भएको बताइन्। कार्यक्रममा भनपा वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले पञ्चायती राज्य आतंकविरुद्धको संघर्षको स्मरण गर्दै भक्तपुर काण्डमा नेमकिपाको पक्षमा वकालत गर्ने न्यायप्रेमी जनता, बुद्धिजीवी र सञ्चारमाध्यमहरु धन्यवादका पात्र भएको बताए।
अर्को समाचार
रेशमलाल चौधरीलाई छुटाउन ल्याएको अध्यादेश विरूद्धकाे रिट सर्वोच्चद्वारा दरपिठ
२९ मंसिर २०७९
•
१ मिनेट पाठ
रेशमलाल चौधरीलाई  छुटाउन ल्याएको अध्यादेश विरूद्धकाे रिट सर्वोच्चद्वारा दरपिठ
अधिवक्ता कपिलेदव ढकालले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा दिइएको रिट दरपिठ भएको छ।अधिवक्ता ढकालले रेशमलाल चौधरीलगायतलाई छुटाउन मिल्ने गरी सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा दर्ता गर्न खोज्दा सर्वोच्चले  रिट दरपिठ गरिदिएको हो।  




सरकारले पठाएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले अहिले नै अध्यादेश रोकिपाउँ भनेर रिट दिन लागिएको भन्दै रिट दर्ता नगरेको सर्वोच्चले जनाएको छ। यस अघि सकारले गएको आईतबार बसेको मन्त्री परिषदको बैठकबाट नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता  रेशमलाल  चौधरीसहित टीकापुर हत्याकाण्डमा जेलमा रहेकाहरूलाई रिहा गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।अध्यादेशको चारै तिर विरोध भए पनि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ।  
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस