नेपाली कांग्रेसका पुराना निष्ठावान नेता रमेश रेग्मी क्यान्सरबाट पीडित भएका छन्। तत्कालीन काठमाडौं महानगरपालिका वडा नं ७ का पूर्व वडाअध्यक्षसमेत रहेका उनी घाँटीको क्यान्सरबाट पीडित भएका हुन्।
भारतको दिल्लीमा ६ महिनाभन्दा बढी उपचार गरी दुई महिनादेखि उनी अम्बे अपार्टमेन्ट काठमाडौमा परिवारसहित बसिरहेका छन्। पेटमा दुलो पारेर झोलीय पदार्थ मात्रै खान दिने गरेको उनका पारिवारिक श्रोतले जनाएको छ।
सधैँ प्रजातन्त्र र मानव अधिकारका लागि संघर्ष गर्ने नेपाली कांग्रेसका असल नेता उनले विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसप्रति आस्थावान् भई नेपाली विद्यार्थी संघमा सक्रिय योगदान पुर्याएका थिए। आजसम्म यिनी निष्ठावान् नेताका रूपमा कहलिएका छन्। नेपाली कांग्रेसमा यिनको छवि सुधारवादी नेताका रूपमा चित्रित छ। सर्वोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका सान्निध्यमा रहेर यिनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
उनले राजनीति र सामाजिक क्षेत्रमा मात्रै योगदान दिएका छैनन्। यिनले नेपाली साहित्यको उन्नयनमा पनि उल्लेखनीय कार्य गरेका छन्। यिनको एउटा उपन्यास प्रकाशित भइसकेको छ भने अर्को उपन्यास प्रकाशनको मुखमा आइसकेको छ। त्यस्तै यिनले कथासङ्ग्रह पनि तयार पारिसकेका छन्। कवितामा पनि यिनले राम्रो छाप छोडिसकेका छन्।
‘राज्यले उनको खोजी गर्नुपर्छ। उनको स्वास्थ्य उपचारको जिम्मा राष्ट्रले लिनु पर्दछ', उनलाई नजिकबाट बुझेका प्राडा कृष्णप्रसाद दाहाल भन्छन्, ‘प्रजातन्त्रको पहरेदारलाई गुमनाम भएर मर्न दिनु हुन्न।’