'चिनियाँ मोडल' मा एमाले
२४ जेष्ठ २०७१
•
६ मिनेट पाठ
'चिनियाँ मोडल' मा एमाले
काठमाडौं- आठौं महाधिवेशनमा प्रमुख कार्यकारी पदमा दुई कार्यकालको हद कायम गरेको नेकपा एमालेले नवौं महाधिवेशनमा ७० वर्षको उमेरहद तोक्ने प्रस्ताव गरेर चिनियाँ मोडलमा जान लागेको संकेत गरेको छ।एमाले संगठन विभाग प्रमुख तथा सचिव युवराज ज्ञवालीले केन्द्रीय कमिटी बैठकमा बुधबार विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दै उमेरको सीमा तोक्ने प्रस्ताव गरेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीले पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई दुई कार्यकाल र सत्तरी वर्षको उमेर हद तोक्ने गरेको छ। 
चीनका लागि पूर्व नेपाली राजदूत तथा एमाले नेता टंक कार्की पार्टीमा दुई कार्यकाल र उमेर हद प्रस्तावलाई चिनियाँ मोडलको सुरुआतका रूपमा लिन्छन्। 'यो चिनियाँ मोडलका शुभारम्भ हो। आन्तरिक लोकतन्त्रलाई जोड दिन संसारभरका कम्युनिस्टले यो मोडल प्रयोग गर्न थालेका छन्,' कार्कीले नागरिकसँग भने, 'आजीवन नेतृत्वमा रहने व्यवस्था अन्त्य गर्न यो व्यवस्था आएको हो।' उनका अनुसार क्युबा, भियतनामलगायत देशका कम्युनिस्ट पार्टीले उमेर र कार्यकालको हद व्यवस्था गर्न थालेका छन्। 
केन्द्रीय कमिटी हुँदै महाधिवेशनबाट प्रस्तावित विधान संशोधन पारित भए ७० वर्ष कटेका भरतमोहन अधिकारी, सिद्धिलाल सिंहसहित एक दर्जन नेता प्रभावित हुनेछन्। 
एमाले पोलिटब्युरो विष्णु रिमालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले दुई कार्यकालको हद भएकाले ५९ वर्ष उमेर भएकालाई नेृतत्वमा पुर्यानउने गर्दछ। '७० वर्षे उमेरहदका कारण ६२ वर्षका नेता त्यसमा पर्दैनन्,' रिमालले नागरिकसँग भने।
उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले सम्भावित नेताको नेतृत्व क्षमता प्रदर्शनका लागि अप्ठेरो क्षेत्र भनी परिभाषित गरेको स्थानमा जिम्मेवारी दिएर कार्यसम्पादन मूल्यांकन गर्छ। 'सम्भावित नेतालाई तिब्बत, सिन्जियान, सांघाई र सेन्जेन क्षेत्रको जिम्मेवारी दिने गरिन्छ,' रिमालले भने। ती विकासले पछि परेका र जातीय समस्या भएका क्षेत्र हुन्। 
'हाम्रोमा कुन काम अप्ठेरो भनेर परिभाषित छैन। तर, यसपटक क्षमता देखाउन सक्नेगरी पदाधिकारीलाई जिम्मेवारी दिने व्यवस्था प्रस्ताव गर्न लागिएको छ,' रिमालले भने, 'जिम्मेवारी नभएको कुनै पद सिर्जना गर्नुहुँदैन भन्नेमा सबै एकमत छौं।' 
चीनमा दुई कार्यकाल र उमेरहदको व्यवस्था उदारीकरणको सुरुआत गर्ने देङ स्याओ पिङले असीको दसकमा गरेका थिए। 'कम्युनिस्ट पार्टीभित्र नेतृत्वमा पुग्न मारामार हुने अवस्था रोक्न यो प्रस्ताव आएको हो,' रिमालले भने, 'यसमा पनि आफूले चाहेको व्यक्तिलाई मात्रै अघि बढाउने काम भयो भनेर आलोचना हुने गरेको छ। त्यसलाई त्यहाँ हटाउने कोसिस गरिएको छ।' 
एमालेकी उपाध्यक्ष विद्या भण्डारीले चिनियाँ मोडल जस्तो देखिए पनि यो नेपाली मोडल नै भएको दाबी गरेकी छन्। 'एमालेले ल्याएको अहिले प्रस्तावलाई चिनियाँ मोडल भनिए पनि यो चिनियाँ मोडलको फोटोकपी होइन। यो हाम्रो देशको आवश्यकतानुसार आएको हो,' प्रेस चौतारी नेपाल काठमाडौं शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा भण्डारीले भनिन्। 
तल्लो तहबाटै नेतृत्व विकास गर्दै लैजाँदा सकारात्मक परिणाम नेतृत्वमा देखिने कार्कीले बताए। 'नेतृत्व विकास गर्दै नल्याइनाले अहिले नेताहरूको फितलो प्रस्तुति भएको हो,' उनले भने, 'एमाले नेतृत्वलाई विविध पक्षलाई समेटिएको बनाउन आवश्यक छ।' 
'नेता छनोट अमेरिकी मोडलअनरूप'
युवा नेता योगेश भट्टराईले नेता तल्लो कमिटीबाट निर्वाचित हुँदै आउनुपर्ने प्रस्ताव केन्द्रीय कमिटीमा राखेका छन्। 
'अमेरिकामा राष्ट्रपति छानिँदा प्रत्येक राज्यमा प्राइमरी जित्दै आउनुपर्छ। तल्लो तहका कार्यकर्ताले छान्न पाउँछन्,' भट्टराईले नागरिकसँग भने, 'तर, हाम्रोमा केन्द्रबाट उम्मेदवार लगिन्छ। यो अन्त्य हुनुपर्छ। तल्लो कार्यकर्ताले प्रत्यक्ष चुनावबाट छानिएकालाई उम्मेदवार बनाउनुपर्छ।' 
उनले स्थानीय कमिटीबाट निर्वाचित हुँदै प्रदेश र केन्द्रको सभासद, स्थानीय निकायको उम्मेदवार छान्नुपर्ने बताए। 'अहिलेसम्म हामीले टप टु बटम अवधारणामा काम गर्यौं। अब संगठन बटम टु टपमा जानुपर्योा,' भट्टराईले नागरिकसँग भने, 'हामी पार्टीलाई क्याडरबेस्ड भन्छौं भने कार्यकर्तालाई बढी अधिकार दिनुपछ।'


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस