काठमाडौं- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले ल्याउने बजेट कुनै पनि बहानामा अवरोध गर्न नहुने बताएका छन्। विपक्षी एमाओवादीसहितले व्यवस्थापिका संसद अवरोध गरेर 'प्रिबजेट' छलफल गर्न नदिइरहेका बेला उपाध्यक्ष श्रेष्ठले यस्तो धारणा राखेका हुन्।
बजेटले देशको सम्पूर्ण अर्थतन्त्रलाई अघि लैजाने र गतिशील बनाउने भएकाले बजेटमा अवरोध गर्न नहुने श्रेष्ठको भनाइ छ। 'वैधानिक सरकारले ल्याउने बजेटलाई यो वा त्यो कुनै पनि बहानामा अवरोध गर्नु हुँदैन,' श्रेष्ठले आफ्नो निवास हरिसिद्धिमा सञ्चारकर्मीसँग भने, 'बजेट भाषण गर्ने महिना र दिन नै तोकेर वार्षिक क्यालेन्डर बनाउनुपर्छ।'
उनले सदन अवरोध अन्त्य गरी बजेट ल्याउन सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए। 'संसद सञ्चालन गर्न सरकार र विपक्षी दलले पनि गम्भीर रूपमा सोच्नुपर्छ,' उनले भने।
संविधानसभाका २६ सदस्य अझै मनोनयन गर्न नसकेको भन्दै श्रेष्ठले सरकार र राजनीतिक दलको चर्को आलोचना गरे। 'सर्वोच्च अदालतले १५ दिनभित्र २६ सभासद मनोनीत गर्न आदेश दिइसकेको पनि दुई महिना हुन लाग्यो, तर अझै मनोनीत हुने टुंगो छैन,' श्रेष्ठले भने, 'यसमा सबैभन्दा बढी दोषी सरकार र त्यसपछि राजनीतिक दल छन्।'
अदालतको निर्णय कार्यान्वयन नगरेर सरकार र राजनीतिक दलहरू 'स्वेच्छाचारी र गैरजिम्मेवार' हँुदै गएको टिप्पणी गर्दै श्रेष्ठले तत्काल २६ सभासद मनोनयन गर्नुपर्नेमा जोड गरेका छन्।
एमाओवादीको संविधान लेखनसम्बन्धी समितिका संयोजकसमेत रहेका श्रेष्ठले भने २६ मा मनोनीत भएर संविधानसभामा नजाने प्रस्ट पारे। 'यो पनि नबुझियोस् कि २६ मा पर्ने भन्ने होइन, म जाँदै जान्नँ भनेर पटक–पटक भनेको नै छु,' श्रेष्ठले भने, 'म बाहिरबाट संविधान लेखनमा भूमिका खेल्छु।'
संवैधानिक निकाय र राजदूत नियुक्ति नगरेर सरकारले लाचारीपन देखाएको श्रेष्ठको आरोप छ। 'संवैधानिक निकायलाई क्रियाशील बनाउन र विश्वसँग कूटनीतिक सम्बन्ध मजबुत बनाउन मुख्य भूमिका खेल्ने राजदूत नियुक्ति गर्न नसक्नु सरकारको ठूलो कमजोर हो,' पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भने, 'कूटनीतिक आचारसंहितामा नेपाल विश्वको अग्रपंक्तिमा दरिन पुगेको छ, आचारसंहिता उल्लंघनकर्ता देशका रूपमा छवि विकास हुँदैछ।' राजदूत नियुक्तिमा ढिलाइ हुनुमा राजनीतिक दलबीच हुने 'भागबन्डाको राजनीति' मुख्य जिम्मेवार रहेको श्रेष्ठको निष्कर्ष छ।
कूटनीतिक आचारसंहितासम्बन्धी विधेयक बनाएर मन्त्रिपरिषदबाट पास गराए पनि त्यसलाई विधेयक समितिमा फिर्ता पठाइएकोमा श्रेष्ठले असन्तुष्टि जनाए। 'नेपालको कूटनीति बिग्रियो भनेर कूटनीतिक आचारसंहिता बनाएर मन्त्री परिषदबाट पास गराएँ, तर त्यसलाई विधेयक समितिमा लगेर अहिले थन्क्याइएको छ, यो दुःखद कुरा हो,' श्रेष्ठले भने। पराराष्ट्र र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलबीच आधारभूत मान्यता बनाउन श्रेष्ठले जोड गरेका छन्। 'मुख्यगरी पराराष्ट्र नीति र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलबीच साझा न्यूनतम नीति बनाउन आवश्यक छ,' श्रेष्ठले भने, 'अन्तर्राष्ट्रिय स्तरका संघसंस्थाको मनोमानी ढंगले खर्च गर्ने अधिकार कटौती गर्नुपर्छ।' उनले भारतले विराटनगरमा राखेको फिल्ड अफिस तत्काल हटाउन माग पनि दोहोर्या एका छन्।