काठमाडौं- दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन नेपालमा झन्डै १२ वर्षपछि हुँदैछ। सम्मेलनको अवसर पारेर सरकारले काठमाडौंलाई सफा र सुन्दर सहरको नमुना बनाउने तयारी सरकारले गरेको छ।काठमाडौंलाई नमुना सहर बनाउनका लागि सरकारले टुटेफुटेका सडक पुनर्निर्माण, नाली निर्माण तथा व्यवस्थापन, मठमन्दिर, दरबार रंगरोगन तथा सरसफाइ, नयाँ संरचना निर्माण र व्यापक हरियाली बनाउँदै उपत्यकालाई सजाउने योजना बनाइरहेको छ। यसका लागि सरकारी निकायहरु तयारीमा जुटिसकेका छन्।
सम्मेलन सुरु हुनु करिब छ महिना समय बाँकी रहेकाले सम्मेलन अगाडि नै सडकका संरचनादेखि लिएर पुराना मठमन्दिर मर्मतसम्भारका लागि स्थानीय निकायसँग योजना धमाधम लिन थालिरहेको छ। काठमाडौं महानगरपालिकाले नै ६६ करोड रुपैयाँको व्यवस्थापन र सुधारका लागि बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव राखेको छ। यस्तै, ललितपुर उपमहानगरपालिकाले ८ करोड ४८ लाखको प्रस्ताव पेस गरेको छ। भक्तपुरले पनि झन्डै ५ करोड हाराहारी प्रस्ताव गरेको छ।
महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार असारभित्र टेन्डरमा जाने गरी १६ योजना प्रस्तावमा पारिएको छ। फोहर तथा सफाइ व्यवस्थापनका लागि इक्युप्मेन्ट खरिद गर्न २० करोड, सभागृह मर्मत गर्न १२ करोड, रानीपोखरी मर्मतका लागि ७ करोड, रत्नपार्कका लागि ५ करोड, हनुमानढोका दरबार क्षेत्र रङरोगन ५ करोड, सोलार लाइट राख्न ४ करोड, खुलामञ्चका लागि २ करोड लगायत ६६ करोड रुपैयाँको संरचना बनाउन महानगरले प्रस्ताव गरेको उनले जनाए।
यसबाहेक खुला मैदानमा हरियाली कायम गर्नका लागि ३ करोड पनि छुट्याइएको छ। 'योजनाअनुसार दुई हजार रुख रोप्ने तयारी महानगरको छ,' उनले भने, 'टुँडिखेल, खुलामञ्च, भद्रकाली मन्दिर क्षेत्र, माइतीघर मण्डला, फुटपाथ मर्मत, तीनकुनेमा पार्क निर्माण लगायत कार्यक्रम सरकारसमक्ष बुधबार प्रस्ताव राखेका छौं।'
यसअघि ७७ करोडको प्रस्ताव राखेको महानगरले १० करोड घटाएर बुधबार प्रस्ताव मन्त्रालय पेस गरेको जनाएको छ। 'हामीले केके गर्न सकिन्छ भन्ने योजनाअनुसारको लागत रकम इस्टमेट गरेका हौं,' श्रेष्ठले भने, 'यसमा थप योजना, विस्तृत योजना तथा नक्सांकन कार्य बाँकी नै छ।'
सरकारले बजेट दिएको आधारमा कार्यक्रम बनाउँदै जाने उनले जानकारी दिए। कुल ६६ करोड रुपैयाँमध्ये करिब ७५ प्रतिशत सरकारले दिनेगरी बाँकी महानगर आफैंले व्यवस्थापन गर्ने पनि उनले जनाए।
अनावश्यक भीडभाड, सवारी पार्किङ र कोलाहल भइरहने काठमाडौंको वीर अस्पतालअगाडि रहेको खुलामञ्च महानगरले नयाँ रुप दिनका लागि व्यापक हरियालीसहित व्यवस्थापन गर्ने जनाएको छ। सार्वजनिक शौचालय, दर्शकका लागि ठाउँ, स्टेज, सर्वसाधारण बस्ने क्षेत्र, दर्शक र विशिष्ट व्यक्ति छिर्ने छुट्टाछुट्टै व्यवस्था हुने गरी काठमाडौं महानगरले योजना तयार गरेको छ। उनका अनुसार ३/४ फिट अग्ला रुख दुई हजार रुख रोप्ने योजना छ।
महानगरको नियमित योजनामा समेटिएकै योजना यसरी पूरा गर्न पनि लागिरहेको उनले जानकारी दिए। 'कतिपय अहिले प्रस्ताव भएका कार्यक्रम हाम्रो बजेट पुस्तक योजनामा पनि छन्,' उनले भने, 'छुट्याएको अधिकांश बजेट तलबमै जाने हुँदा विकास निर्माणको काम दु्रत रुपमा हुन सकेको छैन।'
उनका अनुसार फोहर व्यवस्थापनका नाममा छुट्याइएको वार्षिक ३५ करोड रुपैयाँमा ९० प्रतिशत तलबमा खर्च भएको जानकारी उनले दिए। यसरी गरिएको प्रस्ताव भौतिक मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सम्मेलन मूल आयोजक समितिले पास गरेपछि अर्थले रकम उपलब्ध गराउने सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले जनाए।
थापाका अनुसार प्रदर्शनीमार्गस्थित सभागृहमा सम्मेलन गराउने तयारीका लागि सरकारी टोलीले अध्ययन गरिरहेको छ। 'प्रारम्भिक कुराअनुसार सभागृहमा थप्न सकिने संरचनाको इस्टमेटका लागि नक्सांकनको काम मन्त्रालयले गरिरहेको छ,' उनले नागरिकसँगको कुराकानीमा भने, 'सभाहलको मर्मत, बगैंचा, अतिथिलाई राख्न छुट्टाछुट्टै कोठा लगायत संरचनाको व्यवस्थापन र निर्माण गरिन्छ।'
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवनका रुपमा प्रयोग भएपछि विकल्पमा सभागृह छानिएको सचिव थापाले जानकारी दिए। 'केन्द्रपछि सभागृह र प्रज्ञा भवन छानिएकामा सुरक्षाका दृष्टिले सभागृह ठीक देखिएको छ,' उनले भने, 'यसको सम्भाव्यता नक्सांकनपछि थाहा हुनेछ। अनि मूल समितिमा प्रस्ताव जान्छ। त्यसपछि मात्र कहाँ हुने टुंगो लाग्छ।'
थापाका अनुसार १२ वर्षे माओवादी जनयुद्ध सकिएपछि नेपालमा यति ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकाले सरकारले देशको प्रगति र समृद्धि देखाउनका लागि सम्मेलनको भव्य तयारी गर्न लागेको छ। 'अहिलेसम्म यस्ता ठूला सम्मेलन नेपालले सफलतासाथ सम्पन्न गरेको छ,' उनले भने, 'यो सम्मेलनबाट अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो सञ्चालन हैसियत देखाउन पुनः मद्दत मिल्छ।'
यसअघि नेपालले सन् १९८७ मा तेस्रो शिखर सम्मेलन र सन् २००२ मा ११ औं शिखर सम्मेलन आयोजना गरिसकेको छ।