संवैधानिक इजलास: प्रधानन्यायाधीशले मुद्दा हेर्ने–नहेर्ने द्विविधा
१८ भदौ २०७८
•
४ मिनेट पाठ
संवैधानिक इजलास: प्रधानन्यायाधीशले मुद्दा हेर्ने–नहेर्ने द्विविधा
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक परिषद्सँग जोडिएका मुद्दा हेर्न नहुने कानुन व्यवसायीको टिप्पणीपछि बिदामा बस्ने निर्णय गर्नु संविधानसम्मत वा विपरीत भन्ने प्रश्न टुंग्याउन सर्वोच्च अदालतले चारजना वरिष्ठ अधिवक्ताको पनि राय लिने भएको छ । एकातिर संविधानले नै संवैधानिक इजलासको जिम्मेवारी प्रधानन्यायाधीशलाई दिनु र अर्कोतिर संवैधानिक परिषद्को सदस्यका हैसियतले निर्णयमा संलग्न भएपछि त्यसविरुद्ध परेका मुद्दा उनले हेर्ने–नहेर्ने द्विविधाको टुंगो इजलासमार्फत लगाउने आदेश सर्वोच्च अदालतले बिहीबार गरेको छ ।  




शुक्रबारका लागि पेसी तोकिएको संवैधानिक परिषद्ले गरेका नियुक्ति सिफारिससम्बन्धी निर्णयसँग जोडिएका मुद्दा तत्काल सुनुवाइ नगरी प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने नबस्ने विषयमा अदालतका सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश भएको हो । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलास सञ्चालनमा कायममुकायम प्रधानन्यायाधीश रहन मिल्ने कि नमिल्ने भन्ने निक्र्योल गर्नुपर्ने भएकाले अदालतका सहयोगीसमेत मगाउन आदेश गरेको हो ।  

प्रधानन्यायाधीश जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नैपर्ने माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको थियो । अधिवक्ता गणेश रेग्मीले संविधानले किटान गरेकाले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेका हुन् ।  

सर्वोच्चले आदेशमा यसअघि चारजना पूर्वप्रधानन्यायाधीश, बारले गरेका निर्णय, इजलासमा बहस गरिसकेका कानुन व्यवसायीले दिने अभिव्यक्तिलाई पनि सम्बोधन गर्नेगरी निर्णय गर्नुपर्ने आदेश गरेको छ । यसअघि प्रतिनिधिसभा विघटनका क्रममा पूर्वप्रधानन्यायाधीशहरूले विज्ञप्तिमार्फत नै आफ्नो धारणा व्यक्त गरेका थिए । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यो कदमलाई संयुक्त विज्ञप्तिमार्फत असंवैधानिक भएको बताएका थिए ।  

निवेदकले अदालतमा विचाराधीन मुद्दामा इजलास बाहिरबाट प्रभाव पार्ने कामका सम्बन्धमा प्रश्न उठाएका थिए । ‘अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूले सार्वजनिक गर्ने अभिव्यक्ति, बार एसोसिएसनले गर्ने संस्थागत निर्णय तथा इजलासमा बहस गर्न आउने वा बहस गरिसकेका कानुन व्यवसायीले सम्बन्धित मुद्दाको निर्णयका सम्बन्धमा गर्ने सार्वजनिक बहसलाई अभिव्यक्तिको स्वतन्त्रता तथा न्यायिक संस्कृतिको परम्परा र विकासका सम्बन्धमा कसरी हेर्ने भन्ने विषयमा पनि हेर्नुपर्ने देखियो’, आदेशमा छ ।  

आदेशमा अगाडि भनिएको छ, ‘संविधान निर्माणका क्रममा संवैधानिक अदालत गठनमा धारा १३७ अन्तर्गत स्थापना गरेको संवैधानिक इजलास संवैधानिक, राजनीतिक प्रकृतिका मुद्दा हेर्ने र प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीशले सामूहिक रूपमा निर्णय गर्ने विषयमा संविधानको धारा २० र १२६ का मान्यता कुन रूपमा आकर्षित हुन्छन् भन्ने पनि हेर्नुपर्ने देखियो ।’

हाल संवैधानिक इजलासमा चलिरहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषद्मा सदस्य रहने प्रधानन्यायाधीश संलग्न भई संवैधानिक निकायको नियुक्तिसँग सम्बन्धित मुद्दाको सुनुवाइ नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएको छ । त्यसैगरी यस विषयलाई राष्ट्रिय महत्वको मान्दै लिखित जवाफ परेको तेस्रो दिनमा पेसी चढाउन आदेश भएको छ । आदेशमा भनिएको छ, ‘संवैधानिक विषय र महत्वलाई मध्यनजर गरी सर्वोच्च अदालत बार एसोसिएसन र नेपाल बार एसोसिएसनबाट दुईदुईजना वरिष्ठ अधिवक्ताहरू अदालतको सहयोगीका रूपमा उपस्थित गराइदिन अनुरोध छ ।’ सर्वोच्च अदालतलाई नै विपक्षी बनाइएको मुद्दामा १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्नसमेत आदेश भएको छ ।

तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी विभिन्न संवैधानिक निकायमा ५२ जनालाई नियुक्तिको सिफारिस गरेको थियो । परिषद् सदस्य हैसियतमा प्रधानन्यायाधीश जबरा पनि नियुक्ति सिफारिस निर्णयमा उपस्थित थिए । संवैधानिक परिषद्ले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दर्ता गराएका थिए ।  

रिट निवेदन सुनुवाइ क्रममा इजालासमा विवाद भएको थियो । प्रधानन्यायाधीशसमेत सम्मिलित संवैधानिक परिषद्ले गरेको नियुक्तिको सिफारिस निर्णयसम्बन्धी विवादको मुद्दा उनले हेर्न नमिल्ने भन्दै रिट निवेदकले विषय उठान गरेका थिए । त्यसपछि प्रधानन्यायाधीश जबराले आफू मुद्दाको पहिलो र अन्तिम सुनुवाइका दिन अनुपस्थित हुने इजलासमा बताएका थिए । पेसी तोकिएको एक दिनअघि सर्वोच्चमा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भन्दै रिट निवेदन परेपछि अदालतका सहयोगीको समेत राय लिने आदेश भएको हो ।
अर्को समाचार
चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग अलपत्र
१७ फागुन २०७९
•
१ मिनेट पाठ
चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग अलपत्र
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कायममुकायमको भरमा छ।




महाभियोगको टुंगो नलाग्दै जबरा उमेर हदका कारण २०७९ पुस २७ गते सेवा निवृत्त भैसकेका छन्। जबराविरुद्धको महाभियोग अलपत्र छ। अघिल्लो संसद्ले टुंगोमा पुर्‍याउन नसकेको महाभियोग निर्वाचनपछि गठित नयाँ संसद्मा सर्ने कि नसर्ने भन्ने निर्णय भैसकेको छैन।

तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतमा तीनजना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

त्यस्तै बैठकले उच्च अदालतका लागि १५ जना मुख्यन्यायाधीश र जिल्ला अदालतका लागि ८१ जना न्यायाधीशको संक्षिप्त छनोट गरेको थियो। न्याय परिषद्ले गत भदौ २२ गते संक्षिप्त छनोटमा परेका न्यायाधीशहरूको नाम सार्वजनिक गरी उजुरी आह्वान गरेको थियो।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस