काठमाडौं– एमाले पोलिट्ब्युरो सदस्य पशुपति चौलगाईंले सुशील कोइरालाले प्रधानमन्त्री पद छोडे एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री हुने बताएका छन्। उनले रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री बनाउने 'दुस्साहस' नगर्न चेतावनी दिए।
पौडेललाई कार्यवाहक बनाए एमालेले सरकार छोड्ने उनको चेतावनी थियो। 'कोइरालाले छोड्नु भयो भने स्वभाविक रुपमा उहाँ (ओली) प्रधानमन्त्री हुनुहुन्छ। उहाँ एमाले संसदीय दलको नेता पनि हो', राजधानीमा केही सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता चौलगाईंले ओली पार्टी अध्यक्ष चाहिँ हुन नसक्ने दाबी गरे। 'उहाँ विरोध र आलोचनाको राजनीतिका कारण चर्चित हुनु भएको हो', उनले भने- 'सबैलाई मिलाएर पार्टी हाँक्ने क्षमता उहाँसँग छैन सबै एमाले कार्यकर्तालाई थाहा छ।'
स्वास्थ्यले गर्दा पनि ओलीलाई सक्रिय हुन गाह्रो रहेको उल्लेख गर्दै उनले थपे 'कोबाट पार्टी चल्न सक्छ कोबाट चल्दैन एमाले कार्यकर्ताले राम्रोसँग बुझेका छन्।' सबैलाई समेट्ने क्षमता र सक्रियताका कारण माधव नेपाल एमालेको अध्यक्ष हुनसक्ने उनको दाबी थियो।